Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

वेलायती राजकुमारको विहेले वेलायतलाई आर्थिक धक्का दिन सक्ने संभावना


महंगो किस

वेलायती राजकुमार विलियम्सको विवाह भर्खरै २९ अपि्रलका दिन लण्डनको वेस्टमिनिस्टरको गिर्जाघरमा सम्पन्न भएको छ । विश्वको ध्यान तान्न सफल उक्त विवाह समारोह अत्यन्त भब्य र सानदार रहेको थियो । विवाह समारोहमा लाखौ वेलायतीहरुले सडकमा खुशियाली मनाएका थिए । राजकुमारको विवाहको लागि एकहजार भन्दा बढि विशिष्ट पाहुनाहरु सहभागि भएका थिए । सहभागि हुनेहरुमा विश्वका राजपरिवार देखि चर्चित फुटवलर कलाकार र राजनीतिक व्यक्तित्वहरु रहेका थिए । यसरी संसारलाई चकित पार्ने गरि विहे सम्पन्न भइसके पश्चात अहिले वेलायतमा यो विवाहको रौनक अझ सकिएको छैन । तर विवाहको रौनक संगै वेलायतमा अर्को चर्चाको पनि हुन सुरु भईसकेको छ । आर्थिक मन्दिको भुमरिवाट उम्कन प्रयास गर्दै गरेको वेलायतलाई यो झकिझकाउ विहेले फेरी आर्थिक धक्का दिनेछ भनेर अर्थविदहरुले चेतावनी दिन थालेका छन् । विवाहलाई भब्य बनाउनको लागि वेलायती सरकारले वेलायतमा धेरै दिन सार्वजनिक विदाको घोषणा गरेका थिए । जुन समयमा विभिन्न औधगिक कारखनाहरु बन्द भएका थिए । उक्त समयमा वेलायती नियम अनुसार होलिडेमा भएपनि होलिडे पे गर्नुपर्ने छ । यसरी कलकारखानाहरु बन्द हुनु विहेमा चाहिदो भन्दा खर्च हुनुले वेलायतमा प्रत्यक्ष ३० अर्ब पौण्ड बराबरको आर्थिक भार पर्न सक्ने अर्थविदहरुले बताएको छ । आरएसएम टेनेनका कार्ल ज्याक्सनले आफ्नो वेभसाईटमा उल्लेख गरेअनुसार डिसेम्बरमा मात्र लामो विदा हुने यो मुलुकमा अहिलेको विदाले असर गर्ने बताएका छन् । उनका अनुसार वेलायत उद्योग बन्द भएको अवस्थामा वाहिरवाट खाद्य पदार्थहरु आयात गर्नुपर्ने हुन्छ जुन सर्वसाधरणहरुको लागि मंहगो पर्न जान्छ । वेलायतमा अहिलेको उदार अर्थनीतिको अनुसार १ पौण्ड घाटा लागे १.९४ गुना अप्रत्यक्ष घाटा लाग्नेछ । समान्यतया प्रत्यक्ष रुपमा ३० अर्ब पौण्ड भनियतापनि अप्रत्यक्षरुपमा ८८ अरब पौण्डको धक्का लाग्ने श्रोतको दावी छ । यता दरवार श्रोतले भने वेलायतमा निम्त्याएका पाहुनाहरुले लण्डनमा आउन प्रयोग गर्ने जहाज र वेलायतमा गरिने सपिङ्गले वेलायतको अर्थनीतिमा सहयोग पुर्याउने बताएको छ । केही वेलायती मिडियाहरुले यसवारे कुरा उठाएतापनि प्रमुख मिडियाहरु भने विहेको चर्चा गर्नमा व्यस्त छन् ।

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on May 5, 2011 by in स्थानीय समाचार/local news.

Follow me on Twitter

listen merosathi fm

May 2011
M T W T F S S
« Apr   Jun »
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
%d bloggers like this: