अगष्ट २९, गोरखा / जिल्ला अनुगमन समितिले आज सदरमुकामका प्रमुख वजारहरुमा अनुगमन गरेको छ । चाडपर्व नजिकिदै गर्दा कालोवजारी र मुल्यवृद्धिलाई नियन्त्रण गर्ने अभियान अन्र्तगत सहायक प्रमुख जिल्ला अधिकारी डोलराज ढकाल नेतृत्वको टोलीले अनुगमन गरको हो ।अनुगमनका क्रममा मुल्य सुचि नभएका र म्याद सकिएका औषधी तथा खाद्य पदार्थ भेटीएको, विना प्यान र दर्ता नभएका पसल तथा होटल फेला परेको छ ।
विहान गरिएका अनुगमनमा पसल तथा होटलहरुलाई प्यान नम्वर लिन र अनिवार्य मुल्य सुचि राख्न निर्देशन दिएको वताउँदै प्रहरी निरिक्षक गौतम मिश्रले अटेर गर्नेहरुलाई कार्वाही गरिने जानकारी दिनुभयो । मासु पसलहरुलाई सफा राखी व्यवस्थित गर्न, ग्राहकलाई सफा र ताजा खाना खुवाउनको लागी आग्रह गरिएको र त्यसका लागी प्रत्यक हप्ताको १ दिन वजार अनुगमन गरिने वताउनुभयो ।
गौतमका अनुसार आज पहिलो दिन भएकाले सदरमुकाममा मात्रै अनुगमन गरिएको हो र अन्य दिनमा अन्य वजारमा पनि अनुगमन गरिने छ । अनुगमनमा उद्योग वाणिज्य संघ,उपभोक्ता हकहित संरक्षण केन्द्रका प्रतिनिधि लगाएत पत्रकार र प्रहरीको सहभागीता रहेको थियो ।