Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

प्रधानमन्त्रीको स्वर मन्त्रीले नचिन्दा


आफुले फोनमा कोसित कुरा गरिरहेको छु भन्ने पत्तो नपाउँदा कति पप्ठेरो र पछुतो हुँदोरहेछ भन्ने पछिल्लो उदाहरण बनेका छन सामान्य प्रशासन राज्यमन्त्री रामकुमार यादव ।। बिहीवार कार्यालयमा आएदेखि अपरान्हसम्म सरुवा हुन आएका कर्मचारी, बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता आदिसँगको भेटवार्तामा ब्यस्त थिए ।
त्यहीवीचमा भेटघाट थाती राखेर सरुवा प्रकृयाबारे पत्रकारसँग कुरा गर्न लागेका मन्त्री यादवलाई प्रधानमन्त्री डा. बाबुराम भट्टराईको फोन आयो । तर उनले आफुलाई फोन गर्ने ब्यक्ति को हो भन्ने चिनेनन् र आफ्नै पाराले दलिल पेश गरिरहे । उनको फोनमा बोल्नेको आबाज बाहिर प्रष्टै सुनिन्थ्यो- तपाईले बिज्ञान मन्त्रालयमा सरुवा भएका सहसचिव केदार न्यौपानेलाई बिचमै किन काजमा लगेको ? तर प्रधानमन्त्रीका सहयोगीले फोन गरेको ठानेर उनले आफुले राम्रो कर्मचारी छानेर आफ्नो ल्याएको जवाफ दिइरहे । मन्त्रिपरिषद्को निर्णयलाई किन उल्लंघन गरेको भन्ने प्रश्न आएपछि यादवले कड्कीएर भने- मन्त्रिपरिषद्ले गरेका निर्णय कति परिवर्तन भएका छन कति, राम्रो कामका लागि एउटा सहसचिवको निर्णय परिवर्तन गर्न किन नपाउने ?
आफ्नो मन्त्री आफैंसँग एकोहोरो कड्कीइरहेको सुनेपछि प्रधानमन्त्रीले ‘प्रधानमन्त्रीसँगै मुखमुखै लाग्ने ?’ भन्दै हकारे । त्यसपछिमात्र उनले आफुसँग कुरा गर्ने ब्यक्ति प्रधानमन्त्री रहेको थाहा पाए र हतार हतार भने – ‘पीएम साब’ प्रधानमन्त्रीबाट फोन काटियो
मन्त्री एकाएक गम्भीर भए । अनुहारबाट चिटचिट पसिना आयो । उनका निजीसचिवको कमल गिरीको फोन आयो । प्रधानमन्त्रीले रिसाएर भनेका कुरा उनले कागजमा टिपेर निजी सचिवलाई दिए । त्यसपछि मन्त्री झनै गम्भीर भए, अनुहार कालोनिलो भयो । झर्किदै भने- मलाई कोही सहसचिव पनि चाहिएन, म कसैसित कुरा पनि गर्दिन गइहाल्नोस् ।’
मन्त्री यादव र बिज्ञानमन्त्री कल्पना धमालावीच ती सहसचिवलाई आ-आफ्नो मन्त्रालयमा राख्न हानथाप चलिरहेको सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले बताए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 21, 2012 by in स्थानीय समाचार/local news.
%d bloggers like this: