Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

‘बाबुरामलाई सिध्याउने’ घोषणा


२ जेठ, काठमाण्डौ । एकीकृत नेकपा माओवादीको केन्द्रीय कार्यालय रहेको पेरिसडाँडामै बसेर माओवादी मजदुरहरुले पार्टी उपाध्यक्ष डा. बाबुराम भट्टराईलाई सिध्याउने चेतावनी दिएका छन् ।

डा. भट्टराईले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकारहरुसँग कुराकानी गरिरहेका बेला सालिकराम जमरकट्टेल पक्षका मजदुर जनक बर्तौलाले पार्टी कार्यालको छतमा आएर बाबुरामलाई ४-५ दिन सिध्याउनुपर्ने बताएका थिए । टेलिफोनमा कुरा गरिरहेका बर्तौलाले भनेका थिए-’ बाबुरामलाई अब ४-५ दिनमा सिध्याउनुपर्छ, त्यसका लागि तुरुन्त भ्यान लिएर पेरिसडाँडा आउनुपर्‍यो ।’

ह्यात रिजेन्सी होटलमा कार्यरत बर्तौला बक्सर र जमरकट्टेल पक्षीय होटल मजदुर संघका केन्द्रीय सदस्य हुन् । दुई दिनअघि मात्र बाबुराम र बैद्य पक्षका मजदुरलाई कुटपिट गरेको आरोपमा जमरकट्टेल पक्षका मजदुर कार्यकर्तालाई प्रहरी पक्राउ गरेपछि उनीहरुले बाबुरामलाई सिध्याउने भन्दै कार्यालयमै पुगेर चुनौती दिन थालेका छन् । पेरिसडाँडामा बिहान भेला भएका जमकट्टेलसहितका मजदुरले गृहमन्त्री कष्णबहादुर महराको निर्देशनमा कार्यकर्ता पक्राउ गरेको बिषयलाई कसरी प्रतिरोध गर्ने भन्ने योजना बनाउन ब्यस्त थिए ।

पेरिसडाँडामै भएको सो हर्कतबारे केन्द्रीय कार्यालयका कर्मचारीहरुले नयाँबजार निवास र जनसेनाका कमाण्डर पासाङलाई जानकारी गराएका छन् ।

सचेत हुन भट्टराईको आग्रह

यसैवीच सो घटनाका बिषयमा उपाध्यक्ष डा. भट्टराईले गृहमन्त्री कृष्णबहादुर महरा र पार्टी महासचिव रामबहादुर थापा बादललाई जानकारी गराउनुभएको छ ।

राजनीतिक आबरणमा पार्टीभित्र घुसेको अपराधिक प्रबृत्तिलाई समयमै चिनेर सचेत हुनुपर्ने भन्दै भट्टराईले बुढी मरि भन्दा पनि काल पल्कियो भन्ने बिषयमा चिन्तित हुनुपर्ने बताउनुभएको थियो ।
राजनीतिक आबरणमा अपराधिक प्रबृत्तिले निरन्तरता पाएको भन्दै भट्टराईले यसबारेमा सचेतता अपनाउन आग्रह गर्नुभएको बताइएको छ । from onlinekhabar.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 16, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: