Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

बद्लिदै पहिचान !


भगवान खनाल

भगवान गौतम बुद्धका थुप्रै उपदेशहरु मध्ये कसैको कुभलो नचिताउनु व्यविचार नगर्नु पनि पर्दछन् । यी उपदेश व्यक्तिमा मात्र नभई समाजको लागि पनि उत्तिकै मार्मिक छन् । यसको पालना व्यक्ति र समाज दुवैले गर्नु जाति हुन्छ । समाजले समाजकै लागि गर्ने कार्य सबैको भलाइको लािग हुनुपर्छ । यसमा राम्रो र सत् विचार चाहिन्छ । समाज भनेको नै मानिसहरुको समूह हो । मानिसले समाजलाई गतिशील बनाउँछ । समाजको भलाइ गर्ने कार्यले नै समाजलाई गतिशिल बनाउँछ । यस्तै गतिशिलताको पहलकद्मी हरेक समाजले लिने गर्दछ । समाजमा बसिसकेपछि मानिसलाई सामाजिक स्वार्थका लागि केही गरुँ भन्ने भावना पलाउँछ । केहीले यस्ता भावनालाई मूर्त रुप दिन सफल हुन्छन् भने केहीका भावनाचाहिँ बाहिरै नआई दबिएर पनि जान्छन् । उता कसैकाचाहिँ गर्दागर्दै असफल पनि बनिदिन्छ । तर निरन्तरता र सामूहिक भावनाको डोरीमा अंगालिने हो भने त्यस्ता विचारहरु न मर्छन् नत हराउँछन्नै । तिनीहरु कालजयी हुन्छन् पूर्खाका गहना र पुस्ताका लागि नासो बन्छन् । वास्तवमा समाजको चाहनै यस्तै हुन्छ ।
यस आलेखमा उप्काउन खोजिएको प्रसंगचाहिँ आँबुखैरेनीबासीले लिएका केही पहलकद्मी जसले समाजमा सकारात्मक परिवर्तन ल्याउन अग्रणी भूमिका खेलेको सम्बन्धमा हो । यहाँको समाजले गरेका केही कार्यहरुले प्रगतिको उजागर गरेको छ । गरे के हुदैन भन्ने उखान चरितार्थ गर्न यहाँको समाज सफल भएको छ । यी कार्यहरु अब्बल र अनुकरणीय छन् ।खासगरी आँबुखैरनी-६ मा पर्ने तल्लोबजारको मस्र्याङदी नदी किनारा परिसर बितेका दश वर्षमा उल्लेख्य परिवर्तन आउन सफल भएको छ । यसको रुपमा परिवर्तन आएको छ र यो क्रम समाज रहेसम्म जारी नै रहने कुरा भयो । खासगरी यहाँको समाजले यो स्थानमा निर्माण गरेको भौतिक संरचना र बनाएको वातावरण अनुपम छ यसलाई सकारात्मक व्याख्या गर्न चाहेको हुँ । हाम्रो अस्तित्व हाम्रै कर्ममा रहन्छ । आफ्नो अस्तित्व र पहिचान कहीं गएर न मागेर पाइन्छ न कसैले दिएर हुने हो । यसको लागि आफ्नै विचार र विधिले महत्वपूर्ण भूमिका खेल्छ । यहाँको भौतिक संरचनामा आएको परिवर्तनले जो कसैका पनि मन छुन्छ । यो परिवर्तन कसरी संभव भयो भन्ने कौतुहलता आउँछ । शिव मन्दिर बौद्ध गुम्बा साइराम भवन सत्तलधर्मशाला क्लब भवन जस्ता करौडौंका संरचना बनेका छन् । यिनीहरु मध्ये केही अझै पनि निर्माणाधीन छन् । यो समग्र परिसर अहिले चौतारैचौतारा शौचालयैशौचालय बगैंचाले ढाकेको छ । बजारभन्दा केही पर कसैको दृष्टि नपुगेको यो स्थान अहिले सफा स्निग्ध र मनमोहक छ । केही वर्ष अघिसम्म खच्चडका लादी संगुरका दिशा घर र पाती घारीको रुपमा मिल्किएको यो भूगोलमा केही वर्षमैं परिवर्तन आउन संभव भयो । यसमा समाजले खेलेको भूमिका प्रशंसनीय छ । केही भवन नम्बरी जग्गामा बनेका छन् भने केहीचाहिँ सार्वजनिक जमिनमा बनेका छन् । यो सबै परिवर्तन समुदायको स्वतस्र्फूत सकि्रयतामा आएको हो । जन्मिएका यी संस्थाहरुको थप विकास संरक्षण र संवद्र्धनमा ध्यान दिनु बान्छनीय देखिन्छ । संस्था जन्माउनु र हुर्काउनु उत्तिकै सरोकारका विषय हुन् ।
