आँबुखैरेनी ६ को आर्दश समाज सुधार समितिले मस्रयाङदी नदी नजिक गाँडापानीमा कि्ररियापुत्री बस्ने पक्की पाटीको निर्माण गरेको छ । स्थानीय संस्था र अन्य समूहहरुको सहयोगमा नगद र श्रमदान गरी १ लाख ५५ हजारमा पाटीको निर्माण गरेको समितिका सचिव दिनेश कार्कीले बताए । यसमा आदर्श समाज सुधार समितिले ३० हजार र अन्य सहयोगीहरुबाट स्वेच्छिक रुपमा प्रदान गरेको नगद सहयोगमा पाटी निर्माण भएको देवकोटा बताउँछन् । पाटीको लागि आवश्यक जग्गा स्थानीय कृष्णबहादुर अधिकारीले दान गरेका हुन् । काजकिरिया गर्दा खाना खान र बस्नको लागि पाटीको आवश्यकतादेखि केही रकम खर्चेर व्यवस्थित पाटीको निर्माण गरिएको स्थानीय समाजसेवी रत्नबहादुर कुवँर बताउँछन् ।