भगवान खनाल/आबुखैरेनी पोष्ट
मनकामना मन्दिर जान चितवनको चेरशबाट केबुलकार सुविधा पुगेपछि पैदल बाटोमा ससाना व्यवसाय गर्ने र तनहुँ आँबुखैरेनीस्थित नराम्ररी प्रभावित होटलहरु यो वर्षको सिजनमा भने खुशी भएका छन् । हिडेर मनकामना मन्दिर जानेलाई यो मौसम निकै अनुकुल मानिए पनि केबुलकारकेा संचालनपछि भने मनकामनाजाने दर्शनार्थीहरु उकालो हिडेर जानै रुचाउँदैन ।
तर यसपटक गत वर्षहरुमा भन्दा मनकामना जाने पैदल यात्रृहरुको संख्या बढ्दै गएको स्थानीय होटल व्यवसायीहरु बताउँछन् । अघिल्ला वर्षहरुको तुलनामा मानिसहरु आएका छन्ू स्थानीय रिभर होटलका संचालक फानदत्त खनालले भनें । दर्शनार्थीहरु आएकाले होटल व्यवसायमा केही सुधार आएको उनी बताउँछन् । पुरा सुधार त कहिल्यै पनि नहुने तर केही मानिसहरु भने बढेको अर्का व्यवसायी चन्द्रमान श्रेष्ठले बताए । यो वर्ष मानिसहरुको संख्या अघिल्ला बर्षहरुको तुलनामा केही बढेपछि उनीहरुमा खुशी छाएको छ ।
पैदलयात्रामा प्राय विद्यार्थीहरुको भ्रमण टोली आउने गरेको छ । विद्यार्थीको रिजर्भबस आउन थालेपछि स्थानीय मनकामना चोकटोलसुधार समिति बसपार्कको व्यवस्था समेत गरेको छ । दिनमा सरदर ६ वटा बस आउने गरेको टोलसुधारका रामजी थापाले बताए