Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

कोदो : जलवायु परिवर्तन र खाद्य असुरक्षाको लागि


लेखक भगवान खनाल

जलवायु परिवर्तन र खाद्य असुरक्षा जल्दोबल्दो विश्वव्यापी समस्या हुन् । यो दुवै मुद्दा चलिरहेको दशककै विश्वव्यापी रोदन र क्रन्दन बन्ने जानकारहरु बताउँछन् । जलवायु परिवर्तनले तापक्रममा वृद्धि पानीको समस्या र भोकमरीको समस्या बढोत्तरी हुदै गएको बताइन्छ । जलवायु परिवर्तनको कारण प्राकृतिक साथसाथै मानवीय जीवनमा समेत यसको प्रत्यक्ष परोक्ष असर पुगिरहेको छ । अनावृत्ति र खडेरीको चर्को मार छ विश्वमा । कार्बन उत्सर्जन बृद्धिले जलवायु परिवर्तन गरिरहेको छ । यसले धनजनको क्षति पुराइरहेको छ ।
जलवायु परिवर्तन खासगरी विकसित देशहरुको औद्योगिकरणले निम्ताएको समस्या भएपनि विश्वका अल्पविकसित अविकसित र विकासोन्मुख सबै मुलुक यसबाट अछुतो रहेनन् । सन् २००० को दशक जलवायु परिवर्तन र बढ्दो खाद्य असुरक्षाले विश्वका विकासवादी बैज्ञानिक र अन्यहरुको क_िन्सरीको रौं दुखाउने विषय बन्यो । हिमाल पग्लने र हिमनदीहरुमा पानीको सतह घट्दै गइरहेको छ । दिनहुँ बढ्दै गएको विश्वव्यापी जनसंख्याले खाद्यन्न अभाव बढाएको छ । धनीहरुले खान पाएपनि ससारका गरिबीहरु खाद्यान्न अभावको चर्को मारमा पर्ने बताएको छ । भोकमरी विरुद्ध लड्ने ताकत कोदोसँग छ । कोदोले वातावरण संरक्षण पनि गर्छ । कृषिको दीगो विकासमा कोदो प्रमुख बाली हो ।
नेपालमा पनि जलवायु परिवर्तनले चराहरुको वासस्थानमा परिवर्तन खेतीबाली र फलफूल फूल्ने पाक्ने समयमा परिवर्तन आएको छ । हिमाल र हिमनदीहरु पग्लन थालेको बताइन्छ । मौसममा असामयिक परिवर्तन आउन थालेको पाइन्छ । प्राकतिक रुपमा मानवीय भोगाइहरु पहिलेभन्दा फरकानुभूति बनिरहेका छन् । यस्तो परिदृश्यमा कोदो खेती गरेमा केही हदसम्म जलवायु परिवर्तनका असर पनि कम गर्न सकिने र खाद्य असुरक्षालाई पनि बचाउन सकिन्छ । प्रश्न उठ्छ कोदोमा के छ चार मुख्य प्रजाति र विभिन्न रंग भएको कोदो खेती हिमाली र पहाडी क्षेत्रको प्रमुख अन्नबाली र खाद्यान्न हो । अनावृत्ति र खडेरीले प्रमुख अन्नवालीहरु धान मकै र गहुँ उत्पादनमा प्रभावित बनाइरहेको छ । त्यसैले प्रमुख अन्नबालीहरु नहुने अवस्था र स्थानमा कोदो खेती मज्जाले गर्न सकिन्छ । नेपालको हिमालीदेखि पहाडी इलाकाहरु कोदोको कपनीले ढकमक्क ढाक्कछन् ।
ुकुअन्नु भनेर सामान्यिकरण गरिने कोदो विश्वव्यापी जलवायु परिवर्तन खप्न र वहन गर्न सक्ने तथा खाद्य अभावमा बचाएर बर्षौं सम्म पनि राख्न सकिने र खान पाइने खेती हो । गाउँघरमा परम्परागत तरीकाले परालको गुन्द्री बनाएर अन्न भण्डारमा लुकाएर राखिने तथ्यनै कोदो अन्य खाद्यवस्तु नहुदा खानाको रुपमा प्रयोग गर्न सकिने वस्तु हो । त्यसैले यसको खेती बढोत्तरी गरेर गाउँगाउँमा-ठाउँठाउँमा कोदो उत्पादन गरेमा खाद्य अभावको समस्या भोग्नु पर्दैन । आकारमा सानो दाना रहेकोले किटपतङ तथा किराहरुले लामो समयसम्म असर गर्न नसक्ने हुनाले लामो समय भण्डारण गरेर राख्न सकिन्छ । पूर्खाहरुको आयु र पाखुरामा कोदो िसंचित थियो । पुर्खाहरुले विहान बेलुकाको खानाकै रुपमा प्रयोग गरेकेा कोदो अहिले वस्तुभाउको दाना र पेय पदार्थको रुपमा प्रयोग गरिन्छ । मानवीय र पशुको लागि कोदो प्रमुख आहार हो । हिजोआज पोल्ट्रि र पशुको दानाको रुपमा प्रयोग हुन्छ । राजमार्गहरुमा कोदोको ढेंडो र कुखुराकेा मासु मुख्य खानानै बनेको छ । आडिलो स्वादिलो र पोषिलो भएकोले कोदोको ढेडांे लोकपि्रय बनेको छ । तर पछिल्लो पुस्ताले शहरीकरण र सुविधाभोगी जीवनले कोदो खेती चिन्न पनि मुस्किल बनेको छ । कोदो गुणस्तरीय र मात्रात्मक रुपमा पनि उपयोगी सावित बन्न सक्छ ।
कोदोलाई नेपालमा रक्सी बनाएर पिउने गरिन्छ । यसलाई नेपालका शेर्पा तामाङ राई लिम्बु मगर गुरुङ जातिहरुको मौलिक मदिरा मानिन्छ । अर्किड आइल्याण्डमा ताओहरुले कोदोको वियर बनाएर मदिरा बनाउँछ । यसैगरी कोदोलाई बाल्कन देशहरु जस्तै रोमानिया र बुल्गेरियामा ब्रोजा जातको मदिरा बनाएर खपत गरिन्छ । यस्तै ताइवानमा स्वर्गिम नामक मदिरा बनाइने गरिन्छ भने पूर्वी अपि्रुकामा पनि यसलाई मदिराको रुपमा बनाउने प्रचलन पाइन्छ ।
कोदो जस्तो सुकै हावापानीमा हुर्कनबढ्न र उत्पादन दिनसक्ने खेती भएकोले जलवायु परिवर्तन र खाद्य असुरक्षाको समस्यालाई यसले हल गर्न सक्ने देखिन्छ । न्यून पानी थोरै मल र जस्तोसुकै माटोमा पनि कोदो खेती गर्न सकिन्छ र यसले उत्पादन पनि दिन्छ । सन् २००९ संयुक्त राष्ट्रसंघको विश्व खाद्य तथा कृषि संगठनको आँकडामा भारत विश्वकै धेरै कोदो उत्पादन गर्ने देश हो भने दोश्रोमा नाइजेरिया र निगर तेश्रो । भारतले ००९ मा ८८ लाख १० हजार नाइजेरियाले ४८ लाख ८४ हजार ८ सय ९० र नाइरले २६ लाख ७७ हजार ८ सय ६० टन कोदो उत्पादन गरेको संगठनको आँकडामा उल्लेखित छ । कोदोले धान गहुँ र मकैंमा भन्दा बढी प्राटिन शक्ति प्रदान गर्छ । स्वस्थताको दृष्टिकोणले कोदो लाभदायी खेती मानिन्छ । सय किलोग्राम कोदोमा प्राटिनको शक्ति १ हजार ५ सय ८२ हुन्छ भने धानमा १ हजार ५ सय २७ र गहुँमा १ हजार ५ सय ६ पाइन्छ । धान र गहुँको तुलनामा सबैभन्दा बढी क्या_िल्सयम पाइन्छ । त्यस्तै मिनरल र फाइबर पनि कोदामै बढी पाइन्छ । चारहजार लिटर पानी प्रयोग गरेर एक केजी धान उत्पादन हुन्छ तर कोदो चािहं पानी विनानै उत्पादन गर्न सकिन्छ । कोदो खेतीलाई िसंचाइ आवश्यकता देखिदैन । नेपालको सन्दर्भमा मुख्य अन्नबाली पनि आकाशे पानीमा भर पर्नुपर्ने अवस्था रहेकोले कादोको लागि िसंचाइ गर्ने भन्ने त कुनै प्रश्ननै भएन । त्यसैले िसंचाइ विना कोदो खेती सजिलै उत्पादन गरिन्छ । रसायनिक मल र विषाधिको चर्को प्रयोगले आजित भएर विश्वभर प्राङगारिक उत्पादन प्रयोगमा मानिसहरुको आकर्षण बढीरहेकोले कोदोमा कुनै पनि रसायनिक मल र विषाधीको आवश्यकता पर्दैन ।
कृषि प्रधानमुलुक भएर पनि दिनहुँ कृषि उत्पादन घट्दै गई कोदो पनि निर्यात गर्नुपर्ने अवस्था आउँन सक्छ । यसको लागि सररकारले कोदो खेती लगाउन किसानलाई प्रोत्साहन गर्नुपर्छ । सरकारले कोदो लगाउन आह्वान र प्रोत्साहन गरेमा विश्वकै जलवायु परिवर्तनको लागि नेपालले गरेको अनुकरणीय कदम हुनेछ । नेपाल सरकारले जलवायु परिवर्तनको लागि खर्च गरेको पन्ध अर्व रुपैयाँले के कति प्रभाव पा-यो भन्ने आँकलन छैन । यत्रो रकम खर्च गरिदां कोदो लगाउने अभियान कतै पनि सुनिएन । कोदो खेतीको महत्वको प्रचारप्रसार भएको पाइएन । यसलाई विडम्बनाकै रुपमा लिनुपर्छ । उता कोदोले विश्वमै देखिएको खाद्यान्न अभावमा आपूर्ति गरेर सहयोग गर्न सकछ । नेपाल सरकारले यसको लागि राष्ट्रिय रुपमा आहवान गर्न सक्छ । जलवायु परिवर्तन र बढ्दो खाद्य असुरक्षाको समस्याको लागि नेपालको यो कदम विश्वकै लागि अनुकरणीय हुनसक्छ । यसमा सरकारले ढिला नगरोस् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on April 15, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: