Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

विद्युत रोयल्टी रकम पाउनुपर्ने माग गर्दै आँबुखैरेनीमा पुन : आन्दोलनको घोषणा


हरेराम उप्रेती /आँबुखैरेनी्
आवुखैरेनी : विद्युत निर्देशिका अनुसार विद्युत प्रभावित क्षेत्रका रुपमा पाउनुपर्ने विद्युत रोयल्टि रकम नपाएको भन्दै आँबुखैरेनी् बासिन्दाहरुले पुन :आन्दोलनको कार्यक्रम घोषणा गरेका छन् । दुइ पल्ट सम्म जिल्ला विकास समितिको कार्यलय तनहुँमा डेलिकेसन जाँदा पनि आफनो माग को सुनुवाइ नभएको भन्दै आज संघर्ष समितिको अध्यक्ष तोकेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् । संघर्ष समितिको अध्यक्षमा शालिग्राम अधिकारी लाइ चयन गरिएको छ ।

आँबुखैरेनीमा ७ मा अवस्थित मस्याङदी जलविद्युत परियोजनाको विद्युत उत्पादन केन्द्र हाल यसले ६९ मेगावट विद्युत उत्पादन गर्दै आएको छ । यस परियोजनाले सरकारलाई वार्षिक आम्दानीको रोयल्टी नेपाल सरकारलाई बुझाउदै आएको छ । अन्तराष्ट्रिय जल विद्युत नियामवलीअनुसार त्यसको केही रकम प्रभावित क्षेत्र -आँबुखैरेनी लाई बुझाउनुपर्ने व्यवधान रहेको छ । त्यसका साथै सेवा सुविधाहरु प्नि दिनुपर्ने उल्लेख रहेको छ । तर हालसम्म आबुखैरेनी एक पैसा पनि हात पार्न सकेको छैन यदि सरकारले आँबुखैरेनीलाई वार्षिक रुपमा रकम दिने हो भने नियम अनुसार ४ करोड दिनुपर्ने हुन्छ ।

समिति आउँदो ३१ गते विस्तार गरिने छ ।आँबुखैरेनीमा मस्यागदी विद्युत गृह संचालन हुदै आइरहेको छ । स्थानिय स्वायत्त शासन ऐनको दफा २२० को १ वमोजिम जि विस लाइ प्राप्त हुने रोयल्टि बापतको रकम स्थानिय स्वायक्त शासन नियमावलि २११ र २१५ बमोजिम श्रेत उपयोग बाडफाड गाविसलाइ उपलब्ध गराउनुपर्ने र स्थानिय स्वायक्त शासन ऐन २०५५ तथा नियमावलि २०५६ बमोजिम नेपाल सरकारवाट प्रस्तावित एवं जि वि स तनहुँबाट स्वीकृत गरि जिवि स ले प्राप्त गरिरहेको रोयल्टि सोहि निर्देशिकाको बुँदा ५ क ख ग बमोजिम प्रभाविति क्षेत्रले प्राप्त गर्नु पर्ने ५० प्रतिशत रोयल्टि जि विस तनहुँले वितग ६ वर्ष देखि रोक्का गरेका ले आफु हरुले संघर्षाको कार्यक्रम सार्वजनिक गरिएको संघर्ष समितिका अध्यक्ष शालिग्राम अधिकारी ले वताए । उनिहरुले तिन दिन भित्र आफ्नो माग सुनुवाइ नभए संघर्षका कार्यक्रम पनि सार्वजनिक गरेको छ ।
संघर्षका कार्यक्रममा

> असार ३१ गते नेपाल विद्युत प्राधिकारण गा्रहक शाखा कार्यलय आवुखैरेनी वन्द गर्ने १० बजे
> साउन ५ गते आवुखैरेनी सव स्टेसन वन्द गर्ने
> साउन ११ गते मरस्याङ्गदी विद्युत उत्पादन केन्द्र वन्द गर्ने
यस पछि पनि माग पुरा नभए थप विरोधका कार्यक्रम सार्वजनिक गरिने अधिकारी ले वताउनुभयो । उक्त अल्टिमेटमा पत्रमा तिन राजनैतिक दलका प्रतिनिधिहरु नेकपा माओवादी का कृष्ण कुमार श्रेष्ठ नेपाली काँग्रेसका गीर वहादुर थापा नेकपा एमालेका विर वहादुर विक राष्ट्रिय जनमुक्ति पार्टिका इन्द्र वहादुर मास्की संयोजक शालिग्राम अधीकारी नागरिक समाजका कमल नारायण श्रेष्ठ ले हस्ताक्षर गरि जिल्ला विकास समितीको कार्यलय तनहुँ जिल्ला प्रशासन कार्यलय तनहुँ मा उक्त पत्र पठाएका छन् । उनिहरुले यस भन्दा अघि पनि दुइ पल्ट डेलिकेसन गइसकेका छन् । यही मागको विषयलाई २०६४ सालमा आँबुखैरेनी मनकामना देउराली र धुवाँकोट गाविसका बासिन्दाहरुले सयुक्त रुपमा आन्दोलन गरेका थिए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on July 12, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: