भगवान खनाल,
देउराली ५ तीनकिलोको जलविरे महिला सामुदायिक बन देशमै उदाहरणीय बन्न सफल भएको छ । महिलाको व्यवस्थापन रेखदेख र संरक्षण सफल हुन्छ भन्ने नमूना समूहले देखाएको छ । जिल्ला प्रवेश नाकामै रहेकॊ जलविरे महिला सामुदायिक वन उपभोक्ता समूहले नमूना बन बनाएर उदाहरणीय बनेकॊ हो । बनमासै बनमासा घारी रहेको नाङो डाँडोलाई महिला आफैंले व्यवस्थापन र संरक्षण गरी नमूना बन बनाएका हुन् ।
बन उत्कृष्ट भएपछि उनीहरुले एक अन्तराष्ट्रिय संस्थाद्धारा ४० हजारको पुरस्कार समेत हात पारिसकेका छन् । ४० घरधूरीका महिलाहरुको आबद्धता रहेको जलविरे महिला सामुदायिक बनमा ११ सदस्यीय समिति रहेको छ । महिलाहरुले बनबाट आर्जन गरेको पैसाले सामुदायिक भवन मानिस बस्ने ठाँटीको निर्माण र समुदायमा अन्य काम सामाजिक कामहरु पनि गरेर देखाएका छन् । महिला बनले तीनकिलोमा नगद १ लाख लगानी गरीे सामुदायिक भवन र ३० हजारमा मानिस ओहोरदोहोर गर्दा बस्ने ठाँटीको निर्माण गरेको छ । यसको लागि उनीहरुले श्रमदान समेत गरेका छन् । अहिले उनीहरुको कोषमा ४ लाख रुपैयाँ समेत रहेको छ । समूहको गठन हुदा जम्मा ३३ घरधूरी रहेकोमा ७ घर थपिएर ४० पुगेको हो ।
महिलाहरुले वनमा घाँस दाउरा काट्न र चरिचरनको लागि पनि निषेध लगाएका छन् । ूपहिलेपहिले नियन्त्रण गर्न गाह्रो भएको थियो तर पछि पछि मानिसहरुलाई बानी पर्दै जाने रहेछू समूहकी अध्यक्ष मनुमाया गुरुङ्गले भनिन् । ूअहिलेत एउटा सुकेको हाँगा भाचिएपनि कसैले पनि ल्याउँदैनू उनले भनिन् ूल्याउनको लागि समूहको अनुमति लिनुपर्छ ।ू समूहले नियतवश समूहको काठ दाउरा र घाँस काट्नेलाई भेला बसी जरीवाना र नैसियत दिने स्पष्टिकरण सोध्ने गरेको छ । बन बनाउँदा गरेको दःुखले हात ठेला समेत परेको सम्झदै मनुमायाले भनिन् ूनमूना बन भनेर ४० हजारको एक पुरस्कार समेत पाउदा निकै खुशी लाग्यो ।ू उनीहरुले बन बनाउन ूघर लौरीू कार्यक्रम समेत चलाए । ूयस कार्यक्रम अन्तर्गत समूहभित्र प्रत्येक सदस्य आआफ्नो पालो अनुसार बन रेखदेख समेत गरेका हौंू मनुमायाले भनिन् । दुईवर्षसम्म बन हेर्न तलबी कर्मचारी समेत राखेको समूहले वर्षमा दुईपटक गोडेर बन हुर्काएको बताउँछिन् सदस्य बालकुमारी थापा । भन्छिन् ूहिजोआज वर्ष दिनमा एकपटक मात्र गोडेर दाउरा निकाल्छौं ।
उनीहरुले संरक्षण गरेको बन ३ दशमल ९३ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल चिलाउने खयर र अन्य कुकाठहरु रहेका छन् । वनको उपभोग समूह भित्रका महिलाहरुले मात्रै गर्छन । समूहको स्थापना ०४६ सालमा भएपनि सरकारी स्तरबाट समूहलाई हस्तान्तरण भएको ०४९ सालमा मात्रै हो