Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

तिब्बती शरणार्थीबाट करोडौँ उठाउँदै गच्छदार


उपप्रधान तथा गृहमन्त्री विजयकुमार गच्छदारले तिब्बती शरणार्थीबाट करोडौँ रकम असुल्न थालेका छन् । तिब्बती शरणार्थीहरुलाई परिचयपत्र बनाइदिनका लागि उनी १ करोड ८० लाख रकम हात पार्नेगरी शरणार्थी परिचयपत्र बनाउन सक्रिय भएका छन् । गृहमन्त्रालयको उच्च श्रोतका अनुसार गृहमन्त्री गच्छदार र नेपालस्थित दलाई लामाका प्रतिनिधि थिन्ले लामा, एमाले सभाषद लारक्याल लामाका बीचमा लाजिम्पाटस्थित ग्याङ्जुङ होटलमा एक हप्ताअघि भएको वार्तापछि उनी शरणार्थी परिचयपत्र बनाउन लागिपरेका छन् ।
हाल नेपालमा २० हजार तिब्बती शरणार्थी बस्दै आएका छन् । ती मध्ये १४ हजारको मात्र परिचय पत्र छ । परिचयपत्र नभएका शरणार्थीबाट प्रत्येकसँग ४ हजारका दरले रकम उठाएर लामाले गृहमन्त्री गच्छदारलाई रकम बुझाउने सहमति भएको श्रोतले बताएको छ । तर परिचयपत्रका लागि मोटो रकम तिर्नु परेपछि शरणार्थीहरु भने समस्यामा परेका छन् । एकैपरिवारका ६ जनासम्मको परिचयपत्र नभएको बताइएको छ । सुरुमा गच्छदारले लामासँग आफ्नो पार्टी चलाउन ४ करोड मागेका थिए । तर वार्तापछि १ करोड ८० लाखमा कुरा मिलेको श्रोतले जनाएको छ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 11, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: