Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गोरखकाली रबर उद्योगको टायर उत्पादन फेरि बन्द


हरेराम उप्रेती / आँबुखैरेनी पोष्ट
देशको एकमात्र टायर उत्पादक गोरखकाली रबर उद्योगको टायर उत्पादन फेरि बन्द भएको छ । टायर बनाउन आवश्यक पर्ने कच्चा पदार्थको अभावमा उद्योगले हिजोदेखि नयाँ टायर बनाउन नसकेको हो । कार्बन र अन्य केही केमिकल लगायतका कच्चा पदार्थ सकिएकाले उत्पादन बन्द भएको उद्योगका प्रशासन प्रमुख माधव उपाध्यायले जानकारी दिनुभएको छ । चीनबाट मगाइएको कार्वन भारतको कलकत्ता बन्दरगाहमा आइपुगेको उहाँले बताउनुभयो । यस्तै भारतबाट मगाइएको केमिकल रक्सौलमा आइपुगेकाले केही दिनमै टायर उत्पादन शुरु हुने प्रशासन प्रमुख उपाध्यायले बताउनुभयो । अरु कच्चा पदार्थ भएपनि कार्बन र केमिकलको अभावमा उत्पादन गर्न नसकिएको उहाँले प्रष्ट पार्नुभयो । उद्योगमा अहिले टायर उत्पादनका लागि अरु सबै कच्चा पदार्थ सिाचत रहेको उपाध्यायले बताउनुभयो । तर अहिले भएका कच्चा पदार्थले २० दिनमात्रै पुग्ने भएकाले त्यसपछि भने फेरी उत्पादन रोकिन सक्ने उहाँको भनाई छ ।मजदुर र स्थानीयको अवरोधका कारण गोरखकाली रबर उद्योग पटक पटक बन्द हुँदै आएको छ । तर नयाँ आर्थिक वर्ष शुरु भएसँगै लगातार १६ दिनसम्म टायर उत्पादन भएको प्रशासन प्रमुख उपाध्यायले बताउनुभयो । मानवीय अवरोधबाहेक कच्चा पदार्थको अभावका कारण पनि सो उद्योग पटक पटक बन्द हुने गरेको छ । झण्डै ७० करोड घाटा ब्यहोरिरहेको हुनाले चाहिएकै बेला कच्चा पदार्थ किन्न सक्ने अवस्था नभएको उहाँले बताउनुभयो । उद्योगले भारत सहित चीन रसीया लगायतका तेस्रो देशबाट पनि कच्चा पदार्थ ल्याउने गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 7, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: