झापा भर भएकी हाल लण्डनमा बस्दै आइरहेकी रिता नाम परिवर्तनको जिवन २ वर्ष अघि विल्कुलै भिन्न थियो । एक्लो छोरालाई बोर्डिङ्ग पढाउनु, घर गृहिणीको काम गर्नु , बेला बखत माइता जानु सामान्यता नेपाली नारीको जिवन जस्तो हुन्छ त्यस्तै । जिवन राम्रै चलेको थियो । आफ्ना पति पनि मध्ययम खालका व्यापारी थिए । उनले पनि राम्रै कमाइरहेका थिए । जे होस समग्रमा उनीहरुको जिन्दगी सुखमै वितिरहेको थियो । सन् २००९ मा वेलायतको लागि भिसा खुले पछि उनीहरुको ध्यान ठ्याक्कै बेलायततिर मोडियो । सुखमय जिवन विकास प्रविधि र आफ्ना सन्तानको भविश्यको बारेमा सोचेर छोरालाई बाबु आमासंगै नेपालमा छोड्नै गरी श्रीमान श्रीमती बेलायत उड्ने निधो गरे र बेलायत आए पनि । बेलायत आएको १ बर्ष सम्म त उनीहरुको सम्बन्ध ठिकै थियो । तर १ बर्ष पछि उनीहरुको बानि व्यहोरामा एक्कासी परिवर्तन आयो र सुखमय जिवन एकाएक दुखमयमा परिणत भयो । रिताकै शब्दमा भन्ने हो भने रिता विद्यार्थी भएपनि उनले प्रायजसो फुल टाइम नै काम गर्थिन उनको श्रीमान पनि फुल टाइमर रिता र उनको श्रीमान जहिले पनि पैसाकै निहुँमा खटपट चलिरहन्थ्यो । श्रीमानले कमाएको पैसा श्रीमतीलाई नदेखाउने श्रीमतीले कमाएको पैसा श्रीमानलाई नदेखाउने । यही सानो कुरामा असमझदारी भएपछी उनीहरु विचको झगडाले उग्र रुप लियो र उनीहरु छुटै कोठामा बस्न थाले । अब छिट्टै नेपाल गएर कागजी रुपमै सम्बन्ध विच्छेद गर्ने सुरमा छन् ।
त्यस्तै अर्को घटना लण्डनकै गि्रनफोर्डको हो सुमित्रा, २० उनको घर पश्चिम वुटवल हो । उनले आफ्ना श्रीमान संग विवाह बन्धनमा बाँधेको १ वर्षमै लण्डन उडे । रमाइलो गर्ने उमेरमा विवाह गरेर लण्डन आइपुगेका सुमित्राको पनि लण्डन बसाई राम्रो भएन । जागिर र पढाई भएता पनि आफ्नो जिवनमा भने ठक्कर नै खाइन । लण्डन आएपछी उनका श्रीमानको युरोपियन केटी संग हिमचिम बढेको थाहा पाएपछी उनीहरुको घर विग्रन पुगेको थियो । त्यसपछी सुरुमा त सामान्य फोनमा कुरा मात्र थाहा पाएकी सुमित्राले पछि ती युरोपियन केटी संग रात विताउन थालेको थाहाएपछी उनको दाम्पात्य जिवनमा आगो लाग्न पुगेको थियो । पछि यस्तै खालका असमझदारी बढ्न थालेपछि उनीहरु पनि कागजी रुपमै सम्बन्ध विच्छेद गर्ने प्रकि्रयामा छन् । सुमित्राले भने अनुसार उनका श्रीमान युरोपमै घरजम गर्ने सोचका कारण आफुलाई धोका भएको बताउछिन् ।
इटहरीका रमिला राई, २५ को घरबार विग्रनुमा भने आफ्नो पनि गल्ति ठान्छिन् । डिपेण्डेट भिसामा बुढाबुढी आएका उनीहरु युरोपियन जिवन शैली अपनाउन खोज्दा उनीहरुको सम्बन्ध विच्छेद भएको स्विकार्छन । श्रीमतीको यहाँ आएपछी युरोपियन केटीहरु संग संगतमा परी नाइट क्लब र घुमफिरमा व्यस्त रहने भने उनका श्रीमान दिनभर जुवाघरमा विताउने । यस्तो हुदाँ हुदाँ उनीहरुमा पनि असमझदारीको सिर्जना हुन आई अहिले भिन्न भिन्नै रुपमा बस्छन् ।
यस्तै गरी बेलायतमा नेपालीहरु विच सम्बन्ध विच्छेद मात्र होइन धेरै भन्दा सम्बन्ध स्थापित समेत भएको छ ।
अनिल थापा काठमाण्डौ कोटेश्वरका धरानकी सुस्मा सुनुवार संग पढ्दा पढ्दा पढ्दै माया जालमा परी आउदो मंसिरमा विवाह गर्ने सोचमा छन् । हाल उनीहरु लिभिग टुगेदरमा बस्छन् ।
यता चितवनका धु्रव अर्याल भने स्पेनीस केटी संग लिभिङ्ग टुगेदरको रुपमा बस्न पाउदा दंग छन् । विदेशमा एक्लो महसुस पनि नहुने र चाडै नै युरोपियन कार्ड लिई स्थाई रुपमै बस्ने योजनामा छन् ।
२०१० को सुरुवातमा आएको काठमाण्डौका अबिसेक गिरिको लगनगाँठो लण्डनले नै कसिदिएको छ । संगै कलेज पढ्नै साथि संग प्रेममा परेपछि उनले घरकै सल्लाहमा लण्डनमा नै विहे गरेका हुन ।
यो त उदाहरण मात्रै यस्ता धेरै नेपालीहरुको जिवनमा उतारचढाव आएको छ । कसैको विदेशी जिवन शैलीले जिवन नै बर्वाद गरिदिएको छ भने कसैको सुखमय नै । तर समग्रमा हेर्नुपर्दा धेरै जसोको जिवनमा व्यापक परिवर्तन आएको छ । यता डिपेण्ड त छदै छ विद्यार्थी भिसामा आएकाहरुको पनि खासै राम्रो छैन । सबैको राम्रो हुन्छ भन्ने पनि छैन । :-(