Aanbookhairenipost

आँबुखैरेनी को पहिलो र भरपर्दो समाचार पोर्टल

आँबुखैरेनीमा बैङ्क खोल्ने क्रम जारी,


तनहुँ र गोरखा जोड्ने व्यापारिक केन्द्र आँबुखैरेनी बजारमा बैङ्क तथा वित्तीय संस्थाहरू खुल्ने क्रम बढ्दै गएको छ । तनहुको सदरमुकाम दमौली पछिको प्रमुख व्यापारिक केन्द्रका रूपमा विकसित हुन थालेको यस बजारमा अहिले सरकारी तथा निजीक्षेत्रका प्रमुख बैङ्कहरूले शाखा खोलिसकेका छन् भने केही बैङ्कहरू शाखा खोल्ने तयारीमा छन् । हाल यस बजारमा तीनवटा केन्द्रीय बैङ्क, तीनवटा विकास बैङ्क र सहकारी संस्था छन् । बजारको मुख्य चोकमा राष्ट्रिय वाणिज्य बैङ्क्को शाखा कार्यालय छ भने केही मिटरको दूरीमै माछापुच्छ्रे बैङ्क तथा केही पर एसबीआई बैङ्कका शाखा छन् । तनहुँ, गोरखा, लमजुङ तथा चितवनका बासिन्दालाई समेत पायक पर्ने भएपछि त्यस स्थानमा स्थापना गर्ने बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या बढेको स्थानिय वासीको भनाइ छ ।राष्ट्रिय वाणिज्य बैङ्क आँबुखैरेनी शाखाका प्रबन्धक वेदप्रसाद खनाल आँबुखैरेनीमा खुलेका शाखाबाट तनहुँ, गोरखा र लमजुङ जिल्लाका बासिन्दाले फाइदा लिन सक्ने भएपछि यस स्थानमा शाखा खुल्ने क्रम बढेको बताउँछन् । उनका अनुसार ३ वर्षघिसम्म यस स्थानमा रावा बैङ्क र कृषि विकास बैङ्क मात्रै रहेका थिए ।
बैङ्कहरू बढ्दै जाँदा सेवाग्राहीको चाप पनि बढ्दै गएको देखिएको छ । निजीक्षेत्रका बैङ्क नहुँदा घन्टौँ लाइन बसेर सेवा लिनुपर्ने पुरानो अवस्थाबाट मुक्त भएकोमा सेवाग्राहीहरू पनि खुशी भएका छन् । स्थानीय व्यापारी कृष्णकुमार श्रेष्ठ पहिले कम बैङ्क हुँदा समस्या परे पनि अहिले धेरै बैङ्कहरू खुलेका कारण कारोबार गर्न सहज भएको बताउँछन् ।
‘सरकारी बैङ्कमा लाइन बस्नुपर्थ्यो, अहिले प्रतिस्पर्धाका आधारमा धेरै बैङ्क स्थापना भएपछि जहाँ छिटो हुन्छ त्यहाँ जान पाइएको छ’ उनले थप्छन्, ‘धेरै विकल्प भएकाले राम्रो ब्याज दिने र छिटो सेवा दिने बैङ्क समेत छान्न भएको छ । यसैगरी प्राप्त जानकारी अनुसार एसविआई बैङ्कले आउदौ आइतावार औपचारिक रुपमा उद्घाटन गर्ने भएको छ । बैङ्कले यसअधिनै कार्यलय स्थापना गरी आँबुखैरेनीमा आफ्नो सेवा भने पहिले नै सुरु गरिसकेको छ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

Information

This entry was posted on January 27, 2011 by in स्थानीय समाचार/local news.
%d bloggers like this: