काठमाडौं २८ चैत, । सेना समायोजन विशेष समितिले माओवादी लडाकू र हतियार आजैबाट सरकारको नियन्त्रणमा ल्याएको घोषणा गरेको छ । विशेष समितिको मंगलबार बसको आकस्मिक बैठकले हतियार र शिविरको सुरक्षाको जिम्मा नेपाली सेनालाई दिएको छ ।
समायोजन र अबकासमा जाने लडाकूहरुको पुनर्बर्गीकरणका क्रममा विभिन्न शिविरमा बैद्य पक्षीय लडाकूहरुले अबरोध गरेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रमुख तीन दल र मधेसी मोर्चाको बैठकमा हतियार र लडाकूलाई सेनाको मातहतमा ल्याउने प्रस्ताव गर्नु भएको थियो । प्रचण्ड प्रस्ताव अनुसार नै विशेष समितिको आकस्मिक बैठक बोलाइएको थियो ।