Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

देवीप्रसादलाई खुला पत्र


आदरणिय देवीप्रसाद ज्यू नमस्कार
प्रचण्ड रामचन्द्र भलनाथ अनि अहिले नेपाली मिडियामा छाएका नामहरु त्यसमा तपाई पनि पर्नुहुन्छ त्यो तपाईलाई राम्रैसंग थाहा भएको कुरा हो । तपाई एकाएक नेपाली मिडियाहरुको हट केक हुनु भएको छ । तपाइको बोलि अहिले नेपाली मिडियाहरुलाई मुल्यवान भएको छ जसरी राष्ट्रिय नेताहरु ब्यक्तित्वहरुको झै हरेक पत्रपत्रिकामा तपाईको पनि अन्र्तवार्ता फोटो प्रकाशित भईरहेको छ । गैरकानुनी काम गरेपनि तपाई देशभक्तको रुपमा कहलिनु भएको छ । त्यसरी नै सबैले तपाईको प्रशंसा गर्न थाले तपाईको समर्थन देश लगायत विदेशमा बढ्दै गयो । एकाएक कुनै गाँउको सामान्य नागरिक देविप्रसाद अहिले आएर हिरो भयो । शुभचिन्तकहरुबाट बधाई पाउनुभयो । म पनि तपाईको प्रशंसक बन्न पुगे तपाईको हरेक अन्र्तवार्ताहरु पढ्न थाले तपाई संग सम्बन्धित समाचारहरु कुनै छुटाउदिनथ्ये लाग्छ नेपाल आएपछि तपाई लाई भेट्ने सोच बनाईरहेको थिए । तपाईको साहस देखेर त मलाई पनि कुनै नेताको गालामा चडकन हान्न मनलागिरहेको थियो । सोच्दथे तपाई नै रहेछ क्या हो देशको सच्चा राष्ट्रभक्त जस्तो लाग्थ्यो । तपाईले झापड हानेपछि प्रहरीले पक्रेर लैजाँदा तपाईको रिहाईको कामना गर्दै बसेको थिए । साथिभाईहरुमा देविप्रसादको समर्थनमा निकै चर्काचर्कि बहस गरिन्थ्यो । तपाई हिरासतबाट छुट्ने वेला तपाईको एउटा वक्तब्य आयो त्यो वक्तव्यमा तपाईले झलनाथसंग माफी माग्नुभएको रहेछ । तर हामिले त्यसलाई बाध्य बनाएर माफि माग्न लागेको हो भन्ने सम्म पनि गयौँ । तपाई हिरासतवाट मुक्त भएपछि तपाईले माफि मागेको होईनत्यो मलाई थाहा छैन भन्दा मेरो मन चङ्गा झै नाचै नाचेको थियो । मेरो मनजस्तै हजारौ नेपाली जनताहरुको मन रमाएको थियो । तपाईको पक्षमा जनसमर्थन बढ्दै गएको थियो । साच्चै नै तपाईले हानेको झापड निकै अर्थपुर्ण थियो । त्यो झापड झलनाथलाई मात्र नभएर नेपालका नेताहरु सबै लाई थियो । त्यसैले त प्रचण्ड वावुराम सबैले तपाईकै झापडको कुरा उठाए । लाग्छ तपाईको झापडले नै गर्दा नेपालले सात महिना पछि प्रधानमन्त्री पायो त्यो पनि तपाईले झापड हानेको व्यक्ति कस्तो संयोग मिलेको । तपाई भन्नुहुन्थ्यो अब नेताहरुको घैटोमा घाम लगाउन जनतालाई लिएर सडक तताउने छु जनताको लागि मर्न पनि तयार छु जोसिदै अगाडी जानुभयो । तपाईको यो कदमले सबै नेताहरु केही दिन भने त थर्कमान हुन थाले हामिले जनतामाथी अन्याय नै गरेका रहेछौ भनेर सोच्न बाध्य बनाउनुभयो । यसको सबै जस तपाईलाई नै दिन चाहन्छु र हामिले गर्न नसकेपनि तपाई वृद्ध मान्छेले गरेर देखाउनुभएकोमा धन्यवाद । तर तपाईको अन्र्तवार्ता समाचारहरु हेर्ने क्रममा झलनाथ खनाल प्रधानमन्त्री भएपछि जुन तपाईको वक्तव्य आयो त्यसले मेरो मनलाई खिन्न पारेको छ । तपाईले गलत गर्नुभयो भनेर यस पत्रमा लेख्दा मगज विगि्रएको दुईपैसे लेखक रहेछ भन्लान सम्पूर्ण पाठक वर्गहरुले हुन पनि म दुई पैसै लेखक पनि होईन मनमा जे आयो त्यहि लेख्दैछु । अहिले मेरो मनमा तपाईप्रति पहिला हेर्ने र अहिले हेर्ने दृष्टिकोण नै फरक भैसकेको छ । तपाई पहिलाको देविप्रसाद वाट अर्के देविप्रसाद भएको जस्तो लाग्न थालेको छ । तपाईले कानुन विरुद्ध गर्नुभएको कामको पनि सर्पोट गरेको अहिले आएर कस्तो कस्तो लागेको छ । झलनाथले झापड खाएपछि एमालेले भन्दै आएको थियो तपाईको बुद्धि विगि्रएको रे अहिले आएर होकी जस्तो लाग्न थालेको छ । जब तपाईले झापड हानेपछि मिडियामा भन्नुभएको थियो यो नेताहरुले देश विगारेको हुनाले झापड हानेको हु । हाँसो लाग्छ अहिले त्यो सुन्दा । किन थाहा छ रेग्मी ज्यु त्यो सबै पाठकवर्गलाई थाहा भैसकेको कुरा हो । आफैले झापड हानेको मान्छे प्रधानमन्त्री हुदाँ खुशि लागेको छ रे तपाईलाई अब तपाईले झलनाथलाई फुलको माला पहिराउने रे यो चाहि किन नी । तपाईले प्रधानमन्त्री बनोस भनेर झापड हानेको हो की देश बनोस भनेर । यदि देशकै लागि हो भने त झलनाथ प्रधानमन्त्री बन्दैमा देश बन्छ भन्ने ग्यारेन्टी पनि छैन नी यस्ता प्रधानमन्त्री त कति बने बने । अब प्रचण्ड हुने रे प्रधानमन्त्री के फेरी प्रचण्डलाई झापड हान्न जाने त यो त पुरानै सत्ताको खेल हो बुढा बा किन नसोचनुभएको यदि तपाईले चाहानुभयो भने तपाई पनि बन्न सक्नुहुन्छ नयाँ नेपालको प्रधानमन्त्री । के माधव कुमार नेपाल र तपाईमा के फरक छ र माधब न कुनै क्षेत्रको प्रतिनिधी नत कुनै पार्टीको बरिष्ठ पदका । हारेका मान्छे पनि प्रधानमन्त्री भै छाडे केरे माधव नेपालमा के नै छ नत देश भक्ती नत कुनै देश बनाउने भिजन धन्न तपाईमा त अलिकती भनेपनि राष्ट्रपे्रम त रहेछ नि । अनि केको प्रधानमन्त्री हुदैमा फुलको माला लगाउने विर्षनु भो कि राष्ट्रपे्रम कि सातो गयो अब मरिन्छ भनेर कि कुनै अफरहरु आएको छ एक्कासी आएर झलनाथ लाई फुलको लगाउछु भनेर भन्नुभएको यसमा कुनै कारण त पक्कै पनि होला कि तपाईलाई थाहा छ कि त भगवानलाई । नत्र किन तपाई जस्तो मान्छे अहिले बोलि फेर्दै हुनुहुन्छ । तपाईलाई आफैलाई थाहा थिएन कि क्या हो म को हु भनेर थाहा छ नेताहरुको गर्ने शैली देखेर आजित भएका नेपाली जनताको मनमा मलम लगाउने काम गर्नु भएको थियो त्यसैले त तपाई हिरो हुनुहुन्थ्यो हिरो अहिले सम्म पनि तपाईको नाम सबैको दिमागमा कण्ठ भइरहेको छ । तपाईको समर्थनमा हामि नेपाली जनता छौ नि । झलनाथको त मात्र एमाले युथफोस्र होलान तपाई संग त सारा नेपाली जनता त छ नि यदि हुदाँ हुदाँ पनि किन खुट्टा कमाउनु भएको तपाईले वोल्ने वेलामा एकचोटी सोच्नुभएको भए मैले यो पत्र तपाईलाई लेख्न आवश्यक ठान्दिन थे होला । किनभने नेपालले प्रधमनमन्त्री पाउदैमा समस्या समाधान हुदैन । समस्याको समाधान त्यति वेला हुन्छ जब सबै पार्टीहरु मिलेर संविधान निर्माण गरि शान्ति प्रकि्रयालाई तार्किक निश्कर्षमा लगि विकास निर्माणको कामलाई अगि बढाउँदा । हो त्यो समयमा तपाईले प्रधानमन्त्री खनाललाई फुलको माला लगाउछु भन्न सुहाउथ्योँ । तपाईलाई थाहा नै छ नि नेपालको प्रधानमन्त्री रात वित्न नपाउदै परिवर्तन हुन्छ भनेर । तपाईले झलनाथलाई माला लगाउन तपाईको गाँउबाट हिडेपनि काठमाण्डौ पुग्दा अर्कै नेता प्रधानमन्त्री भै सक्छ हाम्रो नेपालमा । अनि कसलाई लगाउनुहुन्छ आफ्नो माला आफैलाई तपाईले पहिला जे गर्नुभयो एकदमै ठिक गर्नुभयो तर पछि जे भन्नुभयो एकदमै गलत भन्नुभयो । किनकी तपाईको झापड खाएको व्यक्ति प्रधानमन्त्री भएको छ । उसले त्यो झापड जिन्दगीभर सम्झीरहन्छ । तपाईले फुलमाला लगाउछु नभनेको भए विगतका प्रधानमन्त्रीहरुलॆ झै गलत काम गर्ने बेला एक चोटी सोच्न बाध्य त हुन्थ्यो । झलनाथले हिरो हुनको लागि माला पहिराउन काठमाण्डौ बोलाउला प्रधानमन्त्रीले वोलायो भन्दैमा जानुहोला कृपया झुक्केर पनि नजानुहोला । यो पत्र केबल तपाईले गर्नुभएको सानो गल्तीको लागि मात्र हो । जे होस तपाईको झापडले सबै नेताको बुद्धीमा घाम लाग्नेछ भन्ने आशा गर्दै विदा हुन्छु धन्यवाद ।

उही तपाईको शुभचिन्तक
तोयानाथ

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on February 7, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: