भगवान खनाल
मनकामना २२ चैत
प्रधानमन्त्री डा। बाबुराम भट्टराईले चैत तीस गतेभित्र माओवादी सेनाका लडाकुहरुको समायोजनको काम गरिसक्ने बताएका छन् । उनले माओवादी सेना समायोजनको काम सकिएपछि पाँच वर्षदेखि जारी शान्ति प्रकि्रयाले गुणात्मक फड्को मार्ने बतााएका हुन् ।
गोरखाको मनकामनामा बुधबार मनकामना नमुना गाविसलाई खुला दिशामुक्त घोषणा कार्यक्रम घोषणा र मनकामना मन्दिर जीर्णोद्धारको शुभारम्भ कार्यक्रममा बोल्दै प्रधानमन्त्री भट्टराईले माओवादी सेना समायोजनको कार्य सकेसम्म आजै हुने बिशेष समिति बैठकमा वा नभए केही दिनभित्रै टुग्गिने बताएका हुन् । ूशान्ति प्रकि्रया टुग्गिन्छ टुग्गिन्छू उनले भने ूकसैले रोकेर हुदैन केही मानिसले अध्यारो कोठा बसेर षडयन्त्र गरी शान्ति र संविधान नबनोस् भन्ने पनि चाहेका छन् ।ू उनले संविधान जेठ १४ मानै बन्ने बताए । नेपालमा ६० वर्षदेखि भएका विभिन्न आन्दोलन पनि संविधान निर्माण गरेपछि सकिन उनको कथन थियो ।