Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

एउटै वंशका थुप्रै सन्तानमा अपाङता


भगवान खनाल आँबुखैरेनी बेनीटार
रघुविर थापा मगर ८७ लाई जीवनमा धन सम्पत्ति जोड्न नसकेपनि केही चिन्ता थिएन । तर उनलाई नै जीवनमा सबैभन्दा ठूलो चिन्ता थपियो । हिड्दा हिड्दैका सद्दे खुटा एकाएक काम गर्न नसक्ने भएपछि हुर्कदो जवानी क्रमश कमजोर बन्दै गयो । १८ वर्षको उमेरबाट खुटाहरु क्रमश सक्दै गएकाले उनी अपाङ बने । उनको जीवन त क्रमश अपाङता उन्मुख बन्दै गयो उनका वंशका सबैमा अपाङता देखिदै गएकोले उनी झनै चिन्तित छन् । उनी अहिले हिडडुल गर्न नसक्ने भएका छन् ।
रघुवीरका छोरा र छोरी तर्फका सन्तानहरु खुटा सुक्दै जाने खालको अपाङताको शिकार भइरहेका छन् । आँबुखैरेनी गाविस वडा नं ८ साखर र बेनीटार र मुग्लिङ पुल वरपर रहेका उनका सन्तानहरु मध्य १७ जनामा घुँडा विस्तारै फर्कदै गएर हिडडुल गर्न नसक्ने रोगको शिकार भएका छन् । वयोवृद्ध भएकादेखि भर्खरै जन्मेका सबैमा यस्तो रोग देखिने गरेको छ । सद्दे जन्मिएभने पनि युवाअवस्थामा पुग्दानपुग्दै घुडा विपरित दिशातिर फर्कन शुरु गरिहाल्छ । दुवैखुटाका घुँडाहरु विपरित दिशामा फर्किएपछि हिड्न नसिकिने हुन्छ । शरीर सद्दे भएपनि खुट्टा भने घुँडाँदेखि मुनिको भाग बाङगो बन्दै जाने गर्छ । परिवारैलाई यस्तो किन भयो भन्ने अुनसन्धान कसैले गर्न सकेको छैन । छिमेकीहरु पनि दंङ छन् । सरकारले गाविस मार्फत दिने अपाङ भत्ता समेत उनीहरुले पाउन सकेका छैनन् । स्थानीय दुर्गा थापाले भनिन् बोल्ने मान्छे कोही छैनन् भत्ता समेत पाउन सकेका छैनन । पुरै वंशमा नै किन यस्तो रोग निस्किरहेछ भन्ने कसैले पत्ता लगाउन नसकेको उनले बताइन । रघुविरकी एक छोरी सर्किनी र उनकै एक छोरा र छोरीमा यस्तै रोग देखिएको छ । कान्छी छोरि दिलमाया र उनको छोराको पनि खुट्टा बाङगो छ । त्यस्तै छोरी सन्तकुमारीको पनि यस्तै छ र उनीका ५ वहिनी छोरीहरु र २ भाइ छोरालाई पनि यस्तै ।रघुवीरका छोरा सागरपनि यस्तै छ । अर्का छोरा दिलबहादुर र उनकी छोरीको खुट्टा बाङगिदै गएको छ. तस्बिर उपलब्ध गर्न नसकिएको मा माफ गर्नुहोला

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on March 22, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: