Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

गगन थापाले खोले मासु पसल


काठमाडौं ,साउन २८- नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सभासद् गगन थापाले काठमाडौँको गोल्फुटारमा सरकारी मापदण्डअनुसारको न्ायाँ मासु पसल सुरु गर्नुभएको छ ।स्वास्थ्यलाई बढी प्राथमिकता दिएर स्वस्थकर मासु बेच्ने उद्देश्यले पसलको आज बिहान औपचारिक रुपमा उद्घाटन गरिएको हो ।
सभासद् थापासहित चारजनाले करिब चार आनाको जमिनमा अहिले मासु पसल सुरु गरेको बताउँदै एक वर्षभित्रमा १० स्थानमा यस्ता पसल खोल्ने जानकारी दिनुभयो । नेता थापाले यसअघि नै नुवाकोटको सुनखानीमा बाख्रापालन मौरीपालन कुखुरापालन र दक्षिणकालीमा कुरिलो खेती सुरु गरिसक्नुभएको छ । काठमाडौँ महानगरपालिकाका जनस्वास्थ्य विभाग प्रमुख डा बाबुराम गौतमले सरकारी मापदण्डअनुसार मासु पसल साचालन गर्न सकेमा मासुजन्य पदार्थबाट लाग्ने रोगबाट बच्न सकिने बताउनुभयो । सरकारी मापदण्ड अनुसारको मासु पसलमा खसी काट्नुभन्दा अगाडि २४ घण्टा दाना र पानी मात्र खुवाउने त्यसपछि १२ घण्टासम्म पानी मात्र खुवाउने गरिन्छ भने विद्युतीय करेन्टद्वारा खसी काटिन्छ । काटिएको २४ घण्टासम्म चिलिङ् मेसिनमा राखेर मासुको गुणस्तर मापन गरेर मात्र मासु बिक्री गरिन्छ । abcnews

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on August 13, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: