आँबुखैरेनी पोष्ट सम्वाददाता
पश्चिमाचलकै मुख्य प्रवेशद्धारको रुपमा चिनीने तनहुँ जिल्लाको आँवुखैरेनी यतीखेर लागु औषध तथा कारोवारीको थलोको रुपमा परिणत हुदै जान थालेकोमा स्थानिय वासिन्दा चिन्तीत हुन थालेका छन ।
ऐतिहासीक जिल्ला गोरखा होस वा पर्यटकीय स्थल पोखरा दुवै स्थान जानको लागी परिचीत यो स्थान केही महिना यता लागुऔषध कारोवारी र दुब्यसनीहरुको थलो नै हुन थाले पछि आँवुखैरेनी वासी वढी चिन्तीत हुन थालेका हुन । गोरखा चितवन लमजुङ्ग कास्की मनाङ्ग पर्वत म्याग्दी बाग्लुङ्ग जानको लागी मुख्य प्रवेश द्वार मानिने यो स्थान केवलकार संचालन पुर्व निकै चर्चित स्थान हो ।
पवित्र तथा धार्मिक तिर्थ स्थल मनकामना हिडेर जाने तथा तनहुँको दोस्रो ब्यापारीक नाका मानिएको यो स्थान वाट अहिले पनि गोरखा धादिङ्ग लमजुङ्ग तथा मनाङ्ग जस्ता जिल्लामा दैनिक तथा अन्य वस्तु ओसार पसार हुने स्थान हो । व्यापारिक केन्द्रको रुपमा विकास हुने क्रममा आँबुखैरेनीमा जनघनत्व बढ्दै जान थाले पछि लागुपदार्थ दुव्र्यसनी तथा कारोवारीको थलोको रुपमा समेत यो ठाउँ स्थापीत हुन थालेको छ ।
प्रहरी तथा स्थानिय प्रशासनको कमजोर सुरक्षा ब्यवस्थाकै कारण अहिले यो स्थान दुब्यसनी र कारोवारीको लागी उपयुत्त स्थान हुन थालेको हो । हामीलाई प्राप्त गोप्य जानकारी अनुसार विगतको तुलनामा यसवर्ष लागुपदार्थ सेवन गर्ने र कारोवारीहरुको संख्या दोब्बर वृद्वि भएको हो । आँबुखैरेनी बजार राजधानी एवं पर्यटकीय थलो पोखरा देखी २ घण्टाको दुरी तथा चितवन संग सिमाना जोडिएको नाका हो ।
राजधानी तथा पोखरामा समेत लागुपदार्थ सेवन गर्न नपाएकाहरुले यो स्थानमा आएर सेवन तथा विक्री वितरण गर्ने गरेको प्रहरीको दावी छ । १४ वर्ष देखि माथिका युवा युवतीहरु यो स्थानमा आई सेवन गर्ने तथा विक्री तथा खरीद गरी अन्य स्थानमा जाने गरको समेत स्थानियको गुनासो रहेको छ । आफ्नो नाम खुलाउन नचाहने एक स्थानिय ब्यापारीका अनुसार मोटरसाइकमा आउने त्यस्ता युवा युवतीहरुले आँवुखैरेनीमा नै वसेर खाने वा खरीद गरी अन्य स्थानमा लाने गरेको वताउनु हुन्छ । यती हुदाँ हुदै पनी प्रहरी सकि्रयता नभएकै कारण यो स्थान अहिले दुब्यसनी र कारोवारीको थलो भएको स्वीकार गनु हुन्छ वहाँ ।
वेला वेलामा प्रहरी र स्थानिय वासीन्दा विच समेत नियन्त्रणका वारेमा अन्तरकि्रया हुने भएता पनि रोक्ने दायित्व कस्को हो भनेर भेउ नपाउदा आँबुखैरेनीमा यस्ताखालका दुव्र्यसनीहरु र कारोवारीको चलखेल हुने गरेको हो । यसलाई नियन्त्रण गर्न सक्ने समाजसेवी अभिवाभक शिक्षक स्थानिय वासिन्दा प्रहरी तथ स्थानिय प्रशासन निश्क्रीय हुदाँ भोलीका दिनमा आँवुखैरेनीमा नै पठन पाठन गर्ने युवा युवती यसको लतमा नपर्ला भन्न सकिन्न ।
आँवुखैरेनीमा नै कार्यरत स्थानिय एक गैर सरकारी संस्थाको अनुमानमा आँवुखैरेनीका ७५ प्रतिशत युवाहरु अहिले लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसी सकेको सप्तर्षि मण्डल ग्रामिण विकास संस्थाका अध्यक्ष राजन पन्त बताउ हुन्छ । लागुपदार्थ सम्वन्धी सचेतनामुलक कार्यक्रमको थालनि गरेको यो संस्थाले केही समय भित्र नै लागु औषध कारोवारी र दुब्यसनी नियन्त्रणको लागी संस्थाले काम गर्ने योजना रहेको अध्यक्ष पन्तको दावी रहेको छ ।
उता आँबुखैरेनी इलाका प्रहरी कार्यलयका प्रहरी निरिक्षक विरेन्द्र थापाले दुव्र्यसनीमा फसेका अभिभावकहरुको असहयोग र ढाकछोपकै कारणले प्रहरीले आफ्नो सकि्रयता प्रर्दशन गर्न नपाएको गुनासो गनु भएको छ । थापा भन्नु हुन्छ स्थानीय वासीहरुवाट सहयोग पाएको खण्डमा प्रहरी कुनै पनि वेला त्यस्ता दुब्यसनी र कारोवारीहरु नियन्त्रण लिन सफल हुने वहाँको धारणा रहेको छ ।
प्राप्त जानकारी अनुसार देशको मुख्य शहरहरुवाट ल्याइएका लागु पदार्थका गिरोहहरुले स्थानिय युवायुवतीहरु मार्फत विकि्र गर्ने गरेको छ भने स्थानिय स्तरमा नै सजिलै प्राप्त हुने गाजाँ तथा चरेश वाहिर जिल्लामा पठाउने गरीन्छ । यहाँ यस्ता लागु पदार्थ विक्री तथा खरीदका लागी चितवन दमौली पोखरा गोरखा डुम्रे लमजुङ्ग तथा संगै जोडीएको मुग्लिङ्ग बजार देखीका मानिस यस स्थानमा आउने गर्दछन ।