भगवान खनाल
गोरखा २४ फागुन
कीर्तिमानी आरोही तथा ग्रेट हिमालय टे्रल समूहका प्रमुख आप्पा शेर्पाले आफूहरुले गरेको पदयात्राको बाटोलाई सरकारले पदमार्ग बनाउनु पर्ने माग गरेका छन् । ग्रेट हिमालय टे्रलमा रहेका शेर्पा सहितको समूह ५२ औं दिनमा गोरखा आइपुगेको अवसरमा गोरखा दरबार संग्राहलयमा आयोजित स्वागत कार्यक्रममा बोल्दै उनले पदमार्ग बनाइनु पर्ने माग गरेका हुन् । ूभोलिभोलि भनेर हुदैनू शेर्पाले भनें ूआजैदेखि पदमार्ग बनाउन सरकारले पहल गर्नुपर्छ ।ू यसको लागि सरकार र सरोकारवाला एक हुनुपर्ने उनले बताए ।
नेपालको पर्यटन विकास गर्न ग्रेट हिमालय टे्रलले सहयोग गर्ने विश्वास शेर्पाको रहेको छ । सो अवसरमा पदयात्राको अनुभव सुनाउँदै शेर्पाले कुनै ठाउँमा खुशी पाइएको र कतै समस्या पनि पाइएको बताए ।