यहींको रामशाह उच्च माध्यामिक विद्यालयले जग्गा प्रदान गरेर शिव मन्दिर बौद्ध सदन गुम्बा बनेका हुन् । विद्यालयले सामाजिक शैक्षिक एवं धार्मिक संघ संस्थालाई जग्गा उपलब्ध गराउन गरेको प्रयास इतिहासको पानामा कहींनकहीं स्वर्ण अक्षरले लेख्न किमार्थ भुल्नु हुदैन । हुनत विद्यालय आफैं एक सामाजिक संस्था हो । तरपनि विद्यालयलाई दिएका उदाहरण धेरै भेटिन्छन् पाइन्छन् तर हाम्रो सन्दर्भमा भने विद्यालयले दिन सफल भएको छ । यसैले राम शाह उच्च माध्यामिक विद्यालय दानी विद्यालयु हो भन्दा अतिशोयुक्ति हुदैन । उता यहीं विद्यालयले दिएको जग्गामा यहींको समाजले स्थापना गरेको आँबुखैरेनी क्याम्पसको भवन निर्माणको लागि प्रस्तावित छ । नेपालस्थित भारतीय राजदूतावासमा प्रस्ताव हालिएको क्याम्पस भवन बन्ने निश्चित प्रायः भएको बुझिन आएको छ । हेर्दाहेर्दै बदलिएको मस्र्याङदी नदी परिसर क्याम्पस भवन बनेपछि झनै् बद्लिनेछ । आँबुखैरेनीबासी यसको शीघ्र प्रतिक्षामा पनि छन् । विद्यालयको यो गुन ुमहागुनु हो । विद्यालय माउ बनेर यस्तै अरु सामाजिक संस्थाहरु जन्माउन भूमिका खेल्नु विल्कुल ठूलो भूमिका हो । विद्यालयका जग्गादाताहरु त यसका धन्यवादका पात्र हुदैहुन् । तत्कालीन अवस्थामा सप्ताह वाचन गरेर यस स्थानमा केही गर्नको लागि श्रीगणेश गर्न पसिना चुहाउनु भएका स्वर्गीय पण्डित नारायण पोख्रेलको अपार गुन पनि सदैव सम्झिनु पर्छ ।
यो ठाउँमा अहिले घण्टौंसम्म बसेर विताउँन सकिनेछ गफिन सकिनेछ । यहाँ बसेर धेरै चिज हेर्न पनि सकिनेछ । अन्तत पातीघारीबाट पर्यटकीय स्थलको पहिचानमा बदलिन सकेको छ । अन्तराष्ट्रिय शान्ति पदयात्रीहरु गुम्बामा आएर बसेका छन् । स्थानीयहरु विहानको हिडाइमा आउजाउ गर्छन् भने मनकामना मन्दिर जाने भक्तजनहरु पनि घुमफिरको लागि जाने आउने गर्छन् । विवाहको मौसममा दिनहुँ विवाह हुने गरेको छ । यहाँ सानो बाटिकापार्क बनाउन सके अझै यो स्थान रमणीय बन्न जानेछ । यसको लागि आँबुखैरेनीबासीले सकारात्मक पहल लिन अझै जरुरी छ । मस्र्याङदी र दरौंदी नदीको संगमस्थल पवित्रभूमि रामशाहघाटमा रहेको यस स्थान महिमामय बनिरहेको छ ।
आँबुखैरेनीको ६ नंम्बर वडा एक मिश्रित बस्ती हो । िसंगो गाविसको प्रतिनिधि यही वडा बन्न पुगेको छ । बजार विद्यालय गाविस कार्यालय क्याम्पस बसोबासको चाप यही वडामा छ । यहाँ तनहुँको अतिरिक्त कास्की पर्वत गोरखा लमजुङ धादिङ नवलपरासी सिन्धुपाल्चोक जिल्लाहरुबाट मानिसहरु आएर बसेका छन् । यहाँका आदिवासी स्थानीयभन्दा यस वडामा बाहिरी जिल्लाबाट र तनहुँको पनि अरु गाविसबाट बसोबास गर्न आउनेहरु धेरै छन् । यो क्रम दिनहूँ बढोत्तरी छ । खासगरी पृथ्वी राजमार्ग र गोरखा नारायणगढ सडकको ट्रान्जिट बिन्दूमा रहेकोले पनि यहाँ दिनहुँ जनसंख्या चाप बढेको हो । अझै मुख्यत आँबुखैरेनीकै पेरिफेरीमा गोरखाको देउराली ५ मा गोरखाकाली रबर उद्योग र आँबुखैरेनीमै मस्र्याङदी जलविद्युत स्थापनापछि यो ठाउँको व्यापार मौलाउन गयो भने ठाउँ दिनहुँ मूल्यवान बन्दै गएको हो ।
यहाँ मानिसहरुले विभिन्न टोल सुधारहरु गठन गरेर बजार र वस्तीको सरसफाइ र व्यवस्थापनको लागि खेलेको भूमिका स्वागतयोग्य छ । राज्यको लगानी विनानै बजार र वस्तीको व्यवस्थापनको लागि निकालिएको विचार स्मरणीय छ । चोक टोल र वस्तीमा बत्ति पानी बाटो र अन्य समस्याहरु हल गर्न गरिएका काम विल्कुलै प्रभावकारी छन् ।
बौद्ध सदन गुम्बा आँबुखैरेनी २०६९ मा प्रकाशित ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 10, 2012 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: