समुन्द्र पौडेल, तनहुँ, साउन ६- पृथ्वी राजमार्गअर्न्तगत तनहुँको आँबुखैरेनी-६, ऐनापहराबाट शुक्रबार साँझ बस मर्स्याङ्दी नदी किनारमा खस्दाँ १९ यात्रु घाइते भएका छन्। घाइतेमध्ये ३ को अवस्था गम्भीर छ। गम्भीर घाइते हुनेमा गोरखा दशकिलोकी विजुली परियार, गोरखा तान्द्राङ २ का लेखनाथ खनाल र बसका चालक रामकुमार पाठक रहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ।
गम्भीर घाइतेसहित ९ जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक वीरेन्द्र थापाले बताए।अन्य घाइतेको आँबुखैरेनीस्थित मेडिकल हलमा उपचार भइरहेको छ। गंभिर घाइतेको नाक, मुख तथा कान वाट समेत रगत वगेको र अन्यको हात, खुट्टा भााचिएको र डाढ तथा कम्मरमा गहिरो चोट लागेको छ । घाइते मध्ये केहीले आावुखैरेनीमा रहेको मेडिकलमा नै उपचार गरेर घर फर्किएको छ ।
तिब्र गतिमा आएको ग १ ख १५४५ नम्बरको बसले राजमार्ग किनारको सडक पिलर भत्काएर सय मिटर तल मर्स्याङ्दी नदी किनारमा खसेको प्रहरीले जनाएको छ।
प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सक्रियतामा घाइतेलाई उद्दार गरिएको थियो।