कुरा नै नबुझी रिसले चुर भयौ तिमी
बिन्ती नै नसुनी जान आतुर भयौ तिमी
भन्थ्यौ छर-छिमेकीको काम भड्काउने हो
उनिहरुकै साथ दिन मन्जुर भयौ तिमी
छायाँ बिनाको खाली दर्पण दिई
मलाई हेर्दाहेर्दै नजर बाट दुर भयौ तिमी
अर्पेकै थिएँ जीवन तिता, मिठा पल
आफ्नै पारामा चल्न मजबुर भयौ तिमी
निर्मम हत्या गर्यौ बेहोसीको भावना लौ
सबैको नजरमा बेकसुर भयौ तिमी ।
बिराज गुरुङ
आँबुखैरेनी-९
तनहुँ
हाल ; युएई