Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

नेपालकै २० मध्ये पर्न सफल आँबुखैरेनी खानेपानी


शुद्धीकरण टयाङ्की निर्माण भएपछिको अवस्था तस्बिर सौजन्य ; संतोष केसी/आँबुखैरेनी

तनहुँको आँबुखैरेनीमा रू. १ करोड २६ लाखको लागतमा खानेपानी शुद्धीकरण योजनाको निर्माण कार्य पूरा भएको छ । खानेपानी तथा ढल निकास विभागको आर्थिक सहयोग तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा आँबुखैरेनी खानेपानी आयोजनाले सो योजनाको निर्माण गरेको हो । आयोजनाले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुरूप खानेपानी वितरणका लागि आँबुखैरेनी गाविसको विभिन्न स्थानमा इण्टेक, सेडिमेण्टेशन टयाङ्की, रफिङ फिल्टर, स्लो सेडिमेण्टेशन टयाङ्की र रिजर्भ टयाङ्कीलगायतका संरचना निर्माण गरी शुद्ध पानी वितरण गर्दै आएको छ । आयोजना अन्तर्गत आँबुखैरेनी र गोरखाको देउराली गाविससमेतका गरी ७ सय १२ घरधुरीका ५ हजार ५०० सयभन्दा बढी उपभोक्ता लाभान्वित भएको आयोजनाले जानकारी दिएको छ । आयोजनासँग १ लाख लिटर र १ लाख २५ हजार लिटर क्षमताका दुइ ओटा ठूला टयाङ्की रहेका छन् । ती टयाङ्कीबाट २४ सै घण्टा खानेपानी वितरण गर्ने गरिएको छ ।
आयोजनाबाट वितरित खानेपानी उच्च गुणस्तर र शुद्ध भएको आयोजना अन्तर्गतको आँबुखैरेनी खानेपानी सुरक्षा योजनाका सचिव कृष्ण कट्टेलले दाबी गरे । उनले भने, ‘विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसारको खानेपानी वितरण गर्ने गरेका कारण आयोजना नेपालकै उत्कृष्ट २० खानेपानी आयोजनाभित्र पर्न सफल भएको छ ।’ खानेपानी सुरक्षा योजनाका संयोजक विष्णुबहादुर देवकोटा आफूहरूले सुरक्षा योजना समूह गठन गरेर विभिन्न चरणमा सुरक्षाका उपाय अवलम्बन गरेर गुणस्तरीय खानेपानी वितरण गरेको बताए ।
२०४७ सालमा आँबुखैरेनी गाविसको केही घरधुरीमा धारा वितरण गरी शुरू भएको आयोजना २०५३ सालमा उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको थियो । त्यसयता, उपभोक्ताको समेत लगानीमा विभिन्न पूर्वाधार निर्माण गर्दै आएको सो आयोजनालाई उपभोक्ताको क्रियाशीलता र खानेपानीको माग र आपूर्तिको अवस्थालाई ध्यानमा राखी खानेपानी तथा ढल निकास विभाग र विश्व स्वास्थ्य सङ्गठनले आर्थिक सहयोग प्रदान गरेको हो ।
आर्थिक अभियान र आँबुखैरेनी पोस्ट बाट

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 17, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: