आँबुखैरेनीपोष्ट सम्वाददाता
सरकारले सडक विस्तार गर्ने भन्दै राजधानीका घरहरु भत्काएको खबर सेलाउन नपाउदै उपत्यका वाहिर पनि भत्काउन थालेको खबर आएपछी अहिले पृथ्वी राजमार्गमा रहेका आँबुखैरेनी बजारका बासिन्दाहरु चिन्तित हुन थालेका छन् । अझ त सडक कार्यलय र जिल्ला प्रशासन कार्यलय वाट पृथ्वी राजमार्गमा रहेका घरहरु नापेर गएपछी त झन् घर भत्कने पिर संगै आक्रोशित समेत भएका छन् । उनीहरुले सडक मिचेर घर बनाएका घरधनीहरुलाई एक हप्ते आन्तारिक गृहकार्य गर्न समेत समय दिएको छ । त्यसपछि ३५ दिने अल्टिमेटम दिन सक्नेछ । सडक विस्तारको नाममा आएर घर भत्काउन सुरु गरे पृथ्वी राजमार्गले छोएको सडकहरुमा २५ मिटर लागु हुनेछ । सडक ऐन २०३१ अनुसार नारायणगढ गोरखा राजमार्गमा पनि २५ मिटर नै लागु हुने संभावना रहेको छ । अहिले आँबुखैरेनी बजारमै सरकारले घर भत्काउने कुरा ले नै बढी चर्चा पाउन थालेको छ ।
yedi 25m sadak bistar garne ho bhane anboo khairani ka sampurna ghar haru jo sadak ko dui tira chhan bhatkinchhan mero bichar ma 15m gorkha road ma kafi huchha.