Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

भान्जा रेष्टुराँको हलमा तीन घण्टा


भगवान खनाल
तन्नेरी वयमा वास्तवमै सबै गुनगुनाउँछन् एक समय । भावनाहरुमा लडिबुडी खेल्छन् । मानवीय जीवन भोगाइ प्रकृति र संस्कृतिले भावनाको विउ रोप्छन् । निरन्तरको साधना र कर्म पछि वास्तवमा त्यही भावना अन्तत भाषा र साहित्यको नामबाट फैलिन्छ । वास्तवमा साहित्यको गोरेटो मानिसको जीवनमा आउने एक समयको जवानीबाट हिड्न थालिन्छ । तर यही कुरा अकाट्य हैन । बालबालिका पनि रचनामा लगेका छन् । मेरो माथिको पंक्ति उनीहरुलाई न्याय गर्न सकोस् ।
साहित्यलाई समाजको ऐना भनिन्छ । साहित्य भाषा हो यो भावना र भाव हो । साहित्य भेषभूषासँग पनि जोडिन्छ । यहीलाई स्थापित गर्न आँबुखैरेनीमा केही जमर्को हुदैछ । साहित्य लहरैलहरमा पनि जन्मिन सक्छ तर याद राख्नुपर्छ जीवन्तताको लागि असल साधक हुनैपर्छ अध्ययनले मात्र साहित्य परिष्कृत हुन्छ । नामी र दामी लेखक र साहित्यकार बनेकाहरु अथक साधना र घनघोरको अध्ययनपछि मात्र स्थापित हुन सकेका हुन् ।

तस्बिरः आँबुखैरेनीमा साहित्यिक भेटघाट


आँबुखैरेनीस्थित तल्लोबजारको एक घर ुभान्जा रेष्टुरेन्टु । तीन तला माथिको हल । टीनको छानो मुनि बाँसको मान्द्रो छापिएको छ छतमा भने खुला भुईमा लामो प्लाष्टिक म्याट ओछ्याइएको छ । बैशाख २८ को पानीको भोलिपल्ट हपहपी गर्मी छ । निम्तालुहरु भेला भएका छन् । निम्तो गरिनुको कारण हो-आँबुखैरेनी र सेरोफेरोमा रहेका साहित्यकर्मी तथा साहित्यानुरागीहरु बीच भेटघाट गरी साहित्यिक गतिविधिहरु बढाउनु । जसको लागि पछिल्लो समय कि्रयाशिलता लिएका छन् कवि नारायण पोखे्रल कवि अनिल श्रेष्ठ लक्ष्मण बगाले र विनोद कोइरालाले ।

हलमा लगभग एक दर्जन जति भेला भएका छन् । मन्थन चलेको छ । मन्थनले आँबुखैरेनी र यस वरपर छरिएर साहित्यमा कलम चलाइरहेकाहरुको एक माच गठन गरी साहित्यिक माहौल जमाउने निर्णय गरेको छ । यस क्रममा सहभागीहरुले लगेका रचनाहरु वाचन गरिदैछ । हातमा डायरी लिएर बसेका लक्ष्मण बगाले पूर्ण थापा सुगा विनोद कोइरालाका आवाज घनिभूत रुपले बसर्िन थालेका छन् । पूर्ण थापा सुगा गजल अभ्यासमा छन् । िसंगो पाण्डुलिपि भित्र माया प्रेम राजनीति लगायतका विषयले भरिएका ४१ थान गजलहरु छन् । अविवाहित सुगाले आफ्नै व्यथा पनि सुनाए गजलमार्फत ।
सुगा बोल्न थालेपछि बिनोद पनि के कम कविता र गजल सुनाए उनले पनि ।
वास्तवमा भावना भनेको कसैले बार हालेर छेकिने राकिने विषय हैन । भावनाको वकालत जहाँ हुन्छ त्यो नै साहित्य हो । एकछिन् अघिको राफ रचनाको दुनियाँले हराउन पुगेको छ । रचनाको अगाडि राफ पनि नतमस्तक छ । उता मेनुका कैनी छोरा र छोरीसहित रचना पस्किरहेकी छन् । पहिला आमा छोरा र अन्तमा छोरीले सुनाइन् कविता । उनीहरु कविता कोर्न सिक्दै छन् । उनीहरु पाण्डुलिपिलाई प्रकाशनको रुप दिन हतारो गरिरहेका छन् । प्रकाशनको माध्यम बनिदिन अग्रज स्रष्टाहरुलाई आग्रह गरिरहेका छन् । मेनुका कैनीले पाण्डुलिपिलाई प्रकाशन गर्न हतारिनु भन्दा कालजयी रचनाको लागि ढिलो गर्नु नै जाति हुन्छ । अध्ययन र लेखनले साहित्यका कलमलाई स्पात बनाएपछि कृति निकाल्नु श्रेयस्कर हुन्छ ।
साहित्यानुरागी प्रताप भण्डारी पनि छन् । साहित्य नलेखेपनि मज्जाले पढेको बताइरहेका छन् उनी । जीवनको केही क्षण भारतमा बिताएका भण्डारीले हिन्दी गजलका केही शेर सुनाउँदै नेपाली अर्थ दिदै छन् । निकै मीठा शेर सुनाए भण्डारीले । लक्ष्मण बगालेले छन्द लयमा दिए कविता । उनीमा वाकपटुता छ । मीठो लयमा सुनाए । शार्दूलविक्रीडित छन्दमा बोलेका बगालेका शब्द सुनेर मसिनोसँग सुनिरहेका नारायण पोख्रेल बोले । दोश्रो हरफको अु ह्रस्व छु नारायणले भनें छन्द मिल्न अु दीर्घ हुनुपर्छ । एकाध मिलाएपछि अरु हुवहु ठीक भन्दै कविता वास्तवमै राम्रो रहेको निष्कर्ष आयो । नारायण भन्छन् छन्द मिलाउन सकेसम्म शब्दलाई मार्नु हुदैन । उनले मस्र्याङदी गड्गडाएझैं गरी छन्दमा नयाँ सालको कविता भने । कविता सामाजिक यथार्थपरक थियो । उनका कविता जति राम्रा हुन्छन् त्यो भन्दा बेसी मलाई उनको भन्ने शैली र भावभंगीले मोहनी लगाउँछ । हुनत उनका कवितामा पनि वालुवा लाग्छ । कहिलेकाहीं मैले पनि उनका कविता सुनेर मस्क्यौटो बनेर नारानजी यो चाहिँ कालजयी हुन्नकि यसो गरे कसो होला भनेको छु । साढे तीन बजेबाट शुरु भएको प्रारम्भिक भेलामा ६ बज्नै लाग्दा अनिल श्रेष्ठ बोले । कविताका केही हरफ सुनाएपछि उनले साहित्यिक माहौल जमाउन गर्नुपर्ने केही विचारहरु पोखे । लामो साधनाले प्राप्त गरेको उपलब्धीलाई उनले नवसर्जकहरुलाई सुनाए ।

One comment on “भान्जा रेष्टुराँको हलमा तीन घण्टा

  1. dipendra pa
    May 14, 2012

    साह्रै खुशी को खबर हो यो मेरा लागि । धेरै पैल देखी को सपना हो मेरो यो । बिभिन्न कारण अनि बध्तय ले गर्द मैले तेस्मा केइ गर्न सकिन तर पनि खैरेनी मा एस्तो कुरा सुरु भएछ धेरै खुशी लाग्यो । एस्तो काम गर्न धिला भने पक्कै भएको हो । तर एउटा कुरा राम्रो काम को थलनी गर्न कैलेइ ढिला हुँदैन भन्ने नि बुझ्न जरु
    री छ । यो य्त्ती माई सिमित नहोस एस्ता शुभ काम अझै सघन रुप म हुनु पर्छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 14, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

May 2012
M T W T F S S
« Apr   Jun »
 123456
78910111213
14151617181920
21222324252627
28293031  
%d bloggers like this: