पानी खेपेर घर र खेतबारी

मित्रप्रसाद ढुंगाना
सानो चेहेरामा चाउरिएका छाला म्याजिक चप्पल झुत्रो र मैला कपडा अनि घाँटीमा चाँपी झुण्डाएका एक बृद्धको दैनिकी हो गोरखाबजारमा पानी खेप्नु । पानी खेपेरपनि जीवनमा केही होला र भन्ने अपवाद बनेका छन् मित्रप्रसाद ढुंगाना ७१ । धेरैलाई लाग्ला यो कामले एक पेटपाल्न पनि धौधौ हुन्छ । तर मित्रप्रसाद पानी खेपेर कमाएको पैसाले घर बारी र खेत जोडेर खुशीकासाथ जीवन बिताउन सफल छन् । उनले जीवनमा कहिल्यै पानी खेपेर निर्वाह गरुलाँ भनेर मनकर्ममा पनि लिएका थिएनन् तर जे नसोचेको आखिर त्यहीं नै उनको कमाइखाने बाटो बनिदियो । उनले पानी खेपेको पैसाले गोरखा नगरपालिका ९ बिरिन्चोकमा तीन लाखमा पन्ध्र रोपनी जग्गा र घर किनेका छन् । खेत पाखोबारी र घरबारी छ । हातमुख लिएर आएको थिए अहिले बस्ने घर पनि छ गरिखाने खेतबारी पनि छ दुःखले गरेको प्रगति सुनाउँदै उनले भनें कमाएको दुईचार हजार रकम बैंकमा पनि राखेको छु ।ू घर मुकामभन्दा केही दुरीमा रहेकोले श्रमिति र कान्छो छोराका साथ डेरामा बसेर जीविका चलाइरहेका छन् उनी । उनलाई सबैले पानी बाजे भनेर चिन्छन् ।
३१ वर्ष अघि धादिङ खाल्टे ५ पात्लेपतिनीबाट गोरखा आएदेखि उनी निरन्तर पानी खेप्ने पेशा गरिरहेका छन् । एकजनाले पानी बेचेर पनि गोरखामा पैसा कमाउन सकिन्छ भनेर सल्लाहदिएबाट काम शुरु गरेका ढुंगानाले आखिर यसैलाई पेशा नै बनाए । भन्छन् अर्काले भनेको काम शुरु गर्दागर्दै सधैं यहीं काम गर्न थाले । उनले पानी बोक्नको लागि दुईवटा गाग्री र नाम्लोको साहरा लिन्छन् । ूएकपटकमा दुईवटा गाग्रीमा पानी ल्याउँछु एउटा काँधमा र अर्को गाग्री नाम्लोमा बाँधेर टाउकोमा बोक्छु भन्छन् डोकोमा बोक्नै आउँदैनू । सरदर चालिस गाग्री पानी दिनहँ बोकिरहेको बताउने ढुंगाना हिउँद लागेपछि धारामा निकै भीडभाड बढ्ने र पानी थाप्न निकैबेर पालो कुर्नपर्ने बताउँछन् । पानीका धारा निकै सानो भइसके मुल सुकेका छन् त्यसैले एकखेप ल्याउन आधा घण्टाभन्दा बढी समय लाग्छ । पहिलेपहिले त दिनमा सय गाग्री नै बोकेको सम्झन्छन् उनी ।
पदेंली तीनधारेधोबीधारा र खोपीधाराबाट पानी ल्याएर दिनको लगभग चारसय रुपैयाँ कमाइरहेका छन् । नयाँबजार बसपार्क लाइनमा बसोबास गर्ने विभिन्न जातीका मानिसहरुको घरमा पानी पुराउँछन् उनी । बजारका नेवार सुनारगुरुङ मधेशी समुदायका मानिसको घरघरमा पानी लगिदिने गर्छन् । पानी चाहिनेले बोलाउँछन् उनले भनें मागे बमोजिम पानी लगिदिन्छु । उनले बोकेको पानी उनीहरुले पिउनलाई प्रयोग गर्छन् । पानी बोकेको पैसा सबैले सजिलै दिन्छन् । पहिलेपहिले काम शुरु गर्दा एक गाग्री पानीको मोहोर ज्याला थियो उनको । तर अहिले यो ज्याला बढेर दश रुपैयाँ पुगेको छ । पानी बोक्ने काम साह्रै गाह्रो हुन्छ कोही पनि यो पेशामा टिक्न सक्दैनन् । मै भएर मात्र टिकेको हुँ उनले भनें ।
तस्वीर; मित्रप्रसाद ढुंगाना, प्रस्तुती भगवान खनाल गोरखा ।
Like this:
Like Loading...
Related