आँबुखैरेनी पोष्ट सम्वाददाता यसवर्षको मिस्टर नेपाल प्रज्ञा प्रतिस्ठानको भवन काठमाण्डौमा सम्पन्न भएको छ । जसको उपाधि आँबुखैरेनीका रुपक(आयुष्मान)
घिमिरेले उपाधि हात पारेका छन् । ४१ जनाको सहभागिता रहेको उक्त प्रतियोगितामा उनी छानिएको थियो । भव्य समारोह का विच भएको प्रतिस्पर्धामा निर्णयकहरु अभेनेत्री रेखा थापा निशा अधिकारी अिभिनेता जिवन लुईटेल गायक धिरज राई लगायतको नतिजाबाट उनको नाम सिफारिस भएको थियो । मेडिकल साईन्सको कलेजका विशेषज्ञ समेत रहेका घिमिरेले मिस्टर नेपालको उपाधि संगै नगद १ लाख समेत प्राप्त गरेको छ । पढाईले स्वास्थ्य क्षेत्रमा रहेतापनि मोडलिग क्षेत्रमा उनको रुचि पहिलेदेखि नै रहेको उनका पिता मोहनलाल घिमिरेले बताए । मिस्टर नेपाल बनेका घिमिरेले आफुलाई सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिदै यो आँबुखैरेनीको लागि गर्वको कुरा रहेको बताए ।
What a proud moment! congrats Rupak.