Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

अन्नन डेटिङ्ग ( unknown dating )


रातको एघार बजेको थियो । निदाउने तर्खरमा थिएँ । मोबाइलमा मीठो धुन बज्यो, ‘मिस्टिरयिस गर्ल’ । यो मेरो मोबाइलको रंिगटोन थियो । स्त्रिmनमा हेर्दा अपरििचत नम्बर । केही बेर त सोचेँ, फोन नउठाउ“m । म आफ्ना घनिष्ठलाई बाहेक अरूलाई नम्बर दिन्नथेँ, तर मध्यरातमा कसैले फोन गर्दा पक्कै केही महत्वपूर्ण सूचना होला भन्ने लागेर फोन उठाएँ । अपरििचत स्वर आयो, ‘हेलो, तपाईं को ?’ मेरो नम्बरमा फोन गरेर आफ्नै नाम सोधिएपछि म छक्क परेँ यद्यपि ‘म रमेश’ जवाफ फर्काएँ । ‘अनि तपाईं को ?’ जान्न चाहेँ । ‘म सिर्जना अघि किन मिसकल

गरेको ?’ उनले भनिन् । म छक्क परेँ । मिसकल दिनु मेरो कार्यसूचीमा पर्दैन । आफूले मिसकल नदिएको कुरा बताएँ, उनले मानिनन् । ‘खै, मेरो मिसकल लिस्टमा तपाईंको नम्बर पनि छ क्यारे,’ उनी अलि हल्का पारामा प्रस्तुत भइन् । हामी एक-अर्कासँग अपरििचत भएकाले मैले फोन राख्ने कुरा गरेँ तर उनले ठाडै मित्रताको प्रस्ताव राखिन् । एकछिन त म आत्तिएँ । न कहिल्यै देखेको, न चिनेको न त उनका बारेमा केही सुनेको नै । यस्तो पृष्ठभूमिमा मित्रता ? त्यसमाथि पनि म साथीहरूको सानो दायरामा रम्न रुचाउने मानिस ।त्यसैले कहिलेकाहीँ साथीहरूले मलाई भन्छन्, ‘तेरो यही स्वभावले गर्दा कलेजमा तेरो लो प्रोफाइल छ ।’ उनीहरूका त्यस्ता सुझावलाई म मन्द मुस्कानमै उत्तर दिन्थेँ । मेरो मन धेरै साथी बनाउनेतर्फ लागेन । यसपटकको उनको प्रस्ताव पनि मलाई त्यस्तै लाग्यो र फोन राखेँ, पछि कुरा गरुँला भन्दै । रात धेरै छिप्पिसकेको थियो । त्यसैले म मोबाइलको स्वीच अफ गरेर सुतेँ ।

सबेरै मोबाइलको स्वीच अन गर्दा अचानक एसएमएसको वषर्ा भयो । फरक-फरक स्वरूपका ५ वटा सायरी । अनि टेलिकमलाई धिक्कारेँ । किन यति सस्तो गरेको होला एसएमएस । बरु एउटा एसएमएसको २० रुपैयाँ गर्नु नि । कति सजिलो, निर्धक्क अपरििचतलाई नानाथरी लेख्न पाइने, न डर न लाज । प्रविधिलाई धिक्कारेँ । साँझपख अर्को म्यासेज आयो, सरी भन्दै । एउटी युवतीले सरी भनेपछि मेरो रसिको पारो सुस्तायो । आखिर म पनि त औसत पुरूष नै त हुँ नि । प्रतिक्रिया किन लेख्दिनथेँ ‘हेई इट इज फाइन । किन डिस्टर्ब हुनु नि ।’ दुई दिनपछि त्यही नम्बरबाट फोन आयो, सोही समयमा । सुरुमा रििसब नगरे पनि दोस्रो पटकलाई नकार्न सकिन । त्यसबेला विस्तृत परचिय भयो । उनी पनि बानेश्वरकै थिइन् । केही समय कुराकानी गरेपछि फोन राखिन् । कल समरी १७ मिनेट १३ सेकेन्ड । म छक्क परेँ । आफूलाई खासै बोलेजस्तो त लाग्दैनथ्यो । कतै म उनको गफमा रमाउन त थालिनँ ? सुत्नुअघि मोबाइलको स्वीच अफ गर्न खोजेँ । तैपनि म्यासेज बक्समा गएर ‘गुड नाइट, ह्याभ अ स्विट डि्रम’ लेखें, मेसेज डेलिभर भयो । तत्कालै प्रतिक्रिया आयो, ‘गुड नाइट डिउड, सी यु नि डि्रम’ निदाउन खोजेँ तर सकिन । खै मेरो मनलाई के भा’को हो म आफैंले ठम्याउन सकिन । जे हुन्छ, राम्रैका लागि हुन्छ भनेर सुतेँ । यसैगरी फोन र म्यासेज आदानप्रदान सामान्य हुन थाल्यो । एकपटक उनले अनलाइनमा भेटूँ न भनिन् । हामी यति घनिष्ठ भैसकेका थियौँ कि अब म उनको आग्रह नकार्न सक्ने अवस्थामा थिइन । भलै रातको १२ बजेको होस् मैले हुन्छ कम्प्युटर अन गर न भनें, तर उनको घरको कम्प्युटरमा इन्टरनेट रहेनछ । भोलि बिहान १० बजे साइबर गएर कुरा गर्छु भनिन् ।
मैले भारी मन लिएर ‘ओके’ भनेँ । उनी समयमै अनलाइनमा आइन् । कुराकानीमा चार घण्टा बितेको पत्तै भएन । सायद अझ बढी हुन्थ्यो होला । धन्न लोडसेडिङले हाम्रो कुराकानीलाई छोट्यायो । तस्बिरहरू आदानप्रदान भए । खै साँच्चै हो कि ठट्टा, उनले मलाई ‘हट गाय’ भनिन् । म मख्ख परेँ । पहिलोपटक कुनै युवतीले प्रशंसा गर्दा म उनको तस्बिर नै नहेरी ‘यु आर अल्सो नट लेस ब्युटिफुल’ थपेँ । पछि तस्बिरमै पनि उनी राम्री देखिइन् । सायद तस्बिर मिक्सिङ नभएको भए । च्याटिङकै क्रममा उनले फन्टको रंग कालोबाट रातोमा लगिन् । ‘डु यु ह्याभ गर्लफेन्ड ।’ ‘या, केही दिनअघिसम्म’ मैले जवाफ फर्काएँ । ‘अनि ? अहिले के भयो त ?’ उनको जिज्ञासा बढ्दो थियो । ‘लेट्स नट टक मोर अबाउट इट’ नानीले कुरा बुझिछन् । ओ सरी भनिहालिन् । कुराकानीमा पछिपछि त यही विषय हावी हुन थाल्यो । कहिलेकाहीँ त ननभेज गफ पनि हुन्थ्यो । दिनहुँ १-२ घण्टा गफिनु हाम्रो दैनिक तालिकाजस्तै भैसकेको थियो । म्ाहिना दिन नाघिसकेपछि अचानक एकदिन उनले भेट्ने भनिन् । कसरी ? हामीले त एक-अर्कालाई तस्बिरमा मात्र देखेका छौँ । हामीबीचको घनिष्ठतापछि उनले आफूले पठाएको तस्बिर झूटो रहेको स्वीकार गरनि् म नीलो पाइन्टमा हुन्छु, रातो टिसर्ट । बानेश्वरको क्याफे अघि ल । उनले चिनाउन खोजिन् । ख्याल गर्नु नि । ‘तर मलाई देखेर नभाग्नू नि है ।’ उनले भनिन् । ‘के तिमीलाई मप्रति विश्वास छैन ?’ आमयुवकले झैँ मैले भनिहालेँ ।
आज उनलाई भेट्न जाने । म सबेरै उठेर सैलुन गई चिटिक्क परेँ । नानाथरी अत्तर शरीरभर स्प्रे गरेँ तर एक मनले सोच्यो, ‘कतै उनी सोचेजति राम्री नभए ?’ म समयभन्दा आधा घण्टाअघि नै त्यहाँ पुगेँ । क्याफेको छेउको पानपसलमा नचिनिने तरकिाले बसेँ । केही बेरमा उनी आइन् । आखिर त्यही भयो जसको मलाई डर थियो । म खुरुखुरु आफ्नो बाटो लागेँ । मैले शरीरलाई पो प्रेम गरेको रहेछु, मनलाई होइन । मनमनै धिक्कारें । अचानक उनको फोन आयो । मैले रातो बटन थिचेँ ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on December 29, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.

Follow me on Twitter

listen merosathi fm

December 2011
M T W T F S S
« Nov   Jan »
 1234
567891011
12131415161718
19202122232425
262728293031  
%d bloggers like this: