Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एउटा अविस्मरणीय यात्रा


भगवान खनाल
बन्दिपुरलाई पहाडकी रानीको उपमा दिइन्छ । यो ठाउँबाट पूर्वी दिशा तर्फ झरेपछि तनहुँको दॆउराली छिम्केश्वरी धरमपानी लगायतका गाविसमा पुगिन्छ । भदौ २० गते बुधबार म श्रीमति सहित बन्दिपुर हुदै देउरालीको हिलेखर्कको यात्रामा थिए । बन्दिपुरबाट पुर्व हानिएपछि हिलेखर्क आउँछ भन्ने मात्र थाहा थियो । त्यसको लागि करिब डेढ दशक अघि खनिएको मोटरबाटो पैदल जानुपर्छ चाहिँ मनमा थियो । किनकी यहीं बाटो भएर तीन वर्ष अघि जीपको हुटमा बसेर हिलेखर्क गएको सम्झना थियो । त्यतिबेला मलाई कति बेला पुगिने हो र बाटो कुन हो भन्नेमा चिन्ता थिएन कारण स्थानीय पनि साथमा थिए ।
मेरो साथमा श्रीमति प्रतिक्षा थिइन् । दिनको एक बजे हामी बन्दिपुर बजारबाट झरेपछि तीनधारे निस्कदै हिलेखर्क जानेबाटो सोध्दै अगाडि बढ्यौ । एक छिन हिडेपछि एउटा ढुगंे खानी आयो । त्यहाँको फोटो क्यामरा कैद गर्न भ्याएँ । त्यसपछि झोलामा रहेको बिस्कुट स्याउ र स्प्राइट पिउँदै अघि बढ्यौं । गन्तव्यमा पुग्नको लागि मात्रै हतारो थिएन आँबुखैरेनी आइपुग्नै पर्ने बाध्यता थियो । मेरो जागिरको भन्दा पनि सानो दुधे बालकको चिन्ताले बाहिर बस्न नहुने थियो । ग्रामीण सडकलाई पछ्याउँदै जादा बन्दिपुरबाट दुई घण्टा पर पुगेपछि दुई वटा बाटो आइपुग्यो । हामी दुवैले निकैबेर गम खाएपछि उँभो नलागी उँधोतर्फ लाग्ने निर्णय गर्यौं । भर्खर बिजुलीको तार बिछ्याइदै गरेको मोटर बाटो पछ्याउँदै हामी निरन्तर हििडंरह्यौं । आधा घण्टा ओरालो झरेंपिछको दोबारीमा मानिस भेट्यौं । उनीहरुलाई शुरुमा फासे्रथली आइपुग्न कति हिड्नुपर्छ भनेर सोध्यौं । उनीहरुले असजिलो माने अनि हिलेखर्क कति टाढा छ भनेर सोध्यौं । उनीहरुले हिलेखर्क अर्कै बाटोबाट जानुपर्ने बताए । कत्रो फसाद तीन घण्टा हिडेपछि बाटो बिरायौं । मैले उनीहरुलाई आग्रह गरें छोटो बाटो देखाइदिनुस् वा बाटो पार गराइदिनुस् खाजा खर्च दिउँला भनें । उनीहरुले मानेनन् ।
उनीहरुले भनें चोर पनि लाग्छ बाटोमा यहीं बिजुलीको तार टांग्नेलाई केही दिन अघि चोरले कुटेर भगाएपछि झन् डर बढेको छ बाटोतिर । हामी फर्कियौं । जादा ओरालो थियो भने आउँदा हल्का उकालो थियो । ती मानिसहरुले चोर लाग्छ भनेपछि पाखुरामा काँडा उमि्रन थालेको छ । हामी फर्किएर अघिको दोबाटेामा आइपुगेका छौं । यहाँ एक हुल मानिसहरु छन् । उनीहरुसँग हाम्रो र उनीहरुको गन्तव्यको बारेमा कुरा गर्यौं । उनीहरुले केही बेर हामीसँगै रहने बताए । जादै गर्दा पानी पर्यो । आधा घण्टासैगै हिडेपछि उनीहरु र हामीहरु छुटिनु पर्ने रहेछ । उनीहरु जालगाउँ तिर लागे । मैले हिलेखर्क जाने जिपको डाइभरलाई फोन गरे । उसले आफू आइरहेपनि हामीलाई हिड्न भन्यो र हामी रहेको इलाका खतरापूर्ण रहेको बतायो । पानी परेको छ हुस्सु लागेको छ । डर पनि लाग्ोको छ । करिब एक घण्टा हिडेपछि एकजना हुलाकी दाइ फेला परें । उनी हिलेखर्क जान लागेका रहेछन् । उनकै साहरामा हामी हिलेखर्क पुग्यौं करिब साढे ५ बजे । हामीलाई पुग्नुमात्रै थिएन फर्कनु पनि थियो । हिलेखर्कमा काम भ्याएपछि आँबुखैरेनीको लागि करिब ६ बजे प्रस्थान गर्यौं जहाँ मानिसहरु बेलुकीको खाना बसाल्दै थिए गोठमा बस्तुभाउ स्यार्दै थिए । घरमा सानो बच्चा भएकोले जसरी घर आइपुग्नुको विकल्प हामीसँग नभएकोले प्रतिकुल समयका बाबजुत पनि हिड्यौं । एकछिनको उकालेा पछि एउटा चौतारीबाट तल झर्यौं । स्थानीयले बिजुलीका पोल हेर्दै तल झर्दा राजमार्ग आइपुग्ने बताएका थिए । उनीहरुको यो उपाय राम्रो थियो तर यहीं बिजुलीको पोल हेर्दै जादा दिनमा धोका खाएको तितो अनुभव पनि थियो । आजकल सात नबज्दै अध्याँरो हुन्छ । कतै दुर्गदै कतै हस्याङ फस्याङ गर्दैगर्दा राती भयो । अध्यारो निष्पट्ट छ बाटो देखिदैन । बुट्यान छाम्दै ओरालो लागेका छौं पानी पनि परेको छ तर छाता ओढेका छैनौं । हामीले एकएक वटा एउटा खुट्टामा तीनचारवटाका दरले जुका छन् । टिपेर फ्याक्नु भन्दा बाटो काट्नु वेश ।

अब भने बीचै परिने भयले मन आक्रान्त पार्यो । न घर भेटिन्छ न हातमा लाइट छ । कत्रो फसाद् । चिप्लो बाटो । केही बेर घिसि्रद्रै हिडेपछि गाउँ आइपुग्यो । अलिकति सास आयो । स्थानीय मानिसले खन गाउँ बताए त्यसलाई । त्यहाँ सानो पसल रहेछ । पसलमा एउटा एउटा लाइट किन्यौं । लाइटर प्लस लाइट भएको लाइटर किन्यौं । स्थानीयसँग समय र बाटोको कुराकानी गरेर हामी झर्यौं । जीवनमा कहिल्यै नहिडेको बाटो त्यही माथि राती हिड्नुपर्दाको दुःख । यस्तो दुःख शायदै मात्र होला ।

बास बसेर आएको भए केही दुःख थिएन् । हामी खाली रात बस्न घरै जानुपर्ने कारणले विध्न दुःन झेलियो । यतिबेला पि्रय अनिल जीको फोन आयो । खन गाउँमा हिडिरहेको जवाफ फर्काए । त्यो टु इन वान वाला लाइटको उज्यालो मधुरो थियो । तैपनि हुनसम्म भएको थियो । यहीं नभएको भए खनगाउँमा बस्नुको विकल्प थिएन । हामी खानीखोला निस्कने धुनमा छौं । खोला सुसाएको छ । मानिस हिडेको राम्रै बाटो भएपनि रातमा त्यो बाटो घरि हराउँथ्यो घरि पहिल्याउँथ्यौं । सबा आठ बजेको छ । खोलो सुसाएको छ । पानी परिरहेको छ । कहिले वारी कहिले पारी गर्दै डराउँदै खानीखोला पार् गर्न आतुर छौं । दुई जनामा अगाडि हिडे पछाडि बस्नेलाई डर पछाडि हिडे अगाडि हिड्नेलाई डर । उफ कस्तो बित्याँस ! पानी निर्मल देखिएको छ । पानी प्यास लागेपनि पिउनु भन्दा हिड्नु जाति थियो हामीलाई । खोलाको रहमा जाकिदै ढुंगामा चिप्लिदै सबा नौ बजे राजमार्ग आइपुगियो । घर पुग्दा लगभग दश बजेको थियो । बिहान दश बजेबाट हिडेको यात्रा रातको दश बजे टुंगिएको थियो । यो यात्राको थकान आजसम्म पनि महसुस गरिरहेको छु ।
यात्राको उद्देश्य खुलाउन चाहिन ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 11, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: