Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

छिम्केश्वरी पर्यटन क्षेत्रको गुरुयोजना तयार


भगवान खनाल
महाभारत पर्वत श्रृखलाको सबैभन्दा अग्लो पहाड मानिने छिम्केश्वरीको पर्यटन विकासको लागि गुरुयोजना तयार गरिएको छ । नेपाल सरकार शहरी विकास मन्त्रालय शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय गोरखाले गुरुयोजना तयार गरेको हो । सो गुरुयोजना डिभिजन कार्यालय गोरखाको लागि इन्जिनियरिङ एण्ड प्लानिङ सोलुसन कन्सल्ट्यान्टप्रा।लि कुपुण्डोलले तयार गरेको हो ।
हिमाल र तराईका भुदृश्यहरु एक साथ विचरण गर्न सकिने छिम्केश्वरी पहाडमा रहेको छिम्केश्वरी मन्दिरको कारण यहाँको पर्यटन विकास गर्न गुरुयोजना बनाइएको हो । गुरुयोजनामा छिम्केश्वरी क्षेत्रको समग्र विकासको लागि करिब ८० लाख रपैयाँ लागत अनुमान गरेको छ । यसमा छिम्केश्वरी मन्दिर निर्माण छिम्केश्वरीमा भ्यू टावर निर्माण र आकाशे पानी संकलनको लागि पानी ट्यांकी निर्माण बाटो निर्माण लगायतका विभिन्न १३ वटा कार्यक्रम समावेश गरिएको छ । हालको मन्दिर सानो ढुंगाको छानो भएको छ । मन्दिरका वरिपरी अन्य खुला रुपका देवी देवताका प्रतिकहरु समेत रहेका छन् ।
छिम्केश्वरी मन्दिर निर्माणको लागि १९ लाख ८७ हजार रुपैयाँ भ्यू टावरको लागि २० लाख रुपैयाँ र आकाशेपानी संकलन केन्द्र र ट्यांकी निर्माणको लागि क्रमशः ६ लाख र १ लाख ५० हजार र भ्यूटावरमा पनि आकाशे पानी संकलनको लागि १ लाख रुपैयाँ लागत अनुमान गरिएको छ । छिम्केश्वरी मन्दिर तनहुँको आँबुखैरेनी, छिम्केश्वरी र देउराली गाविसको शीरमा पर्दछ । यहाँ घर बासको समेत व्यवस्था गर्ने गुरुयोजनाले लक्ष्य राखेको छ ।
यसैगरी गुरुयोजनामा ९ किलोमिटर ट्रेकिङ मार्ग अपग्रडिङको लागि ९ लाख रुपैयाँ लाब्दीमा सवारी साधन राख्ने स्थल निर्माण गर्न ५ लाख रुपैयाँ लाब्दिीगाउँबाट छिम्केश्वरी मन्दिर जाने बाटोमा स्टेप गर्न र रेलिङ हाल्न १० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कठीन भूबनोट र पहाडी क्षेत्रमा रहेकोले छिम्केश्वरी मन्दिरमा अन्य पूर्वाधारहरुको कमी रहेको छ । विभिन्न पूर्वाधारहरुको निर्माण गरी सुविधा पुराएर राष्ट्रिय र अन्तराष्ट्रिय पर्यटकलाई लक्षित गर्नु गुरुयोजनाको उद्देश्य रहेको छ । हामीले छिम्केश्वरी क्षेत्रको समग्र जमिनकै विकास गर्न लागेका हौं भवन तथा शहरी विकास डिभिजन कार्यालय गोरखाको प्रमुख दिलिपशेखर श्रेष्ठले बताए । व्यापकतामा काम गर्न लागेका छौं जति खर्च गरेपनि हुने ठाउँ रहेको छू उनले भनें चालू वर्षको एक तृतीयांश बजेटमा कार्यक्रममा छिराउनको लागि १ लाख ५० हजार रकम छुट्याएका छौं । गुरुयोजना सफल पार्न विभिन्न सरकारी निकाय र अन्य दाताहरुबाट समेत सहयोग लिइने उल्लेख गरिएको छ ।
हिन्दुहरुको पवित्र मन्दिर भएपनि प्रचारप्रसार अभाव र मन्दिर संरक्षणको लागि अहिलेसम्म कसैको ध्यान नजादा छिम्केश्वरी मन्दिर ओझेलमा परेको छ । गुरुयोजनाले मन्दिर लगायत अन्य संरचनको विकास गरी समग्र छिम्केश्वरी क्षेत्रको पर्यटन विकास गर्ने लक्ष्य राखेको छ । गुरुयोजना बन्नु सकारात्मक र सुखद रहेको छिम्केश्वरी पर्यटन क्षेत्र पूर्वाधार उपभोक्ता समितिका अध्यक्ष देवीलाल गुरुङले बताए । विभिन्न निकायको सहयोगमा यहाँ स्थानीयले अतिथी भवन र मानिस बस्ने पक्की पाटीको निर्माण गरेका छन् ।
चित्र ः गुरुयोजनामा निर्माण गरिएको मन्दिर र भ्यूटावरको स्केच ।
if you like this master plan plz press like bottom thanks

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 13, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: