नेपालएसविआइ आँबुखैरेनी शाखाको उद्घाटन

रिवन काटेर उदघाट्न गर्दै प्रमुख अतिथि बोहरा
भगवान खनाल आँबुखैरेनी माघ १६
नेपाल एसविआइ बैंकको आँबुखैरेनी शाखाको आज औपचारिक रुपले उद्घाटन गरिएको छ । पोखरास्थित भारतीय सैनिक पेन्सन क्याम्पमा कार्यरत लेफ्टिनेन्ट जनरल हिमांशु बोहराले शाखाको रिबन काटेर औपचारिक रुपमा शाखाको उद्घाटन गरे । बोहराले बैंक स्थानीय क्षेत्रको विकासको लागि सदैव लागिरहने बताए । नेपाल एसविआइ बैंकले गोरखा जिल्लालाई समेत लाभान्वित हुने गरी तनहुँ आँबुखैरेनीमा ६ महिनाअघि नै शाखा स्थापना गरी कारोबार गर्दै आएको हो । सो अवसरमा शाखाका म्यानेजर जिवेश पाण्डेले कारोबार संचालन गरेको छोटो समयअवधिमा नै स्थानीय बासिन्दाले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । कार्यक्रममा आँबुखैरेनी वाणिज्य संघ इकाइका अध्यक्ष ऋषी के सी र आँबुखैरेनी क्याम्पसका प्रमुख ऋषी के सीले समेत बैंकको प्रगतिको कामना गर्दै शुभकामना दिएका थिए ।
Like this:
Like Loading...
Related