त्यति नै हो त तपाँईको नेपालीपन पहिचान ? कहिल्यै नेपाली भनेको यो बाहेक पनि अरु होला भनेर कहिल्यै सोच्नु भा छ?
यी नेपाली पन झल्कने गूणहरु मध्य कुनै तँपाईमा छ?
- धर्तीमा एक चोटी आएपछि त केहि गरेरै जान्छु भन्ने अठोट लिने
- राम्रो मान्छे र राम्रो काम गर्नेलाई धन्यवाद दिई हाल्ने
- “अहिले नगरे कहिले, मैले नगरे कस्ले ” हरेक दिनको मन्त्र
- अरुले गु खायो भन्दैमा आफु नखाने (वा खान मिल्छ नभन्ने)
- आफ्नो घर आफै सफा गर्नु पर्छ नत्र छिमेकीहरु आएर सफा गर्दिन्छ भन्ने बुझ्ने
- ’यस्तै हो’ वा ‘के मतलब’ भनि चुप्प लागेर बस्ने बानीलाई “केहि गरौँ” मा बदल्न
- पहिले आफू जिम्मेवार हुने, अनि मात्र अरु सँग जवाफ माग्ने
- बोल्ने कम, गर्ने बढि आफैबाट शुरु गर्ने। भविष्यका कर्णधारलाई नि त्यतैतिर धकाल्ने
- नराम्रो काम गर्दै हुनुहुन्छ भने सोच्नुहोस अरुले त नदेख्ला तर आफ्नो अन्तरआत्माले त देख्छ नि
- लोभलाई धैर्यले अँगाल्न सिक्ने। एउटा रुखमा फल पाक्न त बर्षौ लाग्छ भने …
- नराम्रो मान्छेलाई होईन नराम्रो कामलाई निमोठ्ने बानी बसाल्ने
- राम्रो गरिरहेकाहरुको कुनै पनि सन्जाललाई बलियो बनाउन मद्दत गरि हाल्ने
- आफ्नो ईष्टमित्र, टोल, जात वा नेपालीको मात्र होईन, संपूर्ण मानव र वातावरणको पनि हक-हितका बारेमा सोच्ने
- नेपाल बदल्ने भन्दा नि हामी आफैलाई बदल्नु पर्छ भनेर बुझ्ने
यति गरि सक्नु भो? अब निर्धक्कका साथ जिवनको आनन्द लिनुहोस् ……..courtesy http://www.whynepaliblog.com