Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एक सातादेखि बन्द रहेको गोरखकाली रबर उद्योग संञ्चालनमा


आँबुखैरेनी पोष्ट/aanbookhairenipost
असोज ११ / मजदुर र स्थानीयबासीको अवरोधपछि गोरखाको मजुवादेउरालीस्थित गोरखकाली रबर उद्योग बुधबारदेखि संचालनमा आएको छ । उद्योग व्यवस्थापन संग भएको सहमतिपछि मजदुरहरु काममा र्फकेका हुन् ।
उद्योग मन्त्रालयका पदाधिकारीको रोहवरमा भएको वार्तापछि नेपालको एकमात्र टायर उत्पादन गर्ने उद्योग खुलाउने सहमति भएको हो । एक साता बन्द हुँदा उद्योगले करिब अढाई करोड रुपैयाँ नोक्सान बेहोर्नु परेको छ ।

गोरखकाली रबर उद्योग : तस्विर आँबुखैरेनी पोष्ट

स्थानीय संघर्ष समितिका अध्यक्ष जितबहादुर भट्टले हालै गरिएको कर्मचारी नियुक्ति खारेज गर्दै रिक्त पदमा भर्ना गर्दा स्थानीयलाई प्राथमिकता दिने सहमतिपछि ताला खुलेको बताए । `हालै पदपूर्ति गरेको नयाँ नियुक्ति खारेज गर्दै कर्मचारी आवश्यकता परेमा स्थानीयबासीसंग समन्वय गर्ने सम्झौता भएको छ्` भट्टले भने ।भट्टका अनुसार ५५ वर्ष पुगेको भन्दै हालै अवकास दिइएका कर्मचारीका आफन्तलाई रोजगार दिनका लागि पहल गर्ने सहमति पनि भएको छ । उद्योग व्यवस्थापनले ५५ वर्ष उमेर पुगेको भन्दै विभिन्न तहका दशजना कर्मचारीलाई भदौ दोश्रो साता अवकास दिएको थियो । अवकास पाएका कर्मचारीको ठाउँमा पदपूर्ति गरेको भन्दै विभिन्न तहका ६ जनालाई नयाँ नियुक्ति गरेको थियो । आन्दोलनपछि नयाँ नियुक्ति बदर भएको हो ।
भट्टले नियम अनुसार हटाउनैपर्ने भए उद्योगमा कार्यरत ५५ वर्ष उमेर पुगेका अन्य २७ जना कर्मचारी पनि हटाउनुपर्ने बताए । उद्योगमा ५५ वर्ष उमेर नाघेका अझै २७ जना कर्मचारी रहेको र उनीहरुलाई पनि अवकास दिनुपर्ने उनले बताए । अन्य कर्मचारीलाई अवकास नदिए अहिले हटाइएका कर्मचारीको पुर्नबहाली हुनुपर्ने भट्टले बताए ।गोरखकालीको नियमावलिअनुसार ६० वर्ष उमेर नपुगेसम्म वा स्थायी भएको ३० वर्ष पुरा नहुन्जेल कर्मचारीले उद्योगमा काम गर्न पाउँछन् । व्यवस्थापनले भने श्रमऐन अनुसार ५५ वर्ष उमेर पुगेको भन्दै अवकास दिएको थियो ।
`सबैलाई एउटै नियम लगाउनुपर्ने हाम्रो माग हो्` उनले भने, `कसैलाई ५५ वर्ष पुगेको भन्दै अवकास दिइएको छ भने कसैलाई अत्यावश्यक भन्दै काममा लगाइएको छ,।` सबै कर्मचारीलाई एउटै खालको नियम नलगाए पुन आन्दोलन गर्ने भट्टले चेतावनि दिए । दशैं र तिहारबिच व्यवस्थापनसाग वार्ता गरेर सबै कर्मचारीको लागि एउटै नियम लागु गर्ने उनले बताए ।मजदुर संगठनहरु भने अहिलेको सम्झौता कार्यन्वयन नभए पुन आन्दोलनमा उत्रने बताएका छन् । नेपाल कारखाना श्रमिक संघ, गोरखकाली ईकाईका अध्यक्ष ईश्वर परियारले नियमावलि अनुसार ६० वर्ष काम गर्न दिनुपर्ने र नदिए पुन आन्दोलन गर्ने बताए । । उनले गोरखकालिको नियमावलि अनुसार उद्योग चल्नुपर्ने बताए ।`अहिले अवकास दिइएका कर्मचारीलाई अझै ५ वर्ष काम गर्न दिनुपर्छ्` उनले भने, `अवकास पाएका कर्मचारीको पुर्नवहाली नभए हामीहरु श्रमअदालत समेत जानसक्नेछौ ।` आफु अनुकुलका कर्मचारीलाई उमेर हद नलाग्ने तर अरुलाई लाग्ने भन्दै अवकास दिनैपर्ने भए बाकी २७ जनालाई पनि दिनुपर्ने परियारले बताए ।`५५ वर्ष कटेका अन्य कर्मचारीलाई उद्योगको आवश्यकताको लागि भन्दै राखिएको छ्` उनले भने, `यस्तो गर्न पाइदैन, सबैलाई एउटै नियम लागु गर्नुपर्छ ।` उद्योगमा अझैपनि स्थानीयस्तरका कबिर १ सय जना कर्मचारी कार्यरत छन् ।उद्योगमा महाप्रबन्धक शितलकाजी श्रेष्ठले अवकास पाएका कर्मचारीलाई पुर्नबहाली गर्नै नसकिने बताए । श्रमऐन अनुसार हटाएकोले उनीहरुको पुर्नबहाली नहुने श्रेष्ठले बताए । `अहिले अवकास पाएका कर्मचारीको पुर्नबहाली त हुदैन, तर सहमति अनुसार उद्योगलाई आवश्यकता परेमा उनीहरुको परिवारको सदस्यका लागि पहल गर्नेछौ्` श्रेष्ठले भने ।
उद्योगमा ५५ उमेर कटेर पनि काम गरिरहेका अन्य कर्मचारीको विषयमा पनि बोर्डले निर्णय गर्ने श्रेष्ठले बताए । उनले अवकासको निर्णय आफ्नो एकल नभएकोेले बोर्डले मात्र गर्न सक्ने बताए । महाप्रबन्धक श्रेष्ठले मजदुरले भन्दा स्थानीयबासिले पूर्वसूचना बिना उद्योग बन्द गराएकोमा आपत्ति जनाए ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 28, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: