कैलासवावु श्रेष्ठ/गोरखा
असार १३ गते । मजदुर नियुत्तीको विषयलाई लिएर बाह्र दिन देखी बन्द नेपालकै एक मात्र गोरखकाली रबर उद्योग आज विहान बाट नियमीत संञ्चालनमा आएको छ । गोरखाकाली रबर उद्योग बचाउ स्थानिय समिती र उद्योगका ब्यवस्थापन विच हिजो अबेर राती सम्म भएको वार्ता पछि तिन साता भित्र आन्दोलनकारीको माग पूरा गर्ने लिखीत प्रतिवद्वता जनाए पछि उद्योग नियमीत रुपमा संञ्चालनमा आएको हो ।सघर्ष समितीले लगाएको मुल गेटको ताला आजै विहान ७ः३० बजे खोलीदिए बन्द गराएको हो । उद्योग प्रशासनले सहमती विपरीत बनेपा र धनगढीको डिपोको लागि भनी ६ जनालाई नियुत्ती गरे पछि गत जेष्ठ २७ गते देखी ३२ गते सम्म प्रशासन घेराउ र असार १ गते देखी उद्योग पूर्ण रुपमा बन्द गराएको थियो ।
बार्तामा उद्योगको तर्फ वाट महाप्रवन्धक दिनेश कुमार वतौला सहितिको टोली र सघर्ष समितीको तर्फ वाट समिती अध्यक्ष सहित एक टोलीले हिजो राती चितवनको लेवेटारमा रहेको मनकामना रेष्टुरेष्टमा बार्ता गरेको थियो ।
स्थापना काल देखी घाटामा संञ्चालन हुदै आएको यो उद्योगले हाल सम्म नेपाल सरकार बाट ७६ करोड रुपैया ऋण लिई सकेको छ । उद्योगलाई सरकारले वर्षेनी ५ करोड रुपैयाा ऋण लगानी गर्दै आएको छ ।