आमाको ४ दिन पछि मस्र्याङदीमा छोराको शव
तनहुँ, फागुन १६
आमाको शव फेला परेको ४ दिन पछि तनहुँको आबुखैरेनी–३ स्थित मस्र्याङदी नदी किनारमा मंगलबार डेढ वर्षिय छोराको शव फेला परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका अनुसार धुवाकोट–१, गोरखाका सनम कुमालको शव फेला पारेको हो । ४ दिनअघि मात्रै उनकी २३ वर्षीय आमा संगिता कुमालको समेत शव नदीमा फेला परेको थियो ।
गत फागुन ३ गते घरबाट आमा छोरा सम्पर्क बिहीन भएपछि उनको परिवारले खोजीका लागि गोरखा प्रहरीमा निवेदन दिएका प्रहरीले जनाएको छ ।
Like this:
Like Loading...
Related