कैलासवावु श्रेष्ठ/गोरखा
असार १९ गते । गोरखाको खोप्लाङ्गमा आज मोवाईल चार्ज गर्दा एक जनाको मृत्यु भएको छ ।
गोरखा जिल्ला खोप्लाङ्ग गाउँ विकास समिति ९ को बजेडीमा आज दिउसो स्थानिय २४ वषिर्य जिवन वहादुर तामाङ्गले मोवाइल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको हो ।दिउसो धान खेत वाट आएका तामाङ्गले मोवाईल चार्ज गर्दा एक्कासी करेन्ट लागे पछि उनलाई उपचारको लागी स्थानिय मनकामना अस्पतालमा लगिएको थियो ।थप उपचारको लागी गोरखा अस्पताल ल्याएका तामाङ्गलाई स्वास्थ्यकर्मीहरुको टोलीले मृत्त घोषित गरेको हो । घान खेत वाट आएका तामाङ्गले मोवाईल चार्ज गर्दा उनको हात पानीले भिजेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय गोरखाले अनुमान गरेको छ ।
गोरखामा मोवाईल चार्ज गर्दा करेन्ट लागेर मृत्यु भएको यो नै पहिलो घटना हो ।