Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

१ सय २० बर्षे बृद्धले झ्याइँ पारे


बुढापाकाले दशैँमा टिका लगाइदिँदा विशासय आयु होस् वा एकसय बिस वर्ष बाँचेस् भनेर आशिक दिन्छन् । त्यसैले मान्छेका लागि १ सय २० वर्ष बाँच्नु पनि भाग्यकै कुरा हो । तर भारतको असमका एक मानिस भने एक सय बिस वर्षम्म बाँचेका मात्र छैनन् उनले त यो उमेरमा बिहे गरेर सबैलाई अचम्ममा पारेका छन् ।करिमगञ्जको सतघोरी गाउँका मीत हाजी अब्दुल नूरले १ सय २० वर्षो उमेरमा बिहे गरेका हुन् । यति धेरै बुढाले कुन उमेरकी दुलही भित्राएका होलान् भन्ने जिज्ञासा सबैमा उत्पन्न हुनसक्छ । उनले आफ्नो उमेरको अनुपातमा साँच्चीकै तरुनी बेहुली पाएका छन । नूरले आफुभन्दा आधा उमेर कान्छी अर्थात् ६० वर्षी महिलासँग झ्याइँ पारेका हुन् ।गएको आइतबार भएको बिहेमा उत्तर त्रिपुराको फूलबारी गाउँका सामोइ बीबी ६ बीस उमेर कटेको मान्छेलाई लोग्नेको रुपमा पाउँदा खुसी देखिन्थिन् । बिबाह समारोह भव्य भएको थियो र झण्डै ५ सय जना पाहुनालाई निम्तो गरिएको थियो ।
नूरले मतदाता सूचिमा आफ्नो उमेर १ सय १६ वर्षउल्लेख भएपनि आफ्नो खास उमेर १ सय २० वर्षरहेको बताए ।
पहिली श्रीमतीको ६ वर्षघि निधन भएलगत्तै नूरले दोश्रो बिहे गर्न खोजेका थिए । तर डाँडापारीको जून भएको मान्छेलाई कसले छोरी दिन्थ्यो र – तर इश्वरले जोडि जुराइदिएपछि के लाग्छ । पहिले बिहे गरेको लोग्ने मरेर विधवा बनेकी र छोराछोरी नभएकी बीबीको भाग्यमा दोश्रो लोग्नेको रुपमा नूरलाई पाउन लेखेको रहेछ ।पहिली श्रीमतीबाट २ छोरा, ४ छोरी तथा थुप्रै नातिनातिमा र पनाती पनातिना गरी १ सय २२ जना सन्तती रहेका नूर दोश्री श्रीमतीबाट पनि वंश वृद्धि गर्न अब सक्षम छैनन् । तर बुढेशकालको सहारा भने अवश्य पाएका छन् । बुवाले सानिमा भित्राएकोमा नूराका छोराछोरी निकै खुसी छन् । नव दम्पतिलाई आँबुखैरेनी पोष्टको पनि शुभकामना :)

One comment on “१ सय २० बर्षे बृद्धले झ्याइँ पारे

  1. Supria Thakuri
    October 28, 2011

    hahaaahaha

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on October 28, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

October 2011
M T W T F S S
« Sep   Nov »
 12
3456789
10111213141516
17181920212223
24252627282930
31  
%d bloggers like this: