हरेराम उप्रेती/
पौडी खेल्न गएका गोरखाका दुई बालक त्रिशुली नदिमा डुबेर बेपत्ता भएका छन् । दिउँसो त्रिशुली नदिमा पौडी खेल्न गएका ताक्लुङ्ग १ का भक्तबहादुर चेपाङ्ग र नरबहादुर चेपाङ्ग बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । ताक्लुङ्ग १ को ढोडेनीघाटमा पौडी खेल्न गएका दुबै बालक १३ वर्षका रहेको प्रहरी निरिक्षक पुष्प मल्लले जानकारी दिनुभयो । दिउँसो साढे २ वजेतिर नदिमा हराएका उनीहरुको खेाजीकार्य भैरहेको प्रहरीले जनाएको छ । उनीहरुको कुरीनघाट प्रहरि चौकि र ससस्त्र प्रहरी वलको विपद् ब्यवस्थापन टोलीले खोजि गरिरहेको प्रहरी निरिक्षक मल्लले जानकारी दिनुभएको छ ।