Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

पुल मर्मतको माग गर्दै आँबुखैरेनी बासीले गरे आन्दोलन


हरेराम उप्रेती / आँबुखैरेनी पोष्ट
पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनी बाट मुग्लिङ जोड्ने पुल मर्मतको माग गर्दै तनहुको आबुखैरेनीका बासीन्दा आन्दोलनमा उत्रिएका छन् । पुल मर्मत नहुदा यातायातका साधन चिप्लिएर सडक दुर्घटना हुने जोखीम बढेपछि स्थानीयले तुरुन्त मर्मतको माग गरेका हुन् । पुल मर्मतको छोटोसमयमा नै सकर प्लेटको नटबल्टु विग्रीएको पट्टा फुटेको हुनाले सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन आज तिनघन्टा सवारी आवागमनमा रोक लगाएको थियो । विहान १० बजॆदखी १ बजेसम्म सवारी आवागमनमा रोक लगाएको आबुखैरेनीका अनिल श्रेष्ठले बताए । प्राय: व्यस्त रहने उक्त पुलमा वर्षातको समयमा दिनहुँ जसो दुर्घटना हुने गरेकोले नै राजमार्ग बन्द गरी आन्दोलनमा उत्रिन बाध्य भएको श्रेष्ठले बताए । चितवनको मुग्लिन र तनहुँको आवुखैरेनी जोड्ने त्रिशुलि नदिमाथीको सो पुलमा अधिकांश दुइ पाङ्ग्रे मोटरसाइकल र ६ पाङ्ग्रे र आठ पाङ्ग्रे सवारी साधन पनि दुर्घटना हुने गरेका छन् । पुल मर्मतको माग गर्दै स्थानियले भोली विहान ९ बजेदेखी पनि यातयात अबरुद्ध पार्ने स्थानियको कार्यक्रम रहेको इलाका प्रहरी कार्यालय मुग्लीङका प्रहरी निरीक्षक सुमीत खडकाले जानकारी दिए । त्यस्तै गरि यता आँबुखैरेनी बजार संगै जोडीएको आवुखैरेनी गोरखा जोड्ने मस्र्याङदी पुलमा पनि सवारी चिप्लने र अत्याधिक दुर्घटना हुने समयस्या रहेको छ । मझुवा देउराली चौकिका ट्राफीक हवल्दार पुर्णलाल श्रेष्ठका अनुसार मस्र्याङदी नदिको पुलमा बर्षायाममा मात्रै ५० भन्दा बढि मोटरसाइकल दुर्घटना हुने गरेको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 5, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

August 2012
M T W T F S S
« Jul   Sep »
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
%d bloggers like this: