आँबुखैरेनीपोस्ट सम्बादाता
गोरखा नगरपालिकाभित्रका धार्मिक, ऐतिहासिक, प्राकृतिक आदि पर्यटकीय सम्पदाहरु समेटेर एउटा वृत्तचित्र निर्माणको काम सुरु भएको छ । गोरखा नगरपालिकाको पर्यटकीय क्षेत्र पहिचान र नगरपालिका क्षेत्रका बिभिन्न बस्तीहरुको विशेषता समेटेर वृत्तचित्र निर्माणको काम सुरु गरेको नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विजयभक्त उपाध्यायले जानकारी दिनुभएको छ ।
नेपाल पर्यटन वर्ष सन् २०११ को अवसरमा नगरपालिकाको पर्यटकीय क्षेत्र चिनारी गराउन राजनीतिक संयन्त्रले वृत्तचित्र निर्माण गर्ने निर्णय गरेको थियो । सोही अनुसार वृत्तचित्र उत्पादक कम्पनी द अर्थ कि्रयशनसंग सम्झौता गरी छायाङ्कनको काम समेत सिध्याएको उहाँले बताउनुभयो ।
वृत्तचित्र निर्माणका लागि गोरखा दरबार गोरखा संग्रहालय उपल्लोकोट तल्लोकोट कुहिरेभीर छेउको भ्युटावर बनाउने डाँडा पश्चिमकाली विरिमकाली मन्दिर रिपको मगरवस्ती आदि क्षेत्रको छायाङ्कन गरिएको छ । त्यसैगरी गोरखा क्याम्पस द्रब्यशाह क्याम्पस अंग्रेजी माध्यममा पढाइ हुने सरस्वती मावि आहाले चिल्ड्रेन पार्क राइपाली छेपेटार कुन्दुरटार विसे नगर्चीको बस्ती बिभिन्न दलित बस्ती कुमालवस्ती नेवार मगर गुरुङ वस्तीको पनि छायाङ्कन गरिएको नगरपालिकाले जनाएको छ ।
वृत्तचित्र उत्पादक संस्थाले सबै दृश्यको सामान्य सम्पादन गरेर नगर संयन्त्र सदस्य र नगरपालिकाका कर्मचारीहरुलाई प्रदर्शन गर्ने र त्यसपछि छुटेका कुरा समावेश गरेर वृत्तचित्र निर्माण गर्ने उपाध्यायले बताउनुभयो । वृत्तचित्र निर्माणका लागि गोरखा नगरपालिकाले १ लाख ४६ हजार रुपियाँ खर्च गनॆ्र भएको छ । नेपाली र अंग्रेजी दुवै माध्यममा बनाउने र बिभिन्न टेलिभिजनहरुबाट पनि प्रशारणको ब्यवस्था मिलाउने नगरपालिकाले जनाएको छ ।