Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

धन्य छ तिमीलाई उपनाम दिएकीमा


तिमीलाई भुलेर केही पल केही सेकेण्ड पनि जिबित रहन्छु जस्तो लाग्दैन । म आफूलाई भुलेर तिम्रो वास्तबिक्ता नियाल्न थाल्दछु । थाहा छ किन……? किन की तिमी बाटै पाएको परिचयलाई गुमाउँन सक्छु भनेर कल्पना गरी रहेको हुन्छु । हरेक मोडहरुमा तिमीबाटै सिर्जित यो उपनाम भित्र अबश्य पनि तिम्रै मुख्य भुमिका बाँधीएको छ । म त सदैव यही चाहन्थे हामी दुईको मायाँ लैला मज्नुको भन्दा बेहद बडी होस् । हामीले चोखो मायाँ गरेका छौ हाम्रो चोखो मायाँको अगाडी धोका खडा हुन सक्दैन । जस्ले मायाँ मन बाट गर्छ मस्तीस्कबाट मायाँको मर्यादा पालन गर्छ त्यो निस्वार्थ आत्मामा मायाँको बिज रोपिसकेपछि त्यति सजिलै चोखो र निस्चल मनमा घात अन्तरघात पैदा हुनै सक्दैन जुन आज यती सजिलै तिमीबाट भएको छ । मलाई थाहाछ यि सारा अतितका घाउहरु कोट्याउनु आफ्नै मुटुमा तिरले रोप्नु शिवाय केही हुदैन तर पनि यिनै मेरा हातहरुले सलबलाएर मलाई चैन संग बस्न दिएनन् म भित्रको ज्वालालाई शब्द रुपी भाबमा पोख्न बाध्य बनाए त्यही अनुरुप टुटे फुटेका शब्दहरुले यो खाली पेज रमाउदै छु । किन कीन मलाई आज तिमीले मेरो सामिप्यामा रहेर भनेको यही शब्दले मेरो चर्किएको घाउमा मलम लगाउँने काम गरेको छ । सारा बेदनालाई थाँती राखेर जिवित रहने प्रण गर्दैछु । हुन त मलाई राम्रो संग थाहा छ । म जिवित रहेपनि न रहेपनि तिमीलाई केही फरक पर्दैन । तर पनि तिमीले बोलेको त्यो शब्द हो टुट्नु फुट्नु अनि समेटीनु । आज पनि म तिम्रै यिनै भनाइलाई कदर गर्दै सकी न सकी यो स्वार्थीहरुको घाती संसारमा अल्झिएको छु ।
तिमीले अबस्य भुलेकी छैनौ तिमी र म विचको सम्बन्ध हामी विच के बाकी थियो र जो तिमी र मेरो विचमा हुने सहमति सबै तिम्रै ईच्छा अनुसार भएको थिएन र । अझै पनि मलाई त यस्तो अनभुति भएको छ तिमी जानी जानी अरुको भैसके पछि पनि कुनै त्यस्तो मोडमा मेरै बारेमा सोचेर टोलाएकी हौली……सामिप्यमा कोही नपाउँदा फेरी मलाईनै बोलाएकी हौली…………तर हैन म बाट अलग भएकोमा तिमीलाई गौरव लाग्दो रहेछ । धनदौलतको अगाडी मायाँ भन्ने त केही हैन जावो मायाँ त रुपयाँ भए कति पाईन्छ कति । हो यस्तै तुच्छ विचार तिम्रो मानसिक्तामा भरीएको रहेछ । सायद त्यसैले त होला यो गरीवलाई लत्याएर गयौ…धनदौलत देखे पछि पच्छ्याएर गयौ………… आखिर बोटै मास्ने भए विरुवामा किन गोड्नु ……॥आहा उतै भविस्यपो सच्याएर गयौ…………।तिमीले मेरो साथ छोडेदेखी यो परिवेश तार विनाको सारंगी भएको छ । बर बिनाको चौतारी भएको छ । आज बल्ल थाहा भएको छ विश्वास माथी कुठाराघात कसरी हुदो रहेछ । सहजो सम्म त भमरा मात्रै फूलको पछि भुनभुाउँदै उड्छन् भनेको थिए तर यहा त फूल स्वयम् भमराको पछि उडेर जादारहेछन् । सायद यस्तै भएर हुनु पर्छ ………॥ मन वचन कर्मलाई खाडलमा पूरेर पलभरीको मोज मस्तीमा बिलिन हुन पुगेकी तिमी के थियो तिमीमा त्यो त मलाई राम्रो थाहा छैन तर पनि मेरो यो घायल मन भित्र तिमीनै बसीरहेकी छौ सायद झुटो मायाँको खेती पनि कासीको गंगाजल जस्तै पवित्र बनेर……।तिमीले त महिनै पिच्छे साथी र साथ फेरे पनि हुन्छ । म भने यहा भन्दा अरु झुक्न सक्दीन । बरु हर प्रयास गरीरहन्छु संघर्षनै जीवन हो मैले स्वीकार गर्नै पर्छ तिमी र मेरो बिच मायाँको यूद्ध चलेपनि जित तिमीले हात पारी छोड्यौ ………॥हार मैले स्वीकार गरे…॥मैले तिमीले विजयको शिखर चुम्यौ । मैले पराजयको……………

केही छैन तिमी रमाउँनु धुम धाम मेरो नामको बदलामा उपनाम दिएर गयौ सायद तिमी बाट मैले पाउँने तोफा यही हुनु पर्छ । ठिक्कै छ मैले त तिमीले दिएको तोफालाई सहर्ष स्वीकार गरे तर त्यो निर्दोस नयाँ जोडीलाई मलाई जस्तै उपनाम दिने कष्ट नगर्नु ल ……किन की उ त धनी बाबुको एक्लो छोरा हो उस्ले चाहेको खण्डमा तिमी जस्ता पैसामा बिक्नेहरुको नक्कली मायाँ हजारौं खरिद गर्न सक्छ ।मलाई केही समय अगाडी मायाँ पनि बिकि्रहुन्छ रे भनेको सुन्दा म यो झुट हो भनेर जिद्धी गर्ने मान्छे तर आज विश्वास गर्न बाध्य बनाएकी छौ यदी चोखो मायाँ धनदौलत संग नजोडीने भए आज मेरो नामको पछाडी उपनाम जोड्नु आबस्यकता थिएन । बुढापाकाहरुले भनेको सुनेको थिएँ जवानीमा आँखा देखिदैन तर हो र आज आएर सावित भएको छ आज तिमी बाटै ………॥
मलाई केही फरक पर्दैन तिमीले जति सक्छ्यौ खाप माथी खाप चोट देउ अनगिन्ती ठक्कर देउ मेरो एक थोपा रगत यो शरीरमा रहेसम्म आफैमा निर्भर भएर जीउने हर प्रयास गर्नेछु ।हुन त मलाई तिम्रो मायाँ विना र तिम्रो साथ विना पनि धेरै पहिले देखिनै जीउँने बानी परीसकेको छ । त्यसैले पनि तिमीले मन मिल्ने जोडी पाएर पल भरीको लागि भए पनि छुट्टै संसारमा हराईरहेकी छौ ।तिमीले जे जसो गरे पनि म कहिल्यै ईस्र्यागर्दिन बरु कठोरता संग हातेमालो गर्दै जीउँने छुयो जन्म अरु कसैकी भए पनि अर्को जन्ममा मेरै आबस्यकताको महसुस हुनेछ । यदी तिमी र मेरो भेट भईहाल्यो भने गौरवका साथ भन्नेछु चोखो मायाँ सिर्फ मैले मात्र दिन सक्छु बस् मैले मात्र…………।हुन सक्छ तिमीलाई त्यो अबस्थामा आई पुगेपछि धनको हैन निस्वार्थमनको आबस्यकता हुनेछ मायाँले मायाँ चिन्न सक्छ पैसाले हैन पैसाले त गाडी बंगाला मात्रै ……। न होला यती धोका र ठक्कर दिएर जाने निर्मोहीको यादले घरी घरी सताईरहन्छ कुनै समयमा मेरो सामिप्यामा रहेर तिमीलेनै गुनगुनाएको गितको आज पनि ध्वनी गुाजीरहेको छ ।

म तिम्रो नजरमा केही नभएपनि मेरो नजरमा तिमी मेरै संसार हौ भनेर हर पल भनिरहन्थे । आखिर किन थाहा छ………… किन की एक दिन मेरी मन्की रानी पश्चातापको भुमरीमा जलेर मलाईनै पच्छ्यौदै आउने छन् त्यस पछि त म यो संसारको सबै भन्दा भाग्यमानी मान्छे हुनेछु । मेरो अतित फर्किएर आए पछि मैले कुनै कुराको कमिभएको महसुसनै गर्नु पर्दैन …तर अर्थ अर्कै रहेछ अनि वास्तबिक्ता पनि ……॥समग्ररुपमा सपना र कल्पना बाहेक केही रहेनछ॥ मैले केही बर्ष पहिलेनै सोच्नु पर्ने थियो॥तिमीले म प्रति देखाएको मायाँ मायाँ हैन यो त माझीले माछा मार्न थापेको बल्छी मात्र हो समयमा विचार नपुग्नाले म मात्रै हैन लाखौं यूवाहरुले नक्कली मायाँको सिकार हुनु परेको छ । सबै बाट तिरस्कृत हुदा हुदा म को हु र काहाँ छु भन्ने भुलेर यस्तै यस्तै उपनाम जोड्न ब्यध्य छन् । म भने अब उहि पूरानो घाउ बल्झाएर अरु घाईते हुन सक्दीन मैले अब कसैको साहारा खोजेर हैन एक्लै यात्रा गर्न सिक्नु पर्छ । झरी वादल असिना संग जुधेर अधुरो यात्रा पूरा गर्नु छ । तिमीले दिएको उपनामको तोफा सम्भालेर जुनि जुनि राख्नु छ मेरो लागि तिमी भन्दा पनि तिमीले दिएको उपनाम धेरै प्यारो छ निर्मोहीले दिएको तोफा दुनियाँलाई चिनाउँनु मेरो दायित्व पनि हो । जुन समय तिमीले म बन्दपर्खाल बाट बाहिर आए पहिलो भेट्मा भनेकी थियौ …।म अब तपाइको साथ पाएर पूर्ण हुने भए मलाई अब केही कुराको अपूर्ण महसुस हुनेछैन माघ महिनाको चिसो सिरेटोमा होस् चाहे चैत्रमहिनाको खडेरीमानै कुनै पल पनि म निरासाबादी भएर बिताउँनु पर्दैन तिम्रा शब्दहरुसंगै दुईलाईन मुक्तक पनि यसरी म प्रति पोखिएका थिए…॥
बगरमा मायाँको फूल फूलाएर छोड्छु
यो मायाँको संसार भरी डुलाएर छोड्छु
अब कुनै भावनाका पोका लुकाउँदीन
मनको वादल मनकै घामले खुलाएर छोड्छ
यती सम्म सच्चाईका शब्दहरु मेरै निम्ति पोखिएपछि म पागल भएको थिएँ त्यसैले त आत्मा हत्या गर्न पनि लागि नपरेको हैन तर जन्म र मृतु आफ्नो बसमा हुदोरहेन छ । आज तिमीलाई लाग्यो होला वितेका कुराहरु किन यो निर्दोष पानामा पोतिरहेको यो पागलले . यो त मेरो रोएको आत्मा र जलेको छातीलाई सान्त्वना दिन खोजेको मात्र हो । तिमीले फेरी म प्रति सहानुभुति प्रस्तुत गरौली भनेर अबस्य हैन ल तर अझै एक पटक केही कुरा सोध्न मन भने अबस्य लागेको छ । तिमी संग यति कुरा सोध्न मैले अनुमतिको जरुरी ठानिन……।म अशिक्षित अनि गरीव भएकै कारण त होलानी मलाई प्राण जानु अघिनै चितामा राखेर कोही धनाढ्य महासयलाई अपनाएकी ; लामो समय सम्म मलाई नाना थरी सपनामा झुलाएर यती धेरै नौटंकी गर्नु पर्ने आबस्यकता थियो तर मैले हाँसी हाँसी स्वीकार गर्नै पर्छ तिमीले जे गरेकी छौ राम्रो गरेकी छौ मायाँ भन्दा ठूलो जात अनि धनदौलत हो भनेर मलाई लत्याएर गए पछि त सुनको थालमा धनको बिट्टो खाएकी हौली …… म यही चाहान्छु हजारौं जन्म सम्म तिमीलाई गरीवीको पिडाले न छोइदियोस् । तिम्रा पाईलाहरु सदैव फूलमा परुन् काडा काडा टेकेर म यात्रा गर्नेछु । तिमीलाई कुनै मोडमा यो गरीवको याद नआवोस् मेरो कारणले तिम्रो स्वर्गरुपी मायाँको बस्तीमा सन्नाटा न छाओस् । तिमीले पाएको साथ तिमीले पाएको हात कुनै परिस्थितीमा पनि नछोडियोस् । म पनि बिस्तारै बिस्तारै निर्मोहीको झुटो मायाँलाई भुल्ने प्रयास गर्ने छु । तर जहाँ सम्म सकुला जस्तो लाग्दैन । हामी दुईको भबिस्य उज्यालो बनाउँछु मायाँको अगाडी रुप धनदौलत को केही लाग्दैन मेरो मायाँमा जुन शक्ति छ त्यो सायद अरु कसैको मायामा हुन सक्दैन भनेर भूईको माटो छोएर कसम् खाएको थिएँ……। आज तिमी बाटै मेरो कसम् तोडिदियौ । भो भो मैले हारे किन कि मेरो कसम् पूरा हुन नपाउँदै तिमीले बाटो बदलेर चैईनको जीवन जीउन थाले पछि म के गरौं । अब तिमी र म विचको दुरी धेरै बढिसक्यो । हो हो तिमीलाई पाउँने आशामा ब्यर्थै पल पल गुजार्नु भन्दा तिमीलाई सधैंको निमित्त बिसर्िदिदै तिमीलाई पनि बेश होला
जे भयो भयो तिमी त हाँसी खुसी जिउँन सक्छ्यौ किन की तिम्रो वरी परी दुःख र गरीवी केही पनि छैन ।म संग जसरी <a नजिकियौ त्यो भन्दा हजारौं गुणा धेरै अहिलेको नयाँ जोडी संग नहुने त कुरै भएन । आखिर जे होस् मेरो जीवनमा केही पर्बाह छैन मलाई तर तिमीले अपनाएको मान्छेलाई कहिल्यै मलाई जस्तै बिचल्लि नदनाउँनु बस मलाई यति भए पुग्छ । जन्मौ जन्म सम्म उसैकी भएर जीउँने प्रयास गर ……।भुलेर पनि कुनै मोड्मा मेरो याद आयो भने मध्येरातमा देखेको सपना भनेर विसर्िदिनु यसैमा तिम्रो भलो हुनेछ तर फेरी मलाई जस्तै अरुलाई उपनाम दिने कष्ट कहिल्यै नगर्नु ……मैले त तिमी बाटै धेरै कुरा तिमी सित सिक्ने मौका पाएँ । हामी दुईको मिलन भएर बिछोड हुनु अगाडी सम्म मलाई घात अन्तर घात के हो थाहानै थिएन । को बाट र कसरी हुन्छ म अनविज्ञ थिएँ । मैले केही बुझेकै थिएन तर आज आफ्नैले मुटु माथी ढढुंगा<a ले थिचेर गएपछि मात्रै एक्कीन भयोकी अब मायाँ मायाँ रहेन साथ साथ रहेन मैले भन्नै पर्ने हुन्छ मायाँको अन्तिम बिन्दु धोकानै हो त सायद यही होला त्यसैले त मैले पनि आफूलाईनै राम्ररी नियालेर बसीसके अब नयाँ नाता जोडेर मेरो टुकि्रएको संसारलाई जोड्छु भन्ने सोच परिवर्तन भएको छ । किन जोड्नु नाता फेरी त्यही घडि न आउला भन्ने के ग्यारेण्टी छ र । त्यही दिनको रुवाई रुनु पर्छ भने किन जोड्नु नाता॥ खुसीको आभाष नपाई आँसु झर्छ भने किन जोड्नु नाता……।आदी जीवन यतिकै बित्यो । अरु आधा पनि तिम्रो साथ बिनानै बिताउँने छु तर बिश्वास गर म एक्लो र बेसाहारा भएँ भनेर कहिल्यै भन्ने छैन कुनै पल म यही सोच्ने गर्थें अर्को जुनि यो धर्तिमा जन्म लिएँ भने तिम्रै सामिप्यामा रहुला तर।तर भो भो मेरो जन्म म फेरी यो धर्तिमा भयो भने पनि तिमीलाई भेट्न आउँदीन सबै भन्दा प्यारो तिमीले दिएको उपनाम सदैव राख्ने छु र बारम्बार यही भन्नेछु
यही हो परिचय तिमीले दिलाएको
यही नशा तिमीले पिलाएको
मात होस् चाहे अन्तर घात होस्
यही पे्रममा तिमीले मिलाएको
यती भन्दै चलिरहेको यो निर्दोश कलमलाई रोक्ने अनुमति लिदैँ विदा हुन्छु उही तिमी बाट पाएको उपनामको हकदार

जगत राम बर्देवा घायल दोहा कतार

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 25, 2011 by in article/लेख/ स्तम्भ/साहित्य.
%d bloggers like this: