कैलासवावु श्रेष्ठ/गोरखा
माघ १८ गते । गोरखा सदरमुकाममा रहेको श्री महेन्द्र ज्योति उच्च माविको विद्यालय ब्यवस्जथापन समितिले स्थायि शिक्षक माथी गरेको कारवाही गर्न लागेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरे पछि माओवादी सम्वद्व वाईसिएल र अनेरास्वीयू क्रान्तिकारीका विद्यार्थीहरुले विद्यालयमा अध्यनरत विद्यार्थीहरुलाई कुटपिट गरेको छ ।
ब्यवस्थापन समितिले गरेको कारवाही प्रति विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले असन्तोष जनाए पछि विद्यालय हातामा प्रवेश गरेका वाईसिएल तथा क्रान्तिकारीहरुले जथाभावी विद्यार्थीहरुलाई कुटपिट गर्न थाले पछि स्कुलमा केही वेर रुवाबासी समेत चलेको थियो । माओवादी समर्थित वाईसिएल तथा क्रान्तिकारीहरुले आन्दोलनरत विद्यार्थीहरुलाई आन्दोलन नगर्न आग्रह गर्दा नमानेपछि विद्यार्थीहरुमाथि आक्रमण भएको हो ।
केही दिन दॆखी भएको यो विवाद समाधानका लागि विद्यार्थी शिक्षक रब्यवस्थापन समितिवीच छलफल भइरहेको बेला एक्कासी विद्यालय भित्रै प्रवेश गरी आक्रमण भएको थियो । गणित शिक्षक भाइकाजी श्रेष्ठ विद्यालयमा नियमित उपस्थित नभएको भन्दै ब्यवस्थापन समितिले उहाँमाथि कारबाही गर्न लागेपछि विद्यार्थीहरुले हिजोदेखि टेष्ट परीक्षा समेत बहिस्कार गरेर आन्दोलन गरीरहेका छन ।
विद्यार्थीहरुले टेष्ट परीक्षा अन्तर्गत हिजो र आजको परिक्षा पनि बहिस्कार गरेका छन् । विद्यालयको वातावरण तनाबग्रस्त भएपछि एकीकृत माओवादीका जिल्ला स्तरका नेताहरु समेत विद्यालय परिषरमा उपस्थित थिए ।
यसै विच हिजो भएको विद्यालयको विवादको विषयलाइ लिएर स्थानिय दरौदी साप्ताहिकमा प्रकाशित समाचारको विषयलाइ लिएर एकीकृत माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले आज गोरखा वाट प्रकाशित पहिलो दैनिक दरौंदी दैनिक पत्रिका जलाएका छन् ।
तथ्यलाई बंग्याएर समाचार संम्प्रेषण गरेको भन्दै अनेरास्ववियु क्रान्तिकारीले आज दरबारमार्गको महेन्द्रज्योति उच्च माविको हाता बाहिर पत्रिका जलाएका हुन् । पत्रिकाको आजको अंकमा प्रकाशित ब्यवस्थापन समिति र शिक्षकको झगडाले विद्यालय बन्द शीर्षकको समाचार भ्रामक भएको भन्दै उनीहरुले पत्रिका जलाएका हुन् ।
क्रान्तिकारीका केन्द्रिय सदस्य बन्दना पाण्डेले तथ्यलाई एकातिर राखेर भ्रामक समाचार प्रकाशन गरेको भन्दै पत्रिका जलाएको बताउनुभयो । उहाँले विद्यालयमा आज भएको घटनाको पनि पत्रकारहरुले जथाभावी समाचार संम्प्रेषण गरेको भन्दै जिल्लाका सबै पत्रकारलाई त्यसो नगर्न चेतावनी समेत दिनुभएको थियो ।
सो घटनाप्रति नेपाल पत्रकार महासंघ गोरखाले भत्स्रना गरेको छ । घटना स्वतन्त्र प्रेस विरोधी भएकोभन्दै अध्यक्ष किशोरजंग थापाले संबन्धित पक्षलाई प्रेस स्वतन्त्रता मानव अधिकारको सम्मान गर्न र समाचारप्रति चित्त नबुझे बैधानिक बाटो मार्फत विरोध जनाउन आग्रह गर्नुभएको छ ।