गोरखा, ३ भदौ । प्रसिद्ध तीर्थस्थल मनकामना मन्दिर रहेको मनकामना गाविसका सार्वजनिक स्थानमा धुम्रपान गर्न निषेध गरिएको छ । गाउँ विकास समितिमा शनिबार बसेको सर्वपक्षीय भेलाले सो निर्णय गरेको स्थानीय कृष्णमान श्रेष्ठले बताउनुभयो ।मन्दिरमा दर्शन गर्न आउने भक्तजनदेखि गाउँका सर्वसाधरण कसैले पनि मनकामना क्षेत्र भित्रका सार्वजनिक स्थानमा धुम्रपान गरेको देखिएमा जरिवाना गर्ने निर्णय भएको हो । सर्वसाधारणलाई धुम्रपान निषेधको जानकारी दिन शनिबारै विभिन्न स्थानमा १५ वटा होर्डिङ बोर्ड राखिएका छन् । रासस