Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

यी कर्मशीलहरु


-अनिल श्रेष्ठ

केही बर्ष अघिसम्म दरौंदी र मस्र्याङ्गदी नदीमाथि आउने पानीको बाढीले बनाएको उजाड बगर थियो त्यो ठाउँ । लास बोकेर ल्याउने मलामीहरुको लागि मस्र्याङ्गदीको किनारासम्म पुग्ने सजिलो बाटो बनेको थियो त्यो । मान्छेहरुको लागि सधैं नीर्जन र एकान्त थियो त्यो बगर । बर्खामा बाढी सुसाउँथ्यो र बाढीले ल्याएको दाउरा बटुल्न मस्र्याङ्गदीको छेउछाउ कराउँदै हिँड्ने मान्छेहरुको कोलाहल बाहेक प्रायः अरु दिन चराहरुको स्वरसम्म सुन्न सकिँदैनथ्यो त्यहाँ ।०२४/२५ सालताका, राम शाह स्कुलले भर्खरै प्राथमिक तहको पढाइ शुरु गरेको साल थियो त्यो । नजिकै मझुवा बगर र मान्छेहरुले आवादी गरेर बस्न शुरु गरेको झुप्रा बस्तीहरु थिए । पारि मझुवा देउराली थियो र वारि मझुवा खैरेनी । बीचमा यी दुई मझुवाहरुलाई जोड्ने मस्र्याङ्गदी नदीमाथि हालिएको झोलुङ्गे पुल । बूढाहरु भन्छन्– त्यही बगरहरुबाट नजिकै रहेको केही समथर परेको जमिन हेरेर खड्ग बहादुर बेगनासी , मुक्ति बहादुर केसी , मेघ बिलास खनाल लगायतका केही समाजसेवीहरुले पहिलो पल्ट त्यहाँ प्रावि खाले ।

आँबूखैरेनी,मनकामनाचोकमा अबस्थित मन्दिर प्रबेश सडकखन्ड कालोपत्रे ; फोटो सौजन्य स् आँबुखैरेनी मनकामना चोक टोल सुधार समिित

तर गर्मीको याममा स्कुल छाडेर पौडी खेल्न गएका दुई जना विद्यार्थीहरुको नदीले बगेर मृत्यु भएपछि भने त्यहाँबाट स्कुल हटाएर अन्यत्रै सार्नुपर्ने निर्णय अभिभावकहरुले गरे । नदीको छेऊभन्दा टाढा एउटा अग्लो थुम्कोमा स्कुल स¥यो । त्यसपछि अभिभावकहरुले विभिन्न डर,त्रास र हाउगुजीहरु देखाएर पुराना प्रावि रहेको मस्र्याङ्गदीको छेउछाउतिर आफ्ना केटाकेटीहरुलाई खेल्न जान निषेध गरे । ठुलाहरुले केटाकेटी तर्साउन दोभानमा खेल्ने भुतका कथाहरु सुनाउथे र केटाकेटीहरुको मष्तिस्कमा त्यसका छायाँहरुको चित्रहरु हुर्किरहन्थ्यो ।
यसरी त्यो ठाउँ नीर्जन, एकान्त , भयानक र अनकण्टार बन्दै गइरहेको थियो । कसैलाई त्यहाँ पुग्नु हम्मेसी गाह्रो पथ्र्यो । त्यो एउटा बेग्लै भूगोल जस्तो थियो । दोभानको एउटा छेवैमा एउटा पूरानो ठाँटी थियो । पर परका गाउँका कोही बिरामी पर्दा र जीवनको अन्तिम क्षण बाँकी रहँदा त्यहाँ ल्याइन्थ्यो र राखिन्थ्यो । भनिन्थ्यो त्यहाँ आउने कुरुवाहरु भुतसँग खेल्ने हुन्छन् । त्यो ठाउँ मसानघाटको नामले वरिपरि गाउँहरुतिर चिनिएको थियो । सुन्दा अनौठो र तिलस्मी जस्तै लाग्छ हामीलाई ती ठाउँहरु । तर त्यही उजाड बगरहरुलाई अहिले कायापलट गरिदिएका छन् समाजसेवी रत्न बहादुर कुँवर र बाबा सुरेश गिरीले । १३० बर्षभन्दा बूढो एउटा बरको विशाल छायाँमूनि छ शिव मन्दीर, बौद्व गुम्बा , वृद्वाश्रम , साइ केन्द्र र विभिन्न सामाजिक संघसस्थाका भवनहरु । नदी पारि रामशाह घाट छ । राजा रामशाहको अन्तिम दाहसंस्कार भएको एउटा ऐतिहासिक घाट । मस्र्याङ्गदी र दरौदी नदीले बनाएको दोभान ।
”खैरहनीको शाब्दिक अर्थ लास जलेर बनेको खरानीको थुप्रो भन्ने बुझिन्छ । यो शब्द लोकोक्ति हँदै अपभ्रंश भएर खैरेनी हुँदै आएको हुनसक्छ ।”आँबुखैरेनीको नामाकरणसंग भाषाविद् डा. जगदिशचन्द्र भण्डारी आफ्नो मत यसरी राख्छन् ।

मझुवा भनेको नदी किनारको बस्ती । मझुवा खैरेनी हँुदै पछि बन्न आएको नाम हो आँबुखैरेनी । यही आँबुखैरेनीको एउटा पहिचान बनाउन लागि परेका छन् रत्न बहादुर कुँवर । उनी अहिले ६७ बर्षका भैसके । शिवमन्दीर संरक्षण समितिका अध्यक्ष समेत रहेका उनी एकताका दीलीप घरेलु ढाका टोपी तथा कपडा उद्योगका मालिक थिए । कर्मशील उद्यमी । पोखरा र पाल्पाका ढाकाका उत्पादनहरुपछि उनका घरेलु ढाकाका उत्पादनहरु त्यो बेला प्रसिद्व मानिन्थ्यो । तर घरेलु कपडाका उत्पादनहरु प्रति सरकारको कुनै स्पष्ट आर्थिक नीति नबनेपछि घरेलु व्यापार खस्कँदै गयो र २०५२ सालमा उनले यो व्यापार छाडे ।यतिखेर शिवमन्दीर परिसर धार्मिक पर्यटकीय दृष्टिले महत्वपर्ण बन्दै गैरहेको देखिन्छ । मनकामना मन्दीर जाने आउने पदयात्रीहरुको लागि यो ठाउँ प्रवेशमार्ग बनेको छ । बदलिँदो जमानासँगै विवाहका चलन चल्तीहरु फेरिँदै गइरहेको समयमा नव वरबधुका जोडीहरुलाई यो परिसर मिलनबिन्दु बनेको छ । यो परिसरको शान्त रमणीयताले स्थानीयदेखि टाढा टाढाबाट आउनेहरुलाई पनि आर्कर्षित गर्छ । स्याङ्गजा, कास्की , लमजङ्ग चितवन देखिका बरबधु पक्षका मान्छेहरुले यहाँ आएर आफन्तहरुको विवाह गराउने गरेको मन्दीरका पजारी बताउँछन् । यहाँ हुने विवाह परम्परागत विवाह भन्दा अलग हुने पनि उनी बताउँछन् । दुई पक्ष भेला हुन्छन् । केटा र केटीले एकअर्कालाई वरमाला पहि¥याइदिन्छन् । सामान्य खानपिन हन्छ र विवाह सकिन्छ । समयले विस्तारै विवाहको मान्यतालाई फेरिदिएको छ ।
रामशाह उच्च माविबाट उपयोगमा नआएका केही जग्गा स्वामित्वमा लिएर मन्दीर निर्माण कार्य शुरु गरेका कँुवरले २०५६ सालमा सप्ताह लगाएर उठेको रु ११ लाखले हालको संरचनामा रहेको मन्दीरहरु निर्माण गरे । बन्जर जमीन र बगरलाई सिंचित गरे र हरियाली पारे । स्व. मुमा रण कमारीको स्मृतिमा चौतारो निर्माण गरे । स्व. कमल बहादुर कँुवरको स्मृतिमा खानेपानीको ट्याँकी बनाए र उनलाई साथ दिए १० बर्ष अघि त्यहाँ आएर बस्न थालेका बाबा सुरेश गिरीले । कहिले फूलका विरुवाहरु गोडिरहेको देख्नेछन् । कुनै समय स्नातक सकेर पनि कम्युनिष्ट विचारले प्रभावित भई राजनीतितिर दौडिरहेको छोरालाई तह लगाउन बुबाले हातमा व्यापार व्यवसाय थमाइदिएको बताउने कुँवरले यो उमेरमा पनि आपूलाई समाजसेवा गरिरहन कत्ति पनि अप्ठ्यारो नभएको बताउँछन् ।उनी काम गर्न संकोच मान्दैनन् र त बगरका ढुङ्गा र माटोसँग खेलिरहन्छन । उनी सरल छन् । शालीन छन् । एकचोटि त्यस ठाउँमा पुगेर फर्कने सबैका आँखाहरुमा यी दुई कर्मशील व्यक्तिहरु सधैं खेलिरहन्छन्

Advertisements

One comment on “यी कर्मशीलहरु

  1. Bhek Bahadur Gurung
    June 29, 2012

    Aba aanboo khairenima hunuparne(HOSPITAL) ra (LAS LAI ANTIM SASKAR GARNE ELECTRICITY SYSTEM KO ESTHAPANA JARURI CHHA JASTYO LAGCHHA HAI.

Leave a Reply to Bhek Bahadur Gurung Cancel reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on June 1, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

June 2012
M T W T F S S
« May   Jul »
 123
45678910
11121314151617
18192021222324
252627282930  
%d bloggers like this: