Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

रबर उद्योग नयाँ योजनामा


भगवान खनाल ,आँबुखैरेनी । गोरखकाली रबर उद्योग लिमिटेड नयाँ योजनाका साथ अघि बढ्ने भएको छ । उद्योग व्यवस्थापनले नयाँ योजनाहरु बनाइसकेको र केही समयपछि ती योजनाहरु सरकारलाई बुझाउने भएको छ । उद्योग संचालनको बिस वर्षसम्म आइपुग्दा लगातार घाटामा गएको उद्योगलाई निरन्तर संचालन गर्न नयाँ योजनाहरु बनाइएको हो । उद्योगलाई (ब्रेक इभन ) नाफा नोक्सान बराबर हुन गर्न व्यवस्थापनले सुधार योजना बनाएको उद्योगका महाप्रबन्धक दिनेश बर्तौलाले बताए । वर्तमानको लागत हेर्दा ५५ प्रतिशत उत्पादन नभई ब्रेक इभन नआउने भन्दै बर्तौलाले आन्तरिक तथा अन्य केही सुधार गरेर उत्पादन क्षमता बढाउने बताए । उद्योगले डिजेल प्लान्टको सट्टामा भुसे चुलो र विद्युतिय शक्तिको प्रयोग गरेमा ४५ देखि ५० प्रतिशतसम्म उत्पादन बढाउन सकिने बर्तौलाले बताए । अहिलेको संरचनामा ५० प्रतिशत क्षमता उत्पादन गर्न कम्तिमा पनि चारपाँच वर्ष लाग्छ । उद्योगले अहिलेसम्म जम्मा चालिस प्रतिशत उत्पादन गर्दै आएको छ । पावर यूटिलिटी कस्ट घटाउन सकेमा करोडौं बचत हुन्छू उनले भनें यसको लागि डिजेलको सट्टा विद्युतको प्रयोग गर्नुपर्ने हुन्छ । उद्योगले हालसम्म बार्षिक रुपमा सरदर ६० करोड रुपैयाँ बराबरको टायर उत्पादन गरेपनि कच्चापदार्थ र इन्धनमा मात्रै ४५ करोड रुपैयाँ खर्च लाग्छ ।
गत माघमा अर्थमन्त्रीले रबर उद्योगलाई संचालन गर्नेभए व्यवस्थापनलाई चालू आर्थिक वर्षभित्र नयाँ योजनाका साथ अघि बढ्न कडा निर्देशन दिएका थिए । व्यवस्थापनले चालू आर्थिक वर्षको बाँकी तीन महिनामा मासिक बीस दिन गरी साठी दिन उद्योग संचालन गर्ने योजना बनाएको छ । चालू आर्थिक वर्षको फागुन मसान्तसम्म जम्मा ३२ दिन संचालन भएको उद्योगलाई बाँकी तीन महिना साठी दिन चलाउने योजना बनाएका छौं महाप्रबन्धक बर्तौलाले भनें यो योजना कस्तो हुन्छ त्यस आधारमा अर्को आर्थिक वर्षको योजना बनाउँछौं ।
मासिक बीस दिन संचालन गर्नको लागि चालू पूजीँकै अभाव हुने उनी बताउँछन् । यसको लागि १२ करोड रुपैयाँ बराबरको कच्चा पदार्थ चाहिन्छ । यो रकम उद्योगसँग छैन । उद्योगमा नभएपछि त सरकार या कसै न कसैले सहयोग त गर्नै पर्छ, उनले भनें यदि सरकारले गर्दैन भने साझेदार खोज्नुपर्छ संचालक समितिले त पहिलेदेखि नै साझेदार खोजी रहेको पनि छ ।

उद्योगका महाप्रबन्धक दिनेश बर्तौला

उद्योगलाई अझै चालू पूजीँ थप ५÷६ करोड रुपैयाँ र पूजीँगत तर्फ करिबकरिब १० करोड रुपैयाँ लगानी गर्न सकेको खण्डमा लक्ष्यमा पुग्न सकिने बर्तौला बताउँछन् । तीन सिफ्ट नै संचालन गर्ने योजना पनि उद्योगले बनाएको छ ।
कच्चा पदार्थ र पूजीँ अभावमा दुई महिनादेखि बन्द रहेको उद्योग सोमबारबाट संचालनमा आएको हो । सरकारले हालै दिएको ५ करोड रुपैयाँले सय टन रबर किनेर ल्याएको उद्योग त्यसले बढीमा १२ दिनमात्र चल्नेछ । यसपछि दशदिन उद्योग चलेपछि पुन दुई चार दिन उद्योगमा डिस्टर्व हुनसक्छ । उद्योगले सुधार योजनामा सामान किन्ने खरिद प्रकि्रयालाई पारदर्शी बनाउन एकडेढ महिनाभित्र वेवसाइट बनाएर त्यसलाई सार्वजनिक गर्ने भएको छ । कच्चापदार्थ टेण्डरको सूचना वेवसाइटमा राखिने भएको हो । एउटा टायर बनाउन विभिन्न ७० किसिमका कच्चा पदार्थ चाहिनेमा नेपालमा पाइने रोजिनु बाहेक सबै छिमेकी देश भारत वा तेश्रो मुलुकबाट आयात गर्नुपर्छ ।
उद्योग संचालनको लागि मजदुर कहिले पनि बाधक नभएको भन्दै उनले नीति र पद्धतिको अभाव र त्यसको कमजोर कार्यन्वयनलाई दोष दिन्छन् । व्यवस्थापनले आजसम्म भएको नीतिको सही रुपमा कार्यन्वयन गर्न नसकेको उनको बुझाइ छ । “म निडर भएर नीति अनुसार उद्योग चलाउने प्रयत्न गर्छु” उनले भनें नीति भनेको नीतिनै हो नीतिभन्दा बाहिर जान सकिदैंन । यसको पालनाको प्रयास गर्छु । मजदुर युनियन संचालक समिति सबैसँग यसबारेमा प्रशस्तै छलफल र अन्तरकि्रया भएको उनले बताए । उद्योग चलाउन र योजनामा सबै सकारात्मक छन् उनले भनें ।
उद्योगको हालसम्मको साँवा ऋण ८० करोड रुपैयाँ छ भने त्यसको ब्याज ३३ करोड रुपैयाँ छ । शेयर ऋणभार चाहिँ २८ करोड रुपैयाँ रहेको छ । यसैगरी कर्मचारीको पाकेको उपदान करिब १० करोड रुपैयाँको दायित्वभार छ । यसैगरी उद्योगको दायित्वभार १० अर्ब २७ करोड छ । ३ सय ५० कर्मचारी रहेको उद्योगमा प्रतिव्यक्ति ऋणको दायित्वभार ३६ लाख रुपैयाँ बराबर रहेको छ । उता उद्योगको सम्पति भने चानचुन ३० करोड रुपैयाँ बराबरको मात्र छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 30, 2012 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

March 2012
M T W T F S S
« Feb   Apr »
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: