Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

“बदलिएको नेपाल”


अस्पतालको एउटा केविन भित्र जब रबिको ऑखा खुल्छ ऊ एक्कासी “गोली चल्यो भाग… भाग….. पुलीस… पुलीस” भनेर कराउ‘दै आत्तिएर उठ्न खोज्छ । उसको बुवा श्याम जो त्यही अगाडि हुन्छन्, आएर जोड्ले उसलाई समात्दै, “बाबु…बाबु त उठिस् त ठीक भइस्…. रमा….रमा रबि ठीक भो, रबि उठ्यो ….हेर …हेर………. हे भगवान् ! धन्य तिमी….”ऑखाभरि ऑसु पार्दै हर्षित स्वरमा भन्छन् भने उता रबिको आमा रमा कराउदै “डाक्टर साप ! डाक्टर साप !” भन्दै बाहिरिन्छन् । अर्को १० मिनेटमा डाक्टर अनि नर्सहरु आउछन् र रबिलाई केहि इन्जेक्सन दिएर जॉच गर्छन् । त्यसपछि डाक्टर रबिको बुवा श्यामलाई हेर्दै “बधाई छ श्यामजी, तपाइहरुको प्रार्थना र भगवानको कृपाले तपाइको छोरा ठीक भयो तर उसलाई भोलीसम्म अब्जरवेसनमा राख्नुपर्छ” भन्दै सबैजना बाहिरिन्छन् । रबि आश्चर्यमा पर्दै , “बुवा मलाई के भाको थियो र? म कहॉ छु , हस्पिटलमा हो? अनि म किन तपाई र आमालाई फरक देख्दै छु ?” रबिका यस्तै अनगिन्ती प्रश्नको उत्तर कसरी दिने हो श्यामलाई थाहा छैन । उसको आमा रमा “बाबु………….” भनेर बोल्न के लागेकी थिन् उनलाई रोक्दै श्याम, “हेर रबि, तिमी शान्त भएर मैले भनेको सुन………. तिमीलाई टाउकोमा ठूलो चोट लागेको थियो, तिमी त्यो चोटको कारणले ११ बर्ष पछि जागिरहेको छौ । “के रे ? के भनेको तपाइले ? रबि आश्चर्यका साथ कराउछ । “हो बाबु तिमी ११ बर्ष सम्म कोमामा थियौ , तिमी जिउदै त थियौ तर बेहोस् मरेको सरह । ” “के भन्नुहुन्छ बुवा……?” भन्दै रबि उठ्छ र अगाडिको ऐना नजिक जान्छ । उ आफूलाई ऐनामा हेर्छ, आफ्नो छिप्पिएको दुब्लो अनुहार अनि अलिअलि फुलेको कपाल देखेपछि धेरै बेर टोलाउछ, उसलाई आफूलाई टाउको पछाडि जोडले कुनै चिजले लागेर लडेको याद आउछ अनि बुवातिर हेर्दै डर, त्रास अनि आत्तिएको एकमुस्ट आवाजमा “बुवा सरिता अहिले कहॉ छिन् , अनि जीवनलाई गोली लागेको थियो, उसलाई कस्तो छ ? अनी त्यो हाम्रो यूवा आन्दोलन को के भो ? सबिधान बन्यो त यो ११ बर्षमा, की अहिले पनि नेताहरु……… बुवा भन्नुस् न बुवा छिटो भन्नुस् न ।” अब उसको बुवा ले कसरी भनुन् की उसको प्रिय साथी सरिता जोस‘ग रबि आफनो इन्जिनीयरीङ्गको पढाइको दौरान एकदमै नजिकिएको थियो, र राम्रो जागिर पाएपछि जसलाई विहेको प्रस्ताव राख्छु भनेको थियो, उनको विहे भैसक्यो। कसरी उनले भनुन् की उसको परममित्र जीवनको जीवन त्यही दिनदेखि रहेन । तर आफूलाई सम्हाल्दै श्याम रबिको नजिकै बस्छन् “बाबु तिमीहरु सबै युवाहरुको शक्ति अनी अठोटको बलले, तिमीहरुको त्यो ऐतिहासिक महान आन्दोलन अनि दबाबले तीबेलाका नेताहरु झुकेरनै संबिधान बन्यो र उक्त आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्ने यूवा , नागरिक समाजका कनिष्ठ व्यक्तिहरु, तत्कालीन विभिन्न पार्टीका असन्तुष्ट यूवा नेताहरु र विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरुद्धारा निर्मित तथा गठित नयॉ पार्टी आगामी निर्वाचनमा बहुमत ल्याएर सरकारमा गयो र आज नयॉ नेपाल हामी सामु छ बाबु । तिम्रा अन्य प्रश्नहरुको उत्तर म दिदै गरुला, तिमी अहिले आराम गर।”

भोलीपल्ट विहान जब रबिको ऑखा खुल्छ उसको त्यो अस्पतालको ठूलो कोठा फूलका गुच्छाहरुले भरिएका हुन्छन् । बाहिर बाट श्याम हर्षित हुदै भित्र पसेर दुई पत्र खोलेर रबिलाई देखाउदै, “हेर रबि राष्ट्रपति अनि प्रधानमन्त्रीज्यूहरुको सन्देश छ तिमीलाई , ल पढ अनि बाहिर थुप्रै मिडीयाहरु तिमीस‘ग अन्तरवार्ता लिन चाहन्छन्, म के भनु उनीहरुलाई ?” रबि पत्र लिदै, “बुवा खोई, म आफैलाई विभिन्न प्रश्नहरुको उत्तर चाहिएको बेला मैले कसरी उनीहरुको प्रश्नको उत्तर दिनेहोला.. म के गरु बुवा ?” रबिले ठीक भनिरहेको जस्तो श्यामलाई लाग्छ । “अ…. ल ल तिमी चिन्ता नगर म मिलाएर भनिदिन्छु ।” रबिले आफूलाई त्यसरी सबैले महत्व दिएको देखेर ऊ आश्चर्यमा पर्छ । आश्चर्यका कयौ कुराहरु त रबिले थाहा पाउन बॉकी नै छ। रबिको सम्पूर्ण परिक्षण भैसकेपछि उसको त्याहा बाट विदाको समय हुन्छ । ऊ आज होसमा हिड्न लागेको ११ वर्ष पछि हो । कोठा बाहिर निस्केपछि त्यो सफा र भव्य अस्पताल अनि केहि विदेशीहरुलाई देखेपछि “बुवा, म नेपालकै अस्पतालमा हो की नेपाल बाहिर हो ?” “हैन बाबु , तिमी नेपालकै भिमसेन थापा मेमोरियल अस्पतालमा छौ, यहि काठमान्डौमा ।” श्यामले रबिको उत्तर दिन्छ । त्याहा कोठा बाहिर अघि देखिनै हस्पिटलको एक आन्तरिक मिनी कार रबिहरुलाई पर्खिरहेको हुन्छ र उनीहरु त्यसमा बसे पछि १० मिनेटमा अस्पतालको मूख्य बाहिरी द्घारमा पुग्छन् । अस्पतालबाट बाहिर निस्के पछि रबिको आश्चर्यको सीमा रहदैन । बाहिर सफा बस अनि स्मार्ट कारहरुको तॉ‘ती, केही बाइकहरु र सफा पहेला ट्याक्सीहरु छन् । अति कम मानिसहरु व्यस्त किसिमले हिडिरहेका छन् । चारैतर्फ नजर दौडाउदा ठूला ठूला भवनहरुले रबिलाईनै हेरिरहेका हुन्छन् । रबिले यसो फर्केर बुवालाई केही सोध्न खोज्दा मात्र आमालाई देख्छ र सोध्छ “बुवा खोई त, आमा ?” “बुवा पार्किग एरियाबाट गाडी ल्याउदै हुनुहुन्छ बावु , उ आउनु भो ।” उताबाट श्याम ठूलो फोर व्हीलर गाडी ड्राइभ गर्दै नजिकै आउछन् र सबैजना गाडीमा बस्छन् । रबि चुप छ, ५ वर्षको बालकको ऑखाले हेरे जस्तो उसका ऑखाहरुले शिशाबाट बाहिर हेरिरहेका छन् , बाहिरको सबै दृष्य अलग र नयॉ छन् , उसलाई आफू नेपालमा नभएर अर्कै देशमा भाको जस्तो लागिरहेको छ । पहिले मानिस नै मानिस, फोहोर अनि अस्तव्यस्तको काठमान्डौ शहरले नया जन्मनै लिएको रहेछ । केहि मानिस मात्र बाहिर हिडीरहेका छन् , त्यो पनि विदेशी पर्यटकनै बढि देखिन्छन् । गाडीहरु धेरै कुदिरहेका त छन् तर कुनै ट्या ट्या प्या प्या हर्नको आवाज छैन न त इन्जिनको आवाज, धुवॉ पनि छैन । सफा र अग्ला भवनहरु छन् होर्डिग बोर्ड र पोस्टरहरुको कहि नाम निशान छैन । एकैछिनमा गाडी जमिन मूनी सुरुङ्गमा जान्छ, अन्धकार लामो सुरुङ्गमा बत्तिको उज्यालोमा गाडीहरु एकनासले कुदिरहेका छन् ।

करिब १० मिनेट पछि गाडी सुरुङ्ग बाहिर निस्कन्छ र फेरी अर्को १५ मिनेट जति समतर बाटो अनि उकालो लागेपछि एउटा डॉडाको करिब करिब टुप्पामा एउटा ठूलो महलनुमा घर अगाडि रोकिन्छ । श्याम छोरातिर हेर्दै , “बाबु मलाई थाहा छ तिमीमा कस्तो बितीराछ भनेर, तिमीलाई आश्चर्य माथि आश्चर्य लाग्दै गइरहेको होला । म सबै कुरा तिमीलाई सबिस्तार भन्नेछु । अहिले हामी बालाजुमा रहेको भि.टि.एम. अस्पतालबाट यह‘ा नगरकोटको घरमा अएका छौ ।” श्याम रबिलाई लिएर घरको माथिल्लो तल्लामा रबिको बेडरुममा पुग्छन् । ठूलो कोठा, कोठाको पश्चिमपट्टि ठूलो शिशाको झ्याल छ र त्यह‘ाबाट काठमान्डौ शहर प्रष्ट रुपमा देखिन्छ । काठमान्डौ महानगर हराभरा देखिन्छ , ठूला ठूला अग्ला घरहरु पनि छन् , पर पर का डॉडाहरु पनि देखिन्छन् , ऑहा कति राम्रो देखिएको । रबि उत्सुकता पूर्वक पूर्व पट्टिको दृष्य हेर्न बाहिर कौसीमा पुग्छ । पूर्वको दृष्य त झन् कति राम्रो , हिमालको लामो श्रृखला, त्यसको तल नीला पहाड अनी पहाडका माथि उडिरहेका कपासझै बादलहरु । नगरकोट हुदै तल अनि फेरि माथि गइरहेका रोपवे लाइनहरु जसबाट समानका बक्साहरु तथा मानिसहरु आइ गइरहेका छन् । रबि फर्केर आफ्नो कोठामा आउछ र त्यह‘ा रहेको रिक्लाइलर सोफामा ढल्न पुग्छ । रबिका ऑखा निकै टाढ‘ा रहेको डॉडा माथिको ठूलो बुद्धको विशाल प्रतिमामा ठोकिन पुग्छ र उ टोलाएर बसिरहन्छ । कति परिवर्तन भैसकेको रहेछ संसार, ऊ एक किसिमले दःुखी छ तर नयॉ नेपाल हेरेर खुसी हुने कोशिश गरिरहेको छ । ऊ आन्दोलनमा यसैको लगि त लडेको थियो । आन्दोलन सम्झने वित्तिक्कै फेरी उसलाई त्यो दिनको याद आउछ, उसको साथी जीवनलाई गोली लागेको । “बुवा बुवा” रबि कराउछ , श्याम त्यहि हुन्छन् । “के भो बावु ?” “बुवा, जीवन कहॉ छ? कस्तो छ उसलाई अनि मेरो साथी सरिता नी ?” श्याम एकछिन फेरी निरुत्तर हुन्छन् तर एकछिनमा आफूलाई सम्हालेर जीवन सहिद भाको र सरिताको केहि वर्ष पहिले उनको आमाबुवाको दबावमा विहे भाको कुरा रबिलाई प्रष्ट सुनाउछन् । रबिको ऑखाभरि ऑशु रसाउछन् उसलाई सबै कुरा सपना जस्तै लागिरहेको छ । ऊ चिच्चाउछ कराउछ, उसको आमा रमा दौडेर माथि आउछिन् । श्याम र रमा दुबैजना मिलेर रबिलाई सम्हाल्छन् ।

भोलीपल्ट विहानै रबिको ऑखा खुल्छ , सूर्य उदाउनै लागेको हुन्छ । उ बाहिर कौसीमा जान्छ । नगरकोटमा विहान सूर्यदय हेर्नेको ठूलो भीड लागेको छ । पर पहाडको टुप्पो ताछेर बनाइएको मैदान जस्तो ठूलो ठॉउमा देशी विदेशीहरुको ठूलो जमघट छ । त्यत्तिकैमा उनको बुवा र आमा चियाको ट्रे लिदंै त्यहॉ आइपुग्छन् । “कस्तो छ बावु तिमीलाई ?” रमाले मायाले छोरालाई सोध्छिन् । “म ठीक छु आमा, एकदम ठीक । ल बुवा अब मलाई सबै कुरा भन्नुस । कसरी यो हाम्रो नयॉ नेपाल बन्यो ? अनि यो हाम्रो यत्रो ठूलो घर अनि त्यो गाडी यो सब के हो ? तपाईको त कृषि कार्यालयमा जागिर थियो, हैन र?” “अ….. ल ल बाबु म सबै कुरा भन्छु ।” चियाको चुस्की लिदैं श्याम गर्वका साथ भन्न थाल्छन् । “त्यो तिमी यूवाहरुले शुरु गरेको ऐतिहासिक आन्दोलनको फलस्वरुप संबिधान बनेपछि युवाहरुकै बाहुल्यता रहेको नयॉ पार्टीले सरकार बनायो । अनी नयॉ जोश, नयॉ विचार अनि विदेशबाट फर्किएका अनुभवि दिमागहरुले दिन रात नगनेर काम गर्दै गए । पहिले पर्यटन र यातायात त्यसपछि विजुली अनि फेरी कृषि क्रान्ति , तत्पश्च्यात औधोगिकरण गर्दैै अहिले हाम्रो नेपाल दक्षिण एसियाको मूख्य बजार मात्र नभएर एसियाकै उदयीमान व्यापारिक केन्द्र भएको छ । देशमा शान्ति, सुव्यवस्ता आर्थिक उन्नती हुनुका साथै जनताको जिवनस्तरमा नाटकिय परिवर्तन भएको छ । अहिले नेपाली जनताहरु करिब २०% पर्यटनमा ३०% कृषिमा र अन्य ५०% सेवा तथा उद्योग क्षेत्रमा लागेका छन् । पहिले नेपालभरीबाट यस काठमान्डौ उपत्यकामा सबैजना ओइरिन्थे, यहॉको जनसंख्या ६० लाखको हाराहारीमा पुिगसकेको थियो । अब अहिले नेपालीहरु देशको हरेक कुनामा छरिएका छन् , काठमान्डौमा त अहिले ३० लाखको हाराहरीमा मात्र नेपालीहरु होलान् त्यसैले काठमान्डौ अहिले शान्त सफा र सुन्दर देखिन्छ । अहिले हाम्रो नेपालमा वार्षिक ८० लाखको हाराहारीमा पर्यटक आउछन् र यो बढ्दो क्रममा छ । त्यसैले हो अहिले काठमान्डौमा नेपालीहरु भन्दा विदेशीहरु बढि देखिएको ।” रबि एकछिन रोकिन्छ । “ल बावु अब तिमी फ्रेस होउ, हामी अब तिम्रो काकालाई भेट्न न्यूसिटी जान्छौ, अनि त्यह‘ा विहानको खाना खाएर तिम्रो मामा घर बीरगंज जान्छौ त्यहॉ एक रात बसेर म तिमीलाई हाम्रो एप्पल फार्म र वाइन उद्योग रहेको ठाउ‘ जुम्ला लान्छु ।” “के रे एप्पल फार्म ?…. वाइन ? यो सब के हो ? तपाई… कसरी ? अनि न्यूसिटी भनेको कहॉ हो ?” “पर्ख पर्ख , न्यूसिटी भनेको नीजगढमा रहेको अन्तराष्टिय विमानस्थल नजिक विगत ८ वर्षमा विकास भएको एउटा नयॉ शहर हो । त्यहॉ तिम्रो अमेरिकावाला काका हरीको अन्तराष्ट्रिय स्तरको ठूलो होटल छ । अनि हो मैले पनि ७ वर्ष पहिले जुम्लामा यातायात सुगम भैसकेपछि जागिरबाट राजीनामा दिए अनि त्यहॉ ठूलो जमिन किनेर स्याउ खेती सुरु गरे र ३ वर्ष अघि मात्र वाइनको कारखाना पनि लगाए । त्यहॉ हाम्रोमा मात्र अहिले जम्मा जम्मी ५५० जनाले रोजगारी पाएका छन् र हाम्रो जस्तै अहिले कर्णाली क्षेत्रमा मात्र सयौ अन्य कम्पनीहरु छन् ।” “ओहो कस्तो अचम्म, अनि बुवा अहिले नै विहानको ९ बजिसक्यो हामी कसरी काकाको घर नीजगढमा खाना खाने गरि पुग्न सक्छौ त?” रबिले अचम्म मानेर सोध्छ । “हुनत हामी फ्लाईटमा आधा घन्टामा नै पुग्न सक्थ्यौ तर म तिमीलाई ड्राइभ गरेरनै लान चाहन्छु किनभने तिमीले नेपालमा भएका अन्य परिवर्तन पनि हेर्न सक्छौ र फेरी हामीलाई नीजगढ पुग्न यहॉबाट डेढ दुई घण्टा त लाग्ने हो नी ।” “कसरी त्यती छिटो पुगिन्छ बुवा ?” रबिले अचम्मले सोध्छ । “त्यो कसरी भने हामी काठमान्डौलाई तराई स‘ग जोड्ने दोस्रो फास्ट ट्रयाक जुन वाग्मती नदि हुदै सुरुङ्गको साहायताले न्यूसिटी पुग्छ , त्यही बाटो भएर जाने हो । हामी हाम्रो गाडिलाई त्यही न्यूसिटीमा छाडेर त्यहॉबाट ट्रेनमा बीरगंज जाने अनि फेरी ट्रेनमै बीरगंजबाट नेपालगंज पुग्ने, खुब रमाइलो हुन्छ ।

अनि नेपालगंजबाट प्लेनमा जुम्ला पुगांैला र त्यह‘ाबाट केबुलकारमा चढेर हाम्रो फार्म एरियमा पुगौंला ।” “ओहो सुनेरै नै कस्तो रमाइलो लागेर आयो । ल ल म फटाफट तयार हुन्छु है त ।” रबिको ऑखामा एक किसीमको खुशीको चमक आउछ । “ए सॉच्चै रबि, मिडियाहरुले तिम्रो अन्तर्वाताको लागि समय मागेको मागेकै गरेकाले मैलै अहिले ९ः२०को समय दिएको थिए, तिमी तयार भएर तल बैठकमा आउ ल ?” श्याम तल जादै गर्छन् । “हत्तेरिका , कति मान्छे हुन्छन्होला , कुन कुन मिडीयाबाट होलान्, के के सोध्ने हुन् अनि मैले के भन्नेहोला ?” रवि दिक्क मान्दै बर्बराउछ । “उनीहरु यह‘ा आउने हैनन्” श्याम भर्याङ्गनीर उभिएर रबि तीर फर्कदै , “उनीहरु अनलाईन हुन्छन् , तिमी र उनीहरु एक अर्कालाई बैठकामा रहेको त्यो ठूलो स्क्रीनमा देख्न सक्छौ र एकअर्कालाई हेरी हेरी कुरा गर्न सक्छौ, एकैछिन मात्र हो दिक्क नमान, मैले जम्मा १० मिनेट मात्र भनेको छु । ल है त म तिमीलाई बैठकमा भेट्नेछु ।” रबि टवाल्ल पर्छ ।

रबि तयार भएर तल पुग्छ । अगाडि भित्तामा रहेको ठूलो स्क्रीनमा १५ २० जना जती मान्छेहरु उसैतीर हेरेर पर्खिरहेको पाउछ । उ अगाडि बस्छ । “नमस्ते ! सर्वप्रथम क्षमा चाहन्छु हिजो तपाईहरुलाई समय दिन नपाएर…….यत्तिकै… ” खोइ के बोल्ने हो रबि नर्वस हुन्छ, के बोल्ने नबोल्ने हो थाहा छैन उसलाई “खासमा म अहिले मानसिक रुपमा ठीक भैसकेको छैन, मलाई वर्तमान र विगत ११ वर्षको बारेमा केहि थाहा छैन । त्यसकारण खोई ११ वर्ष पछि व्युतिएको यो साधारण व्यत्तिलाई तपाइहरु के सोध्न चाहनुहुन्छ ?” उताबाट एक मिडियाकर्मी माइक लिएर “रबिजी, तपाई राष्ट्रको एक चर्चित व्यत्तित्व हुनुभएको छ , तपाईहरुको त्यो विगतको महान आन्दोलन र बलिदानको फलस्वरुप देशले काचुली फेरेको छ । जनताहरु तपाईलाई हेर्न र सुन्न चाहन्छन् त्यसकारण अहिले मात्र तपाईका केहि सन्देश सुनाइदिनुस, हामी पछि फेरी सम्पर्कमा आउनेछौ ।” “धन्यबाद यहॉहरु सबैलाई ।” रबि दुई हात जोड्दै “देशले यत्रो प्रगति गरेको बुवाबाट सुनेर मलाई पनि औधी आश्चर्य र खुशीको साथै अनौठो लागिरहेको छ , बधाई छ हामी सबै नेपालीहरुलाई । म आज बुवासंग तराई हुदै जुम्ला जादैछु । अझ नजिकबाट देशमा भएका परिवर्तन हेर्न चाहन्छु अनि उताबाट फर्केर फेरी मौका पाए यहॉहरुसंग भेटौला, नमस्कार ।” रबि सबैसंग बिदा माग्छ ।

केहि छिनमै रबि र उसको बुवा आमा घरको कम्पाउन्डबाट गाडीमा बाहिर निस्कन्छन् । १० मिनेटमै गाडी काठमान्डौको चौडा सडकमा कुदिरहेको छ । ठॉउ ठॉउमा मानिसहरु एकै किसिमको रातो टिसर्टमा नेपालको झन्डा लिएर गाडी र मोटरसाइकलमा एकैतिर गैरहेको देखेर रबि आश्चर्य मान्दै, “बुवा, यी मानिसहरु कहॉ जादैछन् ?” “ए हो त आज नेपाल र इन्डीयाको इन्टरनेश्नल ट्वान्टी ट्वान्टी म्य‘ाच हुदैछ यही पृथ्वीनारायण क्रिकेट ग्राउण्ड धापासीमा । त्यही जाने भिड होला यो । तिमीलाई पनि हेर्न मन लागे उ त्यो स्क्रिनको त्यो रातो बटन थिच, लाइभ टेलिकास्ट भैराको होला ।” रबिले हेर्ने इच्छा गर्दैन । अब गाडी बाग्मती किनारहुदै अगाडि बढ्छ । बाग्मतीको दुवै किनारमा हरियाली पार्क र बगिरहेको सफा पानी देखेर रबि छक्क पर्छ । कागजको एक टुक्रा पनि छैन पानीमा । पार्कका ठ‘ाउ ठ‘ाउमा नानीहरुको लागि खेल्ने विभिन्न चिजहरु प्नि राखिएका रहेछन् । केहि छिनमै गाडी ६ लेनको फास्ट ट्रयाकमा छिर्छ जुन सिधै दक्षिण तर्फ एकोहोरो कहिले सुरुङ्ग कहिले पूल फेरी कहिले खुल्ला ठॉउ हुदै अगाडि बढिरहन्छ । छिनछिनमा सहायक सडकहरु छुट्टिने र जोड्ने भैरहन्छन् । “बुवा, यी सहायक सडकहरु कह‘ा जान्छन् नी ?” रबि ले बुवालाई सोध्छ । “यी सडकहरु यो हाइवेको दॉया वॉया विकास भएका टाउनहरुमा जान्छन् र त्यो भन्दा अलि पर पर एग्रीकल्चरल फार्महरुसम्म पनि पुग्छन् । मानिसहरु अहिले शहर भन्दा टॉढा यस्ता टाउन हाउसहरुमा बस्न रुचाउ‘छन् । सडकहरुको विकास र विधुतिय ट्रेन अनि सस्तो विद्युतको साथै नेपालमै बनेका चार्जेवल कारहरुको सुविधाले मानिसहरु अहिले शहरमुखी हुनु भन्दा पनि शान्त अनि हरियाली ठॉउतीर बस्न थालेका छन् । काठमान्डौ र नीजगढको यो करिब १५० कि.मी. बीचमा मात्र दुवैतिर अहिले करिब १५ लाख मनिसहरु बस्छन् होला । करिब सवा घण्टाको यात्रा पछि गाडी तराईको फॉटमा कुदिरहको छ । बाटोको दुबैतिर रबिले ऑप, केरा र लिचीका ठ‘ूला ठ‘ूला वगैचा अनि पोखरीहरु देख्छ । झुपडी अनि गरिबीको दृष्य कहि छैन । एकैछिनमा रबिले वेलकम टु न्यूसिटी भन्ने बोर्ड देख्छ । ऊ त्यो राइटको बाटो इन्टरनेश्नल एयरपोर्ट जान्छ र यो लेफ्टको चाही नीजगढ । अर्को ३ मीनेटमा गाडि ठू‘ला ठू‘ला अग्ला घरहरुको बीच हुदै अघि बढ्छ । उसलाई सिंगापुरको बीचमा आइपुगेको जस्तै लाग्छ । यो करिब २ लाख नेपालीहरु बस्ने सानो शहर हो तर यहॉ करिब २० हजार पर्यटक सधैजसो हुनेगर्छन । अन्तराष्ट्रिय विमानहरुको एक्सचेन्ज टर्मिनल भएकोले यो शहर द्रुत गतिमा विकाश हुदै छ । गाडी एउटा ठूलो होटलको मेन गेट अगाडि रोकिन्छ । श्यामले गाडीको शिशा खोलेर आफ्नो कार्ड त्यहॉ साइडमा रहेको सेन्सरमा स्वाप गरेपछि गेट आफै खुल्न थाल्छ र त्यहॉ रहेको गार्ड अफिसरलाई हेरेर मुसुक्क हास्दै अगाडि बढ्छन् । गाडी पार्कीग गरिसकेपछि सबैजना सरासर होटलसंगै को अर्को घरतिर लाग्छन् जहॉ श्यामका भाई हरि उनीहरुलाई पर्खेर मुस्कुराइरहेका छन् । हरि १५ वर्षसम्म अमेरिकामा होटल लाइनमा काम गरेर ८ वर्ष पहिले मात्र नेपाल फर्केका रहेछन् र यहॉ होटल व्यवसायमा लगानी गरेका रहेछन् । अहिले उनी नेपालको अरु दुई ठॉउमा होटल खोल्ने तयारीमा रहेछन् । हरिले जोडले रबिलाई अंगालोमा कस्दै , “बाबु तिमीलाई देखेर असाध्यै खुशी लागिरहेको छ ।” रसिलो ऑखा पुछ्दै “ल हिड जाऊ , तात्तातो खसीको मासु र भात खाऊ अनी म तिमीलाई होटल घुमाउछु ।”

सबैजना ठूलो डाइनीङ्ग टेबुलको चारैतिर बसेर खाना खाइरहेका छन् । “बुवा ?” रबिले अचानक श्यामतिर फर्केर प्रश्न गर्छन् । “हाम्रो नेपालमा त्यो हामीहरुको जस्तै थुप्रै आन्दोलनहरु त पहिले पनि भएका थिए , यो पाली चाही के फरक र अनौठो चीज भयो र हाम्रो देशमा यी परिवर्तनहरु भए ? ल अब मलाई विस्तृत रुपमा त्यो आन्दोलन पछि के के हुदै गयो र कसरी देश विकास हुदै गयो भन्नुस् त ।”

श्याम गिलासको पानी सक्काउदै , “ल सुन त्यो २०६८ सालमै हो तिमी यूवाहरुले आन्दोलन गर्न सुरु गरेको साल, त्यो त याद छ हैन तिमीलाई । तिमीहरुको स्वस्फूर्त रुपमा बढ्दै गइरहेको आन्दोलनलाई जबरजस्ती दबाउन खोजीयो, लाठी चार्ज भयो, गोली चल्यो, तिम्रो साथी जीवन लगाएत अरु ४ जना त्यही एकै दिनमा सहिद भए, तिमीलाई पनि टाउकोमा लाठी प्रहार भएर घायल भयौ अनि तिमी कोमामा गयौ । जनताहरु पहिले देखि नै नेताहरु देखि दिक्क मात्र हैन सारै रिसाइसकेका थिए , देशको विग्रदो अवस्था र नेताहरुको रवैयाले उनीहरु प्रति घृणा र तिरस्कार त छदै थियो झन् युवाहरु भटाभट ढलेको देखेपछि के युवा के बुढा सम्पूर्ण महिला पुरुष बच्चा आदि सडकमा आए । नेता तथा सभासदहरुलाई उनीहरुको घर घर अनि क्वार्टरमा घेर्न थालियो । सेना परिचालन भयो तर सेना अनि प्रहरीले पनि नेपाली जनतालाई साथ दियो । नराम्रो दुर्घटना नघटोस् भनेर उनीहरुले मात्र सतर्क हुदै सुरक्षा दिरहेका हुन्थे , नेताहरु भने थुनिएको थुनिएकै भए । चारैतिर सबै बन्द , देश नै ठप्प भो १० दिनसम्म । जनताहरुले ती सभासदहरुलाई १ महिनाको समय दिए संबिधान जारी गर्नलाई र अर्को ६ महिना निर्वाचन गर्नलाई । नेताहरु यति डराए कि उनीहरु शान्ति प्रक्रियालाई सक्काएर संविधानका हरेक बुंदामा सहमती गरेर अगाढि बढ्दै गए । जुन नेताले नमिल्दो र बाधा अड्चन गर्ने कुरो गथ्र्यो उ बसेको ठाउमा त झन जनताहरुको सागर ओर्लीन्थ्यो , सेनाहरुले उनीहरुलाई घेरा नहालेको हुंदो हो त उनीहरुको निशानी खोज्नुपर्ने हुन्थ्योहोला । धन्य कुनै अप्रिय घटना भएन । पत्रकारहरुले हरेक क्षणको जानकारी दिरहेका हुन्थे , संविधानको संवेदनशिल बुंदाहरुको राष्ट्रियस्तरमा बहस भयो र आखिर त्यो १ महिनामा संविधान जारी भयो र अकोै ६ महिनामा निर्वाचन पनि हुने भयो । अनि यहि ६ महिनामा एउटा नयॉ पार्टीको जन्म भयो , नेपाल डेमोक्रेटिक पार्टी । देश विदेशका नेपालीहरु, समाजसेवीहरु, तत्कालीन विभिन्न पार्टीका असन्तुष्ट तर राम्रा विचारका यूवा नेताहरु , नेपालीमाझ स्वक्ष क्षवी बनाएका व्यत्तित्वहरु, कलाकारहरु अनि अधिकांस यूवाहरु सदस्य रहेको त्यो एउटा सामाजिक फोरमले नेपाल डेमोक्रेटिक पार्टीलाई जन्म गरायो ।

नेपाली जनताहरुभित्र राष्ट्रियताको भावना त भरिएकै थियो तर त्यो नेपालीहरु भित्र रहको राष्ट्रियताको भावनालाई बाहिर ल्याउने , सबैमा देशको लागि केहि गर्नैपर्छ अब भन्ने भावना र जोश ल्याउन त्यतीबेलाका कलाकारहरुले पनि आफ्ना गीत संगित अनि विभिन्न कार्यक्रमले नेपालीहरुको भावनालाई उथलपुथल पारे । जसरी दोस्रो विश्व यूद्धताका जापानमा परमाणु बम खसेर भएको नरसंहार पछि जापनीजहरुले मिलेर फेरी आपm्नो देश बनाए, जसरी कोरियनहरुले आफ्नो गहना बेचेर देश बनाए र उनीहरु मिहेनती भनेर संसारभर चिनिन्छन् त्यसरीनै नेपालमा तत्कालिन घटनाक्रमले गर्दा सबैको भित्र गुम्सेर रहेको राष्ट्रप्रेमको विष्फोट भयो र सम्पूर्ण नेपालीमा एक किसिमको वैचारिक क्रान्तीनै ल्यायो र आज नेपालीहरु संसारभर वीर मात्र नभएर परिश्रमी पनि रहेछन् भनेर चिनिन्छन् । यसरी त्यसबेला सबै नेपालीहरुमा देशको लागि मरिमेट्ने भुत सवार भयो । हरेक नेपाली देशको लागि कुनै न कुनै किसिमले योगदान दिन चाहन्थ्यो । चुनाव भयो , यूवाहरुकै जित भयो , सरकार बन्यो । सबैजना बसेर अति द्रुत गतिमा अघि बढ्ने ५ वर्षिय विकासका कार्ययोजना बनाए । जस अन्तर्गत २००० मेगावाट विद्युत उत्पादन, पुर्व पश्चिम रेलमार्ग, पर्यटकिय क्षेत्रहरुको पहिचान र विकास का साथै यातायात, होटल र रेष्टुरेन्टहरुको स्तरमा विकास , काठमान्डौ जोड्ने फास्ट ट्रयाक, कृषि विकास आदि जस्ता करिब १० योजनाहरु बनाइए । अब काम गर्ने बेला भएको थियो । थुप्रै लगानी अनि परिश्रमको खॉचो थियो । विद्युत, रेलमार्ग , हाइवे र होटलहरुमा लगानी गर्न पहिले देश विदेशमा रहेका नेपालीहरुलाई त्यसपछि अन्यलाई आग्रह गरियो । थुप्रै नेपालीहरुले ठूलो मात्रामा लगानी मात्र गरेनन् विदेशमा रहेकाहरु त विदेश छाडेरै आउन थाले । व्यारेकका ती करिब १ लाख सैनिकहरु , सम्पूर्ण प्रहरी जवानहरु , रोजगार तथा वेरोजगार सम्पूर्ण यूवा यूवतीहरु र साथमा रहेका अन्य अनुभवी हातहरु लागे देश बनाउन । बाटो खन्ने, सुरुङ्ग बनाउने, पुल तथा भवन बनाउने, नदि नगर बाटो सफा गर्ने , मन्दिर पौवा रंगाउने , आदि विभिन्न साना ठूला सबै कामहरु एकै पटक हुन थाले भने यो सबै देखेर अर्को तर्फ विदेशमा रहेर विभिन्न पेशा गरेका नेपालीहरु , डक्टरहरु, इन्जिनियरहरु सबैमा राष्ट्रियता तथा मातृप्रेमको भावनाले पिरोल्न थाल्यो र सबैजना आफ्नो देश फर्केर आउन थाले । उनीहरु पनि देश विकासको काममा आ आफ्नो किसिमले सघाउन थाले । विदेशका ति अनुभवि हातहरुले उत्कृष्ट होटलहरु, रेष्टुरेन्टहरु, भवन र बाटोहरु बनाउनुमा साथ दिनुको साथै वैज्ञानीक कृषि प्रणाली पनि सुरु गर्नमा ठूलो योगदान दियो । यसरी अचानक भैरहेका यी विभिन्न कुराहरुले सम्पूर्ण नेपालीहरुमा चेतना ल्याउदै थियो । नेपालको नयॉ संविधान तथा कानुन र ऐनले विभिन्न कुराहरुमा धेरै कडा नियम लगाएको कारणले जनताहरुमा कैद र ठूलो जरिवानाको डर त छदै थियो तर त्यो भन्दा पनि अझ राष्ट्रियताको भावनाले आफै उन्प्रेरित भएरनै सबै कामहरु योजना अनुसार अघि बढ्दै गयो । यो बीचमा एक दिन पनि देशमा बन्दी र चक्काजाम भएको छैन । देशको प्राकृतिक सौन्दर्य र अति पूरानो इतिहास तथा संस्कृतिक परिवेश बोकेको हाम्रो देशको आम्दानीको प्रमूख स्रोत पर्यटन्नै हुनसक्छ भनेर पहिचान गरियो । चाइना र इन्डिया जस्ता दुई अति ठूला जनसंख्या रहेका र आर्थिक रुपमा बलिया भइरहेका देशहरुको बीचमा नेपाल भएकोले पनि त्यो कुराको प्रारम्भिक फाइदा पर्यटन्बाट उठाउन सकिन्छ भन्ने लागेर त्यसको योजना बन्यो र साच्चै केहि समयपछि त नेपालमा चाइनीज र इन्डियन पर्यटकहरुको बाढिनै आउन थाल्यो । उता देश भौगोलीक विविधतामा पनि धनि भएकोले नेपालीहरुले थुप्रै अध्ययन र अनुसन्धान पछि विभिन्न फलफूलहरु, जडिबुटीहरु आदिको खेती वैज्ञानिक किसिमले गर्न थाले । यसरी पर्यटन र कृष्ीिको विकास संगसगै देशमा कलकारखानाहरु पनि खुल्दै गए र देशमा औधोगिकरण पनि हुनथाल्यो र त्यसपछि त झन नेपाल एसियाको माझ भएर होला त्यो पनि इन्डिया र चाइनाको बीच भएकोले अहिले यो देश हकककक र सिंगापुर जस्तै अर्को एक एसियाकै व्यापारिक केन्द्र भएको छ ।” “ल ल भयो दाई” श्यामलाई रोक्दै हरि, “खाना पनि भयो, अब बाबुलाई हाम्रो होटल हेराउने होइन ? कति लगातार उहिलेका नेताहरु जस्तै बोल्न सकेको होला” “हा हा हा” सबैजना हास्छन् ।

काकाको होटल घुमी हेरी अब तीनैजना रबिको मामाघर बीरगंज जानको लागि निजगढको ट्रेन स्टेसनतिर लाग्छन् । श्यामले पहिलैनै इन्टरनेटबाट तीनैजनाको टिकट बुकिङ्ग गरिसकेका रहेछन् । ठूलो स्टेसन भित्र आफ्नो ट्रेनको जानकारी त्यहॉ झुन्डाइएका ठूला इलेक्ट्रोनीक मोनीटरमा हेरेर लिसकेपछि सबैजना केहि लिफ्ट र सिढीहरु पार गरेर आफ्नो टिकटअनुसारको ट्रेन र सिटमा पुग्छन् । करिब ४५ मिनेटमा उनीहरु बीरगंज महानगरमा पुग्छन् । बाहिर लामबद्ध भएर बसेका टयाक्सीहरु मध्य एउटा टयाक्सी पालो अनुसार उनीहरुको अगाडि आइपुग्छ । करिब १५ लाख जनसंख्या रहेको त्यो शहर पनि भव्य भैसकेको रहेछ । पथलैया, बीरगंज र कलैया जोडिएर एउटै ठूलो शहर जस्तो भैसकेको रहेछ । रबिको मामाले बीरगंजको नारायणी स्टडियम छेउमा आफ्नो ठूलो सोपिग सेन्टरको व्वस्थापन गर्दा रहेछन् । मामाकहॉ १ रात विताइसकेपछि अब तीनै आमाबाउ छोरा जुम्ला जानको लागि फेरी ट्रेन स्टेसन पुग्छन् । अहिले उनीहरु नेपालगंज ६ घण्टामै पुगाउने द्रुत गतिको ट्रेन मा छन् । “अनि बुवा हाम्रो नेपालको कुरा अगाडि बढाउनुस् न , अरु के के भो ? अहिले के के योजनाहरु चलिरहेका छन् ?” “गुड ! ल सुन यसरी नेपालमा चारैतर्फ विकास हुन थालेपछि थुप्रै विदेशीहरुले विशेष गरि इन्डिया र चाइना बाट उद्योग, कृषी , पर्यटन र विजुलीमा लगानी आउने क्रम बढ्दो छ । अहिले हाम्रो देशमा गाडी, कार , ट्रेन देखि अधिकतम घरायसी चिजहरु विधुतबाट चल्छन् । देशको अति विकट ठाउहरुमा जहॉ मोटरबाटो बनाउन समय लाग्नुको साथै महंगो पर्छ त्याहा विद्युतीय केबुलकारहरु संचालन भएको छ जसले गर्दा अब दुर्गम ठाउहरु कुनै दुर्गम रहेनन् । हामीलाई पुग्दो विद्युत हामीले उत्पादन गरिरहका छौ र अब सरकारले आउदो ५ वर्षमा इन्डिया र चाइनामा विद्युत निर्यात गर्नको लागि थप करिब ३०,००० मेगावटको परियोजनाहरु सुरु गरिसकेको छ ।” “अब तपाई ५ मिनेटमा नारायणघाट पुग्दै हुनुहुन्छ” एक पटक नेपाली र फेरी अंग्रजीमा कम्पुटराइज्ड सुमधुर आवाज ट्रेनभित्रको स्पिकरमा आउछ । निर्धारित समयनुसार नारायणघाटमा ट्रेन रोकिन्छ । रबिले बाहिरको दृष्य हेर्दा थुप्रै पर्यटकहरु देख्छ । साना नानीहरुको हातमा गैडा र हात्तीका खेलाउनाहरु अनि ठूलाहरुले लगाएको कपडाहरुमा “वी लभ नेपाल” “बिउटीफूल नेपाल” “ भिजिट सौरहा” आदि लेखिएको देख्छ ।

“चितवन नेशनल पार्क अहिले एसियाकै उत्कृष्ट नेशनल पार्क भएको छ । यहॉ मात्र वार्षिक २० लाख पर्यटक आउछन् । पर्यटकहरु निजगढको इन्टरनेश्नल एयरपोर्टमा ओर्लीए पछि सिधै यहॉ आउछन् अनि केहि दिनको रमाइलो पछि बुद्धको जन्मस्थल लुम्बिनीमा घुमेर कोहि पश्चिम नेपाल लाग्छन् भने कोही पोखरातिर लाग्छन् । त्यसपछि अन्तमा काठमान्डौ घुमेर, सपिङ्ग गरेर रमाइलो अनुभवका साथ आफ्नो देश फर्कन्छन् । नेपाल हुदा सम्म उनीहरु ट्रेन र बसमा मात्र यात्रा गर्न मन पराउछन् । ट्रेन त्यहॉ ५ मिनेट रोकिएपछि फेरी अघि बढ्छ । रबिका ऑखाहरुले बाहिरको दृष्यहरुको अवलोकन गरिरहेका छन् । उसले बाहिर देखिने व्यवस्थित बस्ती र घरहरु, ठूला ठूला कृषि फार्महरु अनि कुदिरहेका साना स्र्माट कारहरु र इलेक्ट्रिक साइकलहरु देखेर नेपालीहरुको जिवनस्तर मुल्याकन गर्नको लागि उसलाई कुनै इकोनोमिक इन्डिकेटरहरुको आवश्यकता पर्दैन । बाहिरको दृष्य हेर्दा हेर्दै रबि निदाउन पुग्छ । सपनामा उसले पुरानो अस्तव्यस्त नेपाल, गरिबी, कुरुप नेताहरुको भाषण , उनीहरुको झगडा, झुटो आश्वासन अनि फेरी आन्दोलनको धरपकड , गोली , लाठीचार्ज आदिका दृष्यहरु देख्छ र फेरी “आमा” भन्दै चिच्याएर उठ्छ । आफ्नो अगाडि ट्रेनको त्यस केविनमा आमा बुवा लाई देखेर उ शान्त हुन्छ र भन्छ “धन्य नराम्रो सपना पो रहेछ ।”
रबिको जस्तै सुन्दर नेपाल हेर्र्दै निदाउ‘न पुग्दा उसको जस्तै नराम्रो सपना हेर्ने भाग्य के हामीले यो जुनीमा पाउला??????? तपाईलाई के लाग्छ ?
Written By: Bijay Yadav (biju_ashwin20@yahoo.com)

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on September 24, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: