पवन पौडेल तनहुँ चैत्र १४ । तनहुँको आँबुखैरेनीस्थित प्राणवायु सप्तर्षि मण्डल ग्रामीणविकास संस्था नेपालले लागुपदार्थविरुद्ध सचेतनामुलक कार्यक्रम थाल्ने भएको छ । आज आँबुखैरेनी बजारमा आयोजित कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष राजन पन्तले स्थानिय ७५ प्रतिशतभन्दा बढी युवाहरु लागुपदार्थको र्दुव्यसनमा फसेकाले उनीहरुलाई र्दुव्यसनबाट हटाई सामाजिक कि्रयाकलापतर्फ अघि बढाउन सचेतनामुलक कार्यक्रम थाल्न लागिएको बताउनुभयो । कार्यक्रममा ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी ईन्स्पेक्टर विरेन्द्र थापाले अभिभावक तथा युवाहरुको सहयोगबाट मात्र लागुपदार्थ र्दुव्यसनविरुद्धको कारवाही अघि बढाउन सकिने भएकाले सहयोगका लागि अपिल गर्नुभयो । उहाँले लागुपदार्थको प्रयोगकर्ताका अभिभावकलाई आफ्ना सन्तती लागुपदार्थको र्दुव्यसनमा फँसेको जानकारी भएपनि उनीहरुले त्यसलाई सार्वजनिक नगरी ढाकछोप गर्ने गरेकाले यसको नियन्त्रणमा समस्या आएको बताउनुभयॊ । कार्यक्रममा आँबुखैरेनीस्थित विभिन्न राजनीतिक दलका प्रतिनिधिसामाजिक संघसंस्थाका प्रतिनिधि लगायतले लागुऔषधको प्रयोग नियन्त्रणमा सबैको साथ हुनुपर्नेमा जोड दिनुभएको थियो ।आँबुखैरेनी मा यता का दिन हरुमा लागुपदार्थ प्रयोग गर्ने हरुको संख्यामा बृद्दी हुदै छ