तनहुँ, भदौ १३–माइजुको मलामी आएका एक व्यक्ति सेती नदीमा पौडी खेल्ने क्रममा बेपत्ता भएका छन् । माइजु सुकमाया नेपालीको मलामी आएका तनहुँ जामुने १ का ४२ वर्षिय मिन बहादुर नेपाली बुधबार दिउँसो सेती नदीमा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मंगलबार राती मृत्यु भएकी सुकमायाको बुधबार दिउँसो दमौलीमा रहेको घाटमा अन्तिम संस्कार गरिएको थियो । गाउँलेसँगै मलामी आएका मिन बहादुर गर्मी भयो भन्दै सेती नदीमा पौडिने क्रममा वेपत्ता भएको उनीसँगै मलामी आएका शेर बहादुर नेपालीले बताउनुभयो ।
नदीमा बेपत्ता भए लगतै मलामी गएकाले खोजी गरेपनि शेर बहादुर फेला नपरेको उहाँले जानकारी दिनुभयो । नदीमा बेपत्ता शेर बहादुरको खोजी भईरहेको प्रहरीले जनाएको छ ।