Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

च्याउले दियो रोजगारी


देउराली- ७ गोरखाका सिताराम भट्टराईलाई च्याउले राम्रै रोजगारी दिएको छ । गत दुई वर्षअघि देखि च्याउ खेती गर्न थालेका भट्टराईले यो वर्ष भने दुई लाख लगानी गरेर च्याउ उत्पादन गर्ने घर बनाएका छन् । कृषि विकास बैंक गोरखाबाट डेढ लाख ऋण झिकेर व्यावसायिक च्याउ खेतीमा लगेका उनले यो वर्ष दुई सय किलो च्याउ बेचेको बताए । ूच्याउले रामै्र गरेको छू उनले भनें ूजति उत्पादन भएपनि राम्रो बिक्री हुन्छ ।ू च्याउ बेच्न उनी आँबुखैरेनीदेखि गोरखासम्म पुग्छन् । यही आम्दानीबाट घर खर्च र काठमाण्डौमा पढ्ने छोरालाई खर्च पुगेकेा उनले बताए ।

सिताराम च्याउ फार्ममा तस्बिर ः भगवान खनाल


उनले बनाएको घरभित्र पाँचवटा लाइन र हरेक लाइनमा चारचारवटा तख्ता छन् । बासबाट बनाइएका ती लाइन र तख्तामा प्लाष्टिक पोकाभित्र परालमा राखेर च्याउ रोपिन्छ । उनले पराल चाहिँ किनेर ल्याउँछन् । भन्छन् ूयो वर्षमात्र तीन हजारको पराल किनें ।ू सफा पानीले पखालेको पराललाई तातो पानीमा तताएर प्लाष्टिक भित्र राखेर च्याउ उमार्ने गरिन्छ । रोपेको पैतिस दिनभित्र उम्रन शुरु गर्ने च्याउलाई एकसाता पछि खान हुने उनले बताए । दुई वर्षको अनुभवले उनलाई च्याउ खेति गर्न लगाव बढाएको छ । त्यसैले ऋण गरेर व्यवस्थित घर बनाएर काम शुरु गरेको हुँ उनी भन्छन् ूलगानी उठ्न त अझै हजार किलो च्याउ बेच्नु पर्दछ ।
नारायणगढमा साथीसँग ६ महिना काम गरेकेा अनुभवले उनीले घरमै व्यावसायिक च्याउ खेतीमा लगेका हुन् । काठमाण्डौंको गोदावरी र कालीमाटी पुगेर च्याउको विउ ल्याउनु पर्ने उनले बताए । प्राय भदौदखि फागुनसम्म सिजन रहने च्याउलाई वर्षामा वनको च्याउ उम्रने बेलामा भने जोगाउन नसकिने उनले बताए । ूच्याउ खानालाई पनि लाभदायक छू उनले भनें ूयसमा कुनै विषाधी औषधी र भिटामिन चाहिदैन । सफा पानी र निश्चित तापक्रमको आधारमा च्याउ उम्रान सकिन्छ ।ू

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 27, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